हजार खुसी जलाएर एउटा चोट सेक्दैछुँ म।
त्यहीचोट दिलमाराखी तिम्रोनाम लेख्दैछुँ म।
हावा थुन्छु भन्ने पात उडी कतै बेपत्ता भो,
लाग्छ मलाई यसैगरी जिन्दगी यो मेट्दैछुँ म।
असम्भव हुन्न केही भन्ने कुरा सुनेपछि,
एकाएक हत्केलाले रातो सूर्य छेक्दैछुँ म।
जस्ले मलाई तेरो टोपी बेच भन्दै थियो हिजो,
आज उसकै शिरको ताज लिलामीमा देख्दैछुँ म।
12-03-2013
मलेसिया
-श्रीजन श्री

No comments:
Post a Comment