अतितभित्र डुबुल्किदा............
–श्रीजन श्री
हरेक मान्छेका अतितहरु हुन्छन्, वस फरक यत्ति हो कि कसैका शुखमय त कसैका दुःखमय । जेहोस मान्छेले जीवन जिउदैगर्दा आफ्ना अतितहरुलाई सम्झनेगर्छ र सम्झाइमा सम्झनाका तरेलीहरु,परेलीका छालबन्न पुग्छन् र पोखिन्छन् अनायासै । हो त्यही पोखाई हो रोहन समीपको “पोखिएर अतितहरु”।
अतित पोखिदा रोहन कतै थोपा बनेकाछन् भने कतै ताल बनेकाछन्. कतै कूलो बनेकाछन् भने कतै छाल बनेकाछन्,कतै काली बनेकाछन् भने कतै कोषी बनेकाछन्,कतै राप्ती बनेकाछन् भने कतै रोसी बनेकाछन्। यिनै कोषी–रोसी,ताल–छालमा तैरिदै गजल सिर्जनमा तल्लिन यूवा मनको तात्तातो उत्सुकता र जागरुकता साह«ै सह«ानिय र नमनयोग्य छ । संग्रहभित्र रोहनको गजलकार व्यक्तीत्व सरलताकासाथ कलम चलाउछ र सरसताकासाथ पाठकहरुलाई घच्घच्याउछ अनि भन्छ, आऊ आशक्तिमा रमाऔ तर धोका नदिऊ, देश विकास गरौ तर भाषण नछाटौ, मानवता जगाऔ तर मनभित्रैबाट, शिर ठाडोपारौ तर खाबो नलगाइ, सत्यबोलौ तर उन्मुक्त भै, केही लेखौ तर स्वच्छन्द भै, हो यो नै संग्रहको विशेषता हो । हो, गजलका शेरहरुले पानीमा आगो लगाउन नसके पनि संग्रह आफैमा कमजोरै चाहिछैन । प्रवासी मनका विव्ल्याटाहरु, यूवामनका खुल्दुलीहरु र श्रमीकमनका सुस्केराहरुले स्पष्ट र सालीन शैलीमा सुसेलीमा स्वर र स्वरमा सुसेली मिलाएकाछन् यहा ।
प्रवासी गजललाई घरवासी गजलबाट अलग्याईदिने हो भने नेपाली गजल सधै अपूरै रहन्छ । प्रवास जहा भिन्नै संस्कृति छ, प्रवास जहा भिन्नै जीवन भोगाई छ , भिन्नै वातावरण छ । आर्थीक,सामाजीक र सांस्कृतीक तीनटै दृष्टिकोणले पृथक छ र यहीनेर आफूसँगै अलिकति नेपाल र अलिकति नेपाली पन बोकेर प्रवासीएका सर्जकहरुले प्रवास र घरवासको फ्युजन गरेर गजलमा रंग भर्दैछन् । यिनै मध्येका एक शिल्पि हुन् समीप पनि ।
जीवन बाच्नु एउटा कुरा र बाच्दा बाच्दै मर्नु अर्कोकुरा । यहा बाच्दा बाच्दै मर्नेहरुको अधिक्यता छ । जसले जीवनलाई क्षणभङ्गूर मात्र सम्भ्mीदै तत्कालिक आत्मसन्तुष्टीका लागिमात्र प्रयोग गर्छ त्यो बाच्दा बाच्दै मर्छ । तर जीवनलाई जगतसँग घोलेर जीवन र जगतको मन्थन गराउनेहरु भने कालान्तरसम्म जीवन्त रहीरहन्छन् । यहा गजलकारको कलाले उनलाई जीवन र जगतको मन्थन गर्नसक्ने कुशल शिल्पिको रुपमा उभ्याउन सक्छ भन्ने नजीरहरु प्रसस्त भेटिन्छन् ।
एक हातमा तरवार र अर्को हातमा ढाल बोकेर यो तरवारलाई संसारका कुनैपनि वस्तुले छेक्न सक्दैन एकातिर र अर्कोतिर यो ढालले संसारका जस्तासुकै वस्तुलाईपनि रोक्नसक्छ भन्ने प्रचारगर्ने पक्षमा छैनौ हामी । किनकी समय परिवर्तनशील हुन्छ र समयको मागसँगै परिवर्तन हुन सक्नुपर्छ हामीले पनि । गजल काफियामै अल्झिईरहनुपर्छ भन्ने मान्यता होइन हाम्रो। तथापि काफिया इतरका अवधारणा भने तेजस्वी,चमत्कारिक र दूरदर्शी हुनैपर्छ । अन्यथा काफियाको विकल्प छैन । हुनत देशको संविधान र गजलको नियम उस्तै–उस्तै हुन्छ । संविधानमा धारा–उपधारा, दफा–उपदफा भए जस्तै गजलमापनि सेर,मिसरा र रदिफ–काफियाहरु हुन्छन् । यहा संविधान संसोधनहुनुपर्छ भन्ने आवाज उठे जस्तै गजलका घटकहरुपनि परिवर्तन हुनुपर्छ भन्ने स्वर वेला–वेला अभिव्यक्त भै रहन्छन् । यसलाइ गलतै त नभनि हालौ तर स्वतन्त्रताका नाममा अश्लील,अशिष्ट र अभद्र अभिव्यक्तीले प्रसय पाउदैगयो भने, स्वतन्त्रताका नाममा लय र भावको धज्जी उडाइयो भने, स्वतन्त्रताका नाममा गीतलाई पनि गजल र कवितालाईपनि गजल भनियो भने चाहि गजलको मौलिकता र अस्तित्व कहा रहला ? कस्तो बन्ला ? सोच्नुपर्ने यहीनेर हो । मैलै प्रत्यक्ष देखेको छु मलेसियामा करिव १००० गोर्खालीहरुको स्थायी वसोवास छ । गोर्खालीभएकोमा गर्व गर्छन् उनीहरु । आफ्नो इतिहास पनि धेर–थोर थाहा छ उनीहरुलाई र त्यही ईतिहास ( बहादुरी ) ले गर्दा मलेसियनहरुले समेत आदर गर्छन् गोर्खालीहरुलाई । किन्तु गोर्खालीहरुको आफ्नो मौलिक भाषा,नेपाली भाषा (मातृ भाषा ) मृत्यूको संघारमै पुगेको छ । यतिखेर संसार जित्ने गोर्खालीहरुले म गोर्खाली हू, मेरा पूर्खा गोर्खालीहुन् भन्न समेत तामिल,चाइनिज,मलायु वा अंग्रेजी भाषाको साहारा लिनु परिरहेको छ । हामी, जो आफ्नो भाषा–संस्कृति जोगाउन सक्तैनौ, कस्ता बीर ? कस्ता बहादुर ? यस्तै कथा छ इण्डोनोसियाका चाइनिजहरुको पनि । यिनीहरुको मौलिक भाषापनि मृत्यूशैयामा छट्पटाइ रहेको अवस्थामा छ र “इण्डो” भाषा बोलेर चाइनिज गाथा गाउछन् उनीहरु । यतिखेर मलाई यस्तो महसुस हुदैछ कि मलायामा हाम्रा कतिपय बीरपूर्खाहरु सँगसँगै भाषापनि शहिद बनेछ हाम्रो । हो अन्यान्य भाषाको अनुकरण गर्नैहुदैन भन्ने होइन तर आफ्नो सारा मेटाएर बाच्नुको के अर्थ रह्यो ? मैले यो कुरा उक्काउनुको उद्घेश्य यो हो कि, स्वतन्त्रताका नाममा गजलको मौलिकतामा नै नाङ्गो प्रहार गरियो भने न गजल रहन्छ, न गजलकार नै । रोहन भने यस कुरामा अत्यन्तै सचेत देखिन्छन् ।
अब गजलको व्यापकता साहित्यका अन्यान्य विधाहरुको भन्दा कम रहेन । उसो त गजलले आफूलाई बिषयगत संकुचनताबाट मुक्त गरेको त्यति धेरै लामो समय भएकोछैन । तर पनि छोटै समयमा प्राप्त यो (बिषयगत) व्यापकता महत्वपूर्ण उपलब्धी हो गजलकालागि । र गजललाई बिषयगत संकुचनताबाट उक्काउने कामको श्रेयचाहि नेपाली गजलको नया पुस्तालाई जान्छ । हो यसै पुस्ताका सचेत गजलकारका रुपमा देखिदैछन् रोहन समीप ।
गजल अभिव्यक्तिको त्यस्तो माध्यम हो जसमा शिष्ट,सालिन, सभ्य र मर्यादित भाषाशैली खिपिएको हुन्छ । हुनपनि “शैलीको सान लगाउदै वीचारको भुङ्ग«ोमा हालेर खारिने प्रत्येक शब्दहरु साहित्यका थुङ्गा बन्छन् भने कलाको कपर्छानमा राखेर वीचारलाई निचोर्दा तप्किने प्रत्येक तप्काईहरु गजलका उत्कृष्ट शेर बन्दछन् ”। गजल लेख्नका लागि मात्र लेख्ने सर्जक फुकेको वैलुन र पानी फोका सिवाय अरु केही होईन । त्यसैले“समुद्रको गहिराईमा मात्र वास्तविक रहश्य भए जस्तै,गजलभित्रको गजलमा मात्र वास्तविक जीवन हुन्छ भन्नेकुरा बिर्सनु हामीले ”। नाम मात्रको दर्शन,नाममात्रको परिस्कार,नाममात्रको चिन्तन,नाममात्रको कला र गलाले क्षणिक आनन्द दिएपनि भविश्य भने अन्योलमय हुन्छ । यसर्थ “दर्शन,चिन्तन,कला र गलामा चोटमा सञ्जीवनी बन्न सक्ने सामथ्र्य हुनु पर्छ” । यो नै समयको माग हो ।त्यसो त समय हावामा फूलपारेर ओथारो वस्दैन पनि । चिन्तन,विचार र मिथकको चमत्कार झङ्कृत नभएको गजलको आयु छोटो हुन्छ । पोखिएर अतितहरुभित्र डुब्दै जादा लाग्छ, यो खून,पसिना र आँशुको त्रीवेणी हो ।
अचेल नेपाली गजलमा काग र कोइली छुट्याउन गाह«ोछ तर पनि जुनदिन काग र कोइली वास्छन् नि स्वतः काग–कागसँग र कोइली–कोइलीसँग जानेछन् कुरा ढिला चाडोकोमात्र हो, भन्नेकुरा बिर्सेकाछैनन् गजलकारले । भीरबाट खसिरहेको गाइलाइ काधहाल्न सके पो गजल, नत्र के गजल ? काधहाल्न कस्सिनेहरुको स्वागत हुनैपर्छ । यद्यपि कस्सिदैमा मात्र पिपलको फूल फुल्दैन । र पनि साधना र प्रतिक्षाको फल मीठोहुन्छ भन्नेकुराचाहि भुल्नु हुन्न भन्ने जिकिर छ समीपको ।
रोहनले, जस्तो जीवन भोगे र जस्तो जीवन देखे त्यस्तै गजल लेखे । त्यसैले यो संग्रह उनको जीवन भोगाईको उपज पनि हो भन्न सकिन्छ । परदेश जहा शुखको भन्दा दुुःखको आँशु बढि छल्बलिन्छ र प्रत्येक छल्बलाईले घरदेश सम्झाउछ । घरदेश भन्नु माटोमात्र होईन माटोसँगै जोडिएको मुटुपनि हो । र यो संग्रहमा माटो र मुटुको गीत एकसाथ गाइएको छ ।
जीवन र जगतको अनुकुलन भएका गजलहरुले मात्र समय र हृदय सँग साक्षातकार गर्न सक्छन् । यदि जीवन एकातिर र जगत अर्काेतिर चोइटिएको छ भने त्यो सिर्जना,सिर्जना होइन रैखिकता मात्र हो । रैखिकताको आयू र परालको आगो उस्तै–उस्तै हुन्छ । सर्पमा बिख र मान्छेमा इख हुनुपर्छ भने जस्तै गजल र गजलकारमा हाक हुनुपर्छ “हाक”विनाका गजल र गजलकार पात विनाका रुख जस्तै हुन्छन् । आशागरौ समीप भविश्यमा अझै हाकका साथ आउनेछन् गजलयात्रामा ।
नेपाली साहित्यको उन्नयनमा डायस्पोराको विषेश भूमिका छ । अझ गजललाई त मोतिरामले डायस्पोराबाटै भित्र्याएकाहुन् । वर्तमानमा विश्वका सयौदेशमा हजारौ सर्जकहरु साहित्य सेवामा सकृयछन् । होमनाथ सुवेदी,गोवद्र्धन पूजा,सुरेश वाग्ले,दलविर सिह वराइली,आचार्य प्रभा,ज्ञानेन्द्र गदाल,टंक साम्वाहाम्फे,जीवन देवान,मनी राइ“गोठाले”,विस्वासदीप तिगेला,पञ्च विस्मृत,जया राई,उमा सुवेदी,नयन चेम्जोङ्ग,सवीन राइ,दीप दर्शन,रुद्र मिश्र,डि.आर.निश्चल,कृशु क्षेत्री,केदार सङ्केत,सञ्जय राइ,गनिन्द्र विवश,दिप्स शाह,गोपिकृष्ण प्रसाई,खगेन्द्र पन्धाक,दीलिप सगर,नन्द श्री,सोमनाथ सुवेदी,जैकी मोहाजु,दिप्स शाह, रमेश गोठालो,भिम स्नेही,पदम दुःखी,दिलदुःखी जन्तरे,इन्द्र जीजिबिषा,चन्द्र झापाली,रुद्र प्रज्वल,राज मादेन,जस्ता धेरै–धेरै कलमका विचमा देखिएका रोहन जागरुक र नयाँ कलमहुन् । जसलाई पाठकहरुले आफ्नो खल्तिमा चट्ट सजाई राख्नेछन् भन्ने विस्वासका साथ रोहनकै स्वरमा स्वर मिलाउछु ।
संघर्षलाइ जिन्दगानी ठान्न जान्नुपर्छ ।

No comments:
Post a Comment