Saturday, 2 August 2014

“मञ्जरी’’ मा मनका कुरा

“मञ्जरी’’ मा मनका कुरा

मञ्जरी’’ मा मनका कुरा

 नेपालमा कवितालाई चानचुन २३५ बर्ष पुगेको अनुमान लगाउन सकिन्छ । वीर, भतिm र शृङ्गारीक धारा हुदै आज समाजका विविध पक्ष लाई विभिन्न कोण र सिरा बाट आफ्नै प्रकारले चिर्न सक्ने सामथ्र्य राख्छ कविताले । विभिन्न विद्वान विदुषीहरुले–अनुभूतिको एक प्रवाह एक सन्दर्भ वा एक मेहरो वहन गर्ने साहित्यको लघुतम स्वरुपलाई फुटकर कविताको रुपमा परिभाषित गरेको पाईन्छ । विद्वानहरुका अन्यान्य परिभाषा र सन्दर्भ हरु पनि उप्काउदै जादा यसो पनि भन्न सकिन्छ –

क– कौतुहल, कर्णप्रीय र कलात्मक
वि– बौद्धिक,बहुमुखी र ब्यन्जनात्मक
ता– तेजमर्य, तार्किक र तात्विक

नेपाली साहित्यको प्राथमिक कालवाटै प्रारम्भ भएको कवितामा –
(१) विषय वस्तु वा भाव
(२) लयात्मकता र गेयात्मकता
(३) विम्व,प्रतिक र अलङ्कार
(४)भाषा शैली, छटा, र
(५) दृष्टिविन्दु, अनिवार्य हुनु पर्दछ भन्ने मान्यता छ । यिनै लाई कविताको आवश्यक तत्व पनि मान्ने गर्दछौ हामी ।                                                                                                                                                                                                        
 “ भाब कल्पना र तत्थ्यलाई विचारको लगाम लगाउदै भाषा र शैलीको कलात्मक पथमा पूर्ण विवेकताका साथ दौडाउन सक्ने विशेष प्रकारको क्षमता कविमा निहित छ भने स्वतः ढुङ्गामै फुलहरु फुल्न थाल्छन् र कविता समाज परिवर्तनको मुख्य अस्त्र बन्न पुग्छ।’’

       आज मञ्जरीको भुमिका लेख्दैछु म । मञ्जरीका मञ्जर अथवा लामो समय देखि नेपाल सरकारको प्रहरी सेवामा आवद्द भै काम गर्नु भएका शिद्दराज पनेरुले कविता लेख्छन् भन्ने कुराको सुइको अनाममण्डली मलेसिया द्वारा २५ अक्टोवर २०१० का दिन आयोजीत कवि तथा गजलकार देवी नेपालको सम्मान कार्यक्रमका दिन मात्र थाहा पाएको थिए मैले । तथापि उनको समाजिक ब्यतिmत्वको सन्दर्भमा भने यस अघि नै थोर बहुत जानकार थिए म । जव उनले फोन मार्फत कविता संग्रहको वारेमा जानकारी दिए तव एउटा साहित्यानुरागी भएकाले पनि खुशि नलाग्ने कुरै भएन मलाई । पछि भुमिका लेखनको गह्रौ भारि समेत मलाई नै वोकाएर उनले छिट्टै संग्रह निकाल्ने स्वनिर्णय मात्र सुनाएनन कि एक÷दुई दिन भित्रै पाण्डुलिपि समेत मेरो हातमा राखिदिनु भयो । यति मात्र होइन संग्रहको नाम पनि जुराइदिनु पर्ने आग्रहले मलाई नराम्रो सँग थिच्यो । उनी यति हतारिएका रहेछन् कि एक हप्ता भित्रै भुमिका लेखि सिध्याउनु पर्ने र अर्को हप्ता भित्रै संग्रह वजारमा ल्याउने तयारी । टाइपिङको काम मित्र– जीवन र बिनो जी, हरुले गरि सक्नु भएकाले पनि भुमिका छिटो लेखिदिनु पर्ने अग्रह थियो उनको ।  मेरा लागि एकातिर उनको आग्रह थियो भने अर्कातिर म आफै समय दिन नसक्ने अवस्थामा थिए । प्रवासको बाह्र घण्टे काम सकेर अनाममण्डली को नियमित प्रकाशन दिपाञ्जलीको प्रकाशन छिट्टै गर्नु पर्ने भएकाले एक हप्ता भित्रै गजलहरु सम्पादन गरी सम्पादकीय लेखि सक्नु पर्ने, ईपो का मित्र शिशिर बुढाथोकी र के.एल का रमेश गोठाला,े ज्यु का गजल संग्रह पनि यही हप्ता सम्पादन गरि सक्नु पर्ने वाध्यताले पिरोली रहेको थियो मलाई ।

भर्खर मात्र मलक्काका डम्बर धिमाल प्रकृति’को गजल संग्रहको भुमिका, शिशम श्री र मोतीलाल भावुक, जी का गजल संग्रहको सम्पादन गरि भ्याएको थिए भने मलाक्का बाट अर्जुन उजाड, जी ले गजल संग्रह सम्पादनको लागी आग्रह गरि रहनु भएको थियो । साथै साप्ताहिक पत्रिका हरुका गजल सम्पादनको जिम्मेवारी पनि छदै थियो । एक हप्ता समय आफैमा लामो समय हो तर बाह्र चौध घण्टा कामको पेलाइ पछि १\२ घण्टा खान पिन ईत्यादिमा सामान्यतया सकिने वितिकै सुत्ने समय कटाएर सृजना लाई दिनु पर्ने वाध्याता छ हाम्रो । यहि सुत्ने समय चोरेर र अन्य काम लाइ थाति राखेर जूनको मधुरो उज्यालो ताप्दै सिद्घराजको कवितामा भुमिका लेख्न बसेको छु म । हतार– हतार लेखिएको यो भुमिका– भुमिका नवन्न सक्छ, यसका लागी लेखक र आम पाठक समक्ष अग्रिम क्षमा प्राथी छु । माथि नै वोली सके संग्रहको न्वारन पनि गर्नु  पर्ने जिम्मेवारी ले अर्को भार थपिएको छ भनेर।

विभिन्न शिर्षक हरुवाट कविकै सल्लाहमा मञ्जरी नाम जुरेको छ । र यसै मन्जरी भित्र पस्ने अनुमती माग्दैछु यतिखेर । नेपाल प्रहरी मा (सई)भै सकेको मान्छे के कति कारणले वा (स्वइच्छाले)परवासिन प¥यो थाहा छैन मलाई  । न मैले यस सन्दर्भमा सोधेकै छु उनलाई । तर प्रहरी सेवामा लामो समय काम गरेको मान्छे पक्कै पनि कठोर हृदयको होला भन्ने मेरो अनुमान संग्रह अध्योपान्त पढी सक्दा सम्म भने गलत सावित भएको छ । उनी संग्रह भित्र कोमल र सरस भएर देखा परेका छन् । हुन त व्यतिm सिद्घराज लाइ पनि कठोर पाइन मैले । किन्तु कवि सिद्घराज, व्यतिm शिद्दराजका तुलनामा अपेक्षाकृत बढि नै कोमल छ । पेसालाइ आधार मान्ने हो भने कवितामा ऊ पड्किनु पर्ने आक्रमक हुनु पर्ने तर ऊ पड्केन , आक्रमक भएन । बरु सालिन भएर अगाडि आयो । र बन्दूक सँग खेल्ने हातहरु कलम सँग खेलाउदा कलमको धर्मलाई मर्न दिएन उसले । कलमको धर्म भनेकै सालिन र शभ्य बनेर कठोर र विदीर्ण कुराहरुलाइ सतहमा ल्याउदै तिनको सहज निरुपुण गर्नु हो भन्ने कुरामा सचेत ऊ ।

आहा कति इमान्दारी अनि कति प्यारो छ कलम ।                                      
घाइतेको    घाउमाथि   लगाउछ   पट्टी मलम ।
                                 (प्यारो कलम)

कलमले विविध प्रकारका घाउहरु, ती व्यतिmगत, सामाजिक वा अन्य जुनसुकै पनि हुन सक्छन् घाउमा मलम पट्टी लगाउन सक्छ भन्नेमा ढुक्क हुदै फेरि भन्छन् ,सिद्घराज–
             
      गीता महा भारत जस्ता धर्म ग्रन्थ लेख्यो यसले, 
     यो हो प्यारो सवको मित्र नराम्रो छ भन्छ कसले । 

“कवि जव स्वयम् कविता बन्छ तव कवि बाट वास्ताविक कविता जन्मिन्छ  ।’’ शिद्दराज धेरै ठाउमा स्वयम् कविता बनेका छन् । उनको जीवन कविताको कुनै सुन्दर पद्यांस भन्दा कम छैन भन्ने अनुमान लगाउदैछु म । उसै पनि परवासका प्रत्येक यूवाहरु आफैमा कविता हुन आफैमा गीत हुन आफैमा गजल हुन् । यी आफैमा कविता वनेका शिद्दराजले, कवितामा लयात्मक छटा द्धा पाठक श्रोताहरुलाइ लट्ठयाउन सक्छन् भन्ने ठानेको छु मैले । उनले आफ्ना कविताहरुमा झ्याउरे, सवाइका अतिरितm मात्रात्मक लयको पनि कुसल प्रयोग गरेका छन । हेरौ झ्याउरेको एक नमुना ।

 असारे गीत घन्काउछौ कति सुरिलो त्यो गला ।
                          (किसान दाई)

     सुदूर पश्चिमको दुर्गम पाहाडमा जन्मि हुर्केका सिद्घराजको लेखनीमा कतै–कतै डोटेली भाषा संस्कृतिको पुट पनि पाइन्छ । जस्तै गौरा, हजारी ,रेसमी ,वैना ,इज्जातिलो, लोपी ,इत्यादी।

         इज्जति भै हिडे पछि जो सुकैले कुरा खान्छ ।
         हावाले कपासलाइ उडाए  झ्ै गरी लान्छ । । 
         सामाजिक काम गर्न पटुकीले  कम्मर कस्नु ।
         गाउ समाज  जहापनि इज्जतिलो भइ वस्नु ।।
                                         (इज्जत)

४+४+४+४=१६ सुत्रमा लेखिएको इज्जत कवितामा इज्जति भइ हिडे पछि जो सुकैले कुरा खान्छ । आफ्नो इज्जतमा वसेपछि जस्ले पनि आदर गर्छ, बोलेको सुन्छ भन्ने आसय पोखेका छन् कविले । सामाजिक कार्यको निम्ति हर बखत तम्तयार रहदै इज्जत साथ शीर ठाडो पारेर बस्न  आग्रह पनि गरेकाछन् उनले ।  यतिवेला मँ सम्झी रहेको छु पश्चिमा कवि मिखाइल लेर्मोन्तोभ हाम्रै नव कबि जगत नवदित र प्रवासवाट साहित्य लेखनमा सक्रिय विस्वास दीप तिगेला हरु । यी तीनै जना सेना सँग आवद्द सर्जक हरु हुन ।मिखाइल लेर्मेन्तोभ को त तत्कालिन सरकार द्धारा कविताकै कारण हत्या समेत गरियो । उहा हरुकै लहरमा प्रहरी सेवामा काम गरेका सिद्घराज पनि उभिने प्रयास गदैछन् । भलै उनको लेखनी अभिदात्मक होला किन्तु यो सतप्रयास भने अवश्य हो नै । शब्द सँग खेल्दा खेल्दै कवि टपक्क लोक लयलाइ टिप्दै कवितामा उतार्न सफल छन भन्ने कुरा जोडीइ सकेको छ । स्रोता एवम् पाठकहरुको मस्तिस्कमा समाजमा व्याप्त विविध विषयहरुको कविताका माध्यमवाट सही र सार्थक सम्प्रेषण गर्न सक्यो भने मात्र कविता मर्म श्पर्सी बन्छ । यहा कविले अत्यन्त सरल र सहजताका साथ भनेका छन –

म त हजुर जनताको 
घर दैलोमा जाने हो 
ढिडो सिस्नु खाएर 
क्रान्ति अघि लाने हो 

सामन्तिको जालमा 
बेरीएर बसेका 
जागौ क्रान्ति युद्दमा 
किन रोइ बसेका ?
(श्रमीक क्रान्ति)


देशमा अझै पनि सामान्ति तत्वको जरोच्छेदन भएको छैन । विविध प्रकारका चरित्रहरुबाट जन्ता सताइएका छन् ।तसर्थ जनताका दैलोदैलोमा गएर नया संघर्षको निम्ति आहन गर्दछन् कवि। कवितामा मन मस्तिस्क र बिचारको एक साथ फ्युजन भएको हुनु पर्दछ । यसको अर्थ जिन्दगी र जगत सँगका प्रतक्ष विषयहरु, घटना– परिघटनाहरु बाट टाढा रहे पनि हुन्छ भन्न खोजिएको भने होइन ।
 सिद्दराज घरदेश बाट धेरै टाढा परदेशमा छन् यति खेर । र यहि नेर अफ्नो भोगाइको चित्रण गर्दैछन।

चर्को ब्याज लिएको छ घर खेत वन्धकीमा
दुःख पीडा झेल्नु पर्ने परदेशीको जिन्दगीमा 
विदेशीका रुखा वचन घोच्न थाल्छन् मुटु भरी
जोतिनु छ गधा जस्तै साह्रो गाह्रो काम गरी । 
                              (परदेशी)

        यसरी परदेशमा दःख सँग लडीरहेका कवि परदेश बाटै आफ्नी प्रियतमा लाई सम्झ्न्छिन् र भक्कानिन्छन् –

धेरै भयो सानी भनी बोल्न पनि नपाएको ।
                           (विरह)

      सुदूुर गाँउको एउटा गाउले ठिटोमा सुदूर विचार हरु प्रज्वलन भई रहेकै समय ऊ सुदुर मुलुकमा कैदी वनेको छ । हामी सर्जक हरुका निम्ति माटो बिरानो हुदैन । देश बिरानो हुदैन । भूगोल बिरानो हुदैन । सबै–सबै आफ्नै जस्ता लाग्छन ्(जस्ता होइन आफ्नै लाग्छन) तर पनि कहिले काही हामीमा पनि आम मान्छेको जस्तो तेरो–मेरो भावना आउदो रहेछ । विशेष गरी सिद्दराज ले जस्तै प्रतक्ष अरुको खटन–पटन र हेपाहा प्रवृति बाट थिल्थीलिइ रहेका बखत । अनि सिद्दराजहरु त्यो उकुस–मुकुसता बाट बाहिर आउन भन्छन् –

ए साउने जुका हो 
ए पैसाका भोका हो
ज्यान गए छोड्दिन
पर्ख पापी तिमीलाई
  (श्रमीक क्रान्ति)

जन्मथलो जुन सुकै ब्यतिmका लागि पनि अत्यन्तै प्यारो हुन्छ । यो नास्वर अवयब बोकेर मान्छे जहा–जहा पुगोस् । जे–जे गरोस् तर आफ्नो जिन्दगीको पाटो जोडिएको जन्म भूमिको सम्झनाले पछ्याइ रहेको हुन्छ उसलाई । जन्म भूमि र जन्म दिने आमा मान्छेका लागि त्यतिकै प्रिय हुन्छन् जतिको प्रिय उसलाई उसको मुटु , साक्षात प्रेम र जिन्दगी लाग्छ । त्यसैले पनि हुनु पर्छ सिद्दराज पटक–पटक आफ्नो थात थलो लाई सम्झन्छन् मञ्जरी भित्र–

चारै तिर डाडा काडा बिचमा छ मेरो गाउ
मेरो प्यारो जन्म भूमि जुनी–जुनी रम्न पाउ 
तल गाँउ माथी गाँउ बीचमा छ कुलो 
एकै जाति पनेरु को गाँउ धेरै ठुलो 
                   (मेरो गाँउ)

कविाताले कुरो कविताकै भाषामा गर्नु पर्छ । तथापि सबैले बुझ्ने गरी । कविता पढदा र सुन्दा पाठक स्रोताहरुमा यो त मेरै कथा हो., मेरै विषय हो., मेरै सन्र्दभ हो,. मेरै मनको कुरा हो.,मेरै निम्ति लेखिएको रहेछ भन्ने प्रभाव पर्नु पर्दछ । यसो हुन सक्यो भने मात्र कविता सार्वजनिक सम्पति बन्छ । यहा गह्रौ शव्दहरुको भारी बोकाएर आफुले बाहेक अरुले न बुझ्न े(कतिपयले त आफैले बुझ्न पनि शव्दकोष फर्काउनु पर्ने जस्ता) कविता लेख्दै आत्मरतिमा हराउने र आफुलाई स्वघोषित कवि भन्न रुचाउने हरु भन्दा ठिक विपरीत ध्रुवमा उभिएर आएको यो संग्रहलाई साधारण पाठकहरुले पनि सजिलै बुझ्न सक्छन् भन्ने विश्वास लिएको छु मैले ।

          सिद्दराजले संग्रहमा विविध कुराहरुलाई सरल भाषा शैलीमा कवितात्मक स्वरुप दिने प्रयत्न गरेका छन् र दुनिया पैसाका पछि दौडिरहेको यथार्थलाइ वडो सावधानी पुर्वक कवितामा उन्दै लेखेका छन् –
 
निन्द्रा अनि भोक हुन्न सम्पतिका धनिलाई
खान लाउन पुगे हुन्छ इज्जत राख्ने हामीलाई
सय छ हजार खोज्छ हजारले लाख खोज्छ
यो पैसाको लोभ गरी अपराधिक बाटो रोज्छ । ।
                            (पैसा)

सिद्दराजको कलम गाउको गीत गाउछ, झुपडीको व्याथा बोल्छ, भोको पेटको कथा खोल्छ ,किसानको हलो जोत्छ ,अशिक्षा र वेरोजगारको उछितो काढछ र असाहयको प्रतिनिधित्व गर्छ र भन्छ –

फाली देऊ जमिन्दारका हलो र कोदालीहरु 
हलिया मुक्तिका लागि क्रान्ति गर बरु
जसको पोत उसको पोत घन्काऊ यी नाराहरु
भनी देऊ ठालुलाई गए तिम्रा पालाहरु
                     (हलिया दाई)

सिद्दराजले आँखा खोलेकै धर्तीवाट भिमदत्त पन्तले २००७ सालको सेरो फेरो मुनि घन्काएको नारा जसको जोत उसको पोत लाई कविले राम्ररी अनुसरण गर्दै ठालुहरुलाई खबरदारी गरेका छन् हलिया दाई कविता मार्फत । राष्ट्रिय राजनीति अन्योलमय छ देशको । यसका संवाहकहरुको अक्रमण्यव्यता, गुटगत र व्यतिmगत स्वार्थ, काम प्रतिको उदासिनता, राष्ट्र प्रतिको निआस्था र यावत कारणले राष्ट्रियता थिल्थीलीएको अवस्थामा देशले बर्षौ देखि विकासको नाममा एउटा इट्टा समेत फोर्न सकि रहेको छैन । यसर्थ पनि बोरोजगार भयङ्कर रोग बनेर उभिएको छ हाम्रा अगाडि । यसैको सिकार बनेर राष्ट्रका खम्बाहरु दिन दिनै विदेशीइ रहेको तितो यथार्थ छ हामी सँग । र यही कुरालाइ कवि फेरि सम्झिन्छन् र भन्छन् –  

     हाम्रो यो पसिना माथि, विदेशीले मोज गर्ने । 
     गरिवको परदेशमा,    दुख गर्दै जुनी गयो ।

 प्रत्येक बर्ष बजेट भाषण सँग संँगै विकासको मूल फुट्छ, हाम्रो मुलुकमा । पूर्व–पश्चिम रेलमार्ग बन्छ । उत्तर–दक्षिण सुरुङ्ग मार्ग बन्छ । दशौ हजार मेगावाट बिजुली झलमलिन्छ।   गाउँ–गाउँमा फेक्ट्री खुल्छन् र देश सिंगापुर बन्छ । किन्तु यूवाहरु तिनै सपनाका सिंगापुर र स्वीजरल्याण्डमा वेचिन्छन्  दिनदिनै । अनि स्वीजरल्याण्ड, सिंगापुर, दुवई, कतार, कोरीया, जापान र मलेसियाबाटै सिद्दराजहरु लेख्छन् ।

       सकुनीको जाललाई, मुसाले झै काट्नु पर्छ,
                                            (इज्जत)

 सिदृृराज कहिले देखि लेख्न थाल्यो थाहा छैन मलाई, तर जहिले देखि लेख्न थाल्यो देश लेख्न थाल्यो उसले, जहिले दखि लेख्न थााल्यो परिवेस लेख्न थाल्यो उसले, र परिवेसलाई शब्दका कपरछान बाट छुट्याउदै प्रेम कोट्याउन थाल्यो उसल े। प्रेम कोठ्याउदा माटोलाई पनि उतकै प्रेम गर्दै सिद्दराज, जति मुटुलाई गर्छ,। भाषालाई पनि उत्तिकै प्रेम गर्छ उसले, जति प्रेमिका (श्रीमति) लाई गर्छ । थाहा छ उसलाई प्रेम विनाको जीवन निरास र वेकाम छ भनेर ।

               निश्चल चोखोे माया मैले तिमीलाई लगाएको । 
               मेरो मनको सुन्दर फूल, पारीजात भयो आज ।

 सङ्ग्रहमा आशक्ती, देश प्रतिको अनुराग र प्रकृति चित्रण ब्याप्त छ । आफ्नै मौलिक संस्कृतिको धनी हाम्रो समाजमा, सांस्कृतिक मूल्य मान्यताहरु खस्कदै गई रहेकोमा चिन्तित देखिन्छन् उनी र लेख्छन् –                                                    े                    
भजनगाउनेजिभ्रो र्याप पपमा टास्सिएको छ । 
दोहोरीमा वजाईने मादलहरु ड्रम सेटमै भास्किएको छ ।
                                    (परिवर्तन)

मान्छेको चरित्र वुझी नसक्नु भएको छ हिजो आज। ऊ देख्नमा जस्तो छ, यथार्थमा त्यस्तो भेटिदैन । तर पनि कवि कतै सकारात्मक त कतै नकारात्मक देख्छन् मान्छेलाई, हरेक हिसावमाः–

    ठूलाठूला ग्रन्थहरु लेख्ने पनि यही मान्छे ।
समाजमा बिकृति विउ, रोप्ने पनि यही मान्छे ।
        (मान्छेहरु)

मान्छे प्रतिको सन्दर्भमा मात्र होईन अध्यात्मिक –देउताको सन्दर्भमा पनि कवि दुवै खाले दृष्टिकोणलाई अफ्नो कोण वाट हेर्छन् र लेख्छन् –  
                               
पूजा गर्न दौडी हिड्छौ, मुर्ति हुन्छन् जहा – जहा ।                           
देउता हाम्रा आत्मा भित्र, खोज्न जान्छौ कहा?
                               (देउता कहा)

इष्टकूल सहश्रलिङ्ग, बीर बेतालको नाम
मनमा जपेर हिड्नु, पुरा होला सबै काम 
                                  (मेरो गाँउ)

देश हरेक हिसाबले थला परेको छ । राष्ट्रियताको दुवाई दिदै देशलाई दयनिय हालतमा पुर्याउने काम नेत्रित्व पङ्ति बाटै भएको हो, भन्ने कविको ठहर छ । उनी सङ्ग्रह भरी नै वेला –वेला नेत्रीत्व प्रति असहमति, सङ्का र रोष प्रकट गर्दछन् ।

सोझा साझा जन्ता सामु कति, मीठो भाषण हान्ने??
मान्छे विच्छे पार्टी खोल्छौ, कुन पार्टी हो जनता मान्ने??

   जन्ताहरु त्रसित भए, सुरक्षाको जिम्मा गर,
आफ्नो देश चलाउन किन हो, अर्काको भर???
(नेताहरु)

गधा लाई धोए पनि, गाई कहाँ होला त नि?
सबै यस्तै जन्मिएछन्, यो नेपाली माटो मुनी ।
    आस मानी जनताले, भोट दिई जिताएको
   भुणी भर तिमी पनि, पायौ मनले चिताएको ।
(क्रान्तिकारीहरु)

विश्वमै जलश्रोतको धनी मानिएको राष्ट्र चकमन्न अँध्यारो मुनी चुर्लम्म डुबेको यथार्थता छ यहाँ , एकातिर भने अर्को तिर देशका कयौ गाँउहरु र स्वयम् राजधानी काठमाण्डौ समेत काकाकुल छ, भन्दै कवि लेख्छन् –
विश्वमा जलको धनी 
हाम्रो देश नेपाल रे
पानी पिउन नपाएर
छाती अनि मुटु वल्यो ।।

जिन्दगीको यात्रामा सहयात्रा गर्ने हरुले धोका दिदा मन मुटु सँग–सँगै चर्किन्छन् । फुटेको ऐनालाई चाहेर पनि फेरि जोड्न सकिदैन । कदाचित जोड्ने प्रयास गरे पनि त्यहा अनुहारका हजारौ प्रतिविम्व– प्रतिविम्वीत हुन्छ, र त्यो चिमोट्याईले हाम्रो विगत वल्झाई रहन्छ ।  त्यसलाई चाहेर पनि विर्सन सक्तैनौ हामी । शिद्द राज पनि आस गरेको मान्छे बाट धोका हुदा यसो भन्छन् –

कल्पनाको महल वन्यो, मैले तिम्रो भर पर्दा ।
आस दिने कोही छैन, धरधरी आँसु झर्दा ।।
(जाली प्रेम)

देशका लागि आफ्नो प्राण आहुती गर्ने हरु कहिल्यै मर्दैनन् । आफ्नो माटोका खातिर आगो बन्नेहरु, आफ्नो भाषा सँस्कृतिका खातिर तीर बन्नेहरु, आफ्नो आस्थाको निम्ति दावानल बन्नेहरु, आफ्नो स्वाभिमानको निम्ति गर्जन बन्नेहरु, आफ्नो धर्तीको निम्ति शहिद बन्ने ती सम्पूर्ण बीर–बीरङ्गानाहरु लाई स–सम्मान सलाम गर्छन् कवि र भन्छन्ः–

आत्मै देखि श्रदान्जली हे वीर शहिदहरु ।
(वीर शहिद)          

र अन्त्यमाः–
आफ्नो माटो भाषा सँस्कृतिका अलावा आशक्तिका विविध पाटाहरु र जीवन भोगाईका विब्ल्याटा हरुलाई कोट्याउन प्रयासरथ “मन्जरी” भाषीक सरलता र शैलीगत सहजताका कारण पढूँ–पढूँ लाग्ने बनेको छ । र अँध्यारो कालरात्रीमा सूर्यको प्रकाश चन्द्रमामा ठोकिएर पृथ्वीमा परे जस्तैः कविताको प्रकाश शब्दमा ठोकिएर समाजमा पर्यो भने कविता जीवन्त बन्छ । शब्द–शब्दमा बिचार र घटनाको सही र सार्थक अन्तर्घुलन भयो भने कविता जीवन्त बन्छ ।

लेख्नु बौद्दिक विलासमात्र होईन भन्ने बुझेर हरेक तरहले क्लान्त मनहरुमा उर्जा र दीप्ती भर्न सके साहित्य–साहित्य बन्छ । विविध घटना–परीघटनाहरु र अन्तरहृदयको आवाजलाई बिभिन्न विम्व प्रतिक हरुमा उन्दै जव एउटा सुन्दर र कलात्मक माला बनाईन्छ । तब त्यहाँ सौन्दर्य झल्कन्छ, र हामी त्यो सौन्दर्यमा मोहित हुन्छौ । हो यही हो “कविता”, भन्ने कुरालाई आत्मसाथ गर्दै कविता यात्रामा संघर्षरथ रहीरहनु भयो भने सिद्दराजको लेखनी उत्कृष्टता तिर उन्मूख हुनेछ, भन्ने विस्वासका साथ उनको सङ्ग्रह र संघर्ष दुवैले सफलता पाऊन्–शुभकामना ।

   –श्रीजन श्री
               संस्थापक   अध्यक्ष –अनाममण्डली, मलेसिया
 हालः–0169558436
           shreejan_shree@yahoo.com



Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment