जस्तो हालत देखिदैछ भेरी अनि कर्णलीको।
त्यस्तै हालत भाछ मेरो अभागी यो जिन्दगीको।
पूर्णिमामा पुज्छन् उसलाई श्रद्दा गर्छन् इदमा पनि,
कुन धर्म हो कुन जात ती सौम्यवती चाँदनीको??
यस्तो संकेत गरेकोछ जीवनलाई समयले,
जन्म-मृत्यु जहापनि काम आउँछ सयपत्रीको।
एकदिन जरुर भन्नेछ यो, जरुर सिंगो समाजले,
अचानोको धार(साहस) देख्दा सातो उड्यो खुकुरीको।
कसरी म सम्झाउँ यो चरम स्वार्थी दुनियाँलाई?
उही चिता कंगालको हो, उही चिता लखपतिको।
-श्रीजन श्री
12-aug-2014

No comments:
Post a Comment