(अनार भट्टजी द्वारा लिखित सामाजिक उपन्यास "खाम" का लागि मैले लेखेको शुभकमाना)
शुभकामना
----------------------
* साहित्य नभएको भए यो समाजको क्यानाभास कस्तो विकिर्ण हुन्थ्यो होला? साहित्य नभएको भए यो समाजको सूर्य चम्किन्थ्यो वा निन्याउरिन्थ्यो यसै भन्न सकिन्न परन्तु साहित्यबिनाको समाज कला विहिन टर्रो गीत बन्थ्यो कागको जस्तो नकी कोयलीको जस्तो सुकोमल।
* सम्झनाको कुनै रंग हुदैन र हुदैन कुनै अंग पनि। र पनि यो सधैसधै हामी सँगै हुँछ। हो यही सम्झनामा अतीतका पल घोलेर र नेपाली (सुदूर र मध्यपश्चिमि)समाजको बिकिर्त पाटोलाइ मिसाएर भट्टजीले खामबन्दी गरेकाछन् आफ्नो कला,शिल्प र शौन्दर्यलाइ।
* जाडो भयो भन्दैमा चिताको अग्नि तापिदैन/ताप्न मिल्दैन। यध्यपि चितापनि एउटा यात्रा नै हो। यात्रा अनावरत नियम हो एउटा यात्राको समाप्तिपछि अर्को यात्राको प्रारम्भ हुन्छ। उपन्यासभित्रपनि यात्राहरुको श्रिंखला छ।
* पूण्यको कमाइ मोक्षको मार्ग प्रसस्त गर्दछ। जुनप्रकार धन सम्पतिले मनुष्यलाइ सँसारमा मानसम्मान र प्रातिस् ठा दिलाउँदछ हो त्यसै प्रकार पूण्य यस्तो धन हो जो यो लोकदेखि परलोकसम्म मानसम्मान र प्रातिस् ठाको कारण बन्दछ। धन सम्पति त मनुष्यले छलबल र दुस्कर्मबाट पनि प्राप्त गर्न सक्दछ किन्तु मिर्त्यू पश्चात जीवसँग केवल र केवल उसका पूण्यहरु मात्रै जान्छन् अर्थात उसका पूण्यहरुकै कारण उ बाँचीरहन्छ समजमा। आज भट्टजीले एउटा पूण्यकार्य गर्नुभएकोमा हार्दिक बधाइदिन्छुँ।
* इर्श्या र इश्वरको राशी एउटै हो। राम र रावणको राशी पनि एउटै हो,बिकाश र विनासको राशी पनि एउटै हो तर यि सवको चरित्र पिर्थकपिर्थक छ। परन्तु "खाम" र खबरदारीको राशी र चरित्र भने एउटै छ-"विभेदयुक्त समाजको ऐनालाइ बिभेदमुक्त देखाउनु।"
* बिकार यस्तो रोग हो जो मस्तिष्क हुदै आत्मालाइ समेत कलुषित गरिदिन्छ। यस रोगको औषधि विकट हुन्छ र रोगी आफ्नै विनाश गर्न पुग्दछ। हाम्रो देशको पश्चिमि समाजमा रहेको छुवाछुत प्रथापनि त्यस्तै प्रकारको एक बिकार हो जसले समाजको ऐनालाइ बिद्रुप पारेको छ। मस्तिष्क र आत्मालाइ कलुषित गरेकोछ। एक्काइसौँ शताब्दीको "महालज्जा"को रुपमा रहेको यो प्रथाको बिरुध्दमा अन्य धेरै सर्जकहरुले झैँ भट्टजीले पनि आफ्नो कलमी अश्त्रका माध्यमबाट झक्झक्याउनु भएको छ।
* अग्नि धेरै किसिमको हुन्छ। पापाग्नि, क्रोधाग्नि, इर्श्याग्नि, प्रतिशोधाग्नि, र कर्तव्याग्नि आदिआदि... "खाम" अलिअलि प्रतिशोधाग्नि र अलिअलि कर्तव्याग्निका झिल्काहरुबाट उठेर दावानल बनेको छ।
* शून्यता भित्रको महशून्यता र महाशून्यताभित्रको हुन्डरी बनेर आएको छ "खाम"।
* हामी आफ्नो कर्म चुन्छौँ र कर्म हाम्रो परिणाम चुन्छ। यो सत्कर्मको परिणाम अवश्यपनि उज्यालो र चहकिलै आउनेछ भट्टजीका लागि। उसो त परिणामको चिन्ता व्यापारीले मात्र गर्छन् भट्टजी जस्ता साधुले होइन।
* र अन्त्यमा,
समय सँगै सव बदलिन्छ। खट्टो आँप पनि समयसँगै बदलिएर मिठो बन्छ।अपेक्षा गरौँ कि भट्टजीले बाँचेको समाजपनि मिठो आँपमा परिणत हुनेछ उपन्यासको उपसंहार जस्तै। धेरैधेरै हार्दिक शुभकामना............
"श्रीजन श्री"
सँस्थापक अध्यक्ष -अनाममन्डली,मलेसिया
१३ मंसिर २०७२(मलेसिया)