Wednesday 24 December 2014

'दीप दर्शन'ले लिएको अन्तरवार्ता।

'दीप दर्शन'ले लिएको अन्तरवार्ता।

'दीप दर्शन'ले लिएको अन्तरवार्ता।  

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित श्रस्ठाको नाम हो 'श्रीजन श्री'। नेपाली गजलको इतिहासमा 'श्रीजन श्री'को नामले बिशेष महत्व राख्दछ।

नेपाली गजलका प्रणेता मोतिराम भट्ट भए जस्तै मलेसियाली नेपाली गजलका प्रणेता श्रीजन श्री हुन्। नेपालमा छदै नेपाली गजलमा आफ्नो बिसिस्ठ पहिचान बनाइ सकेका श्रीजनले मलेसियामा नेपाली गजललाई संस्थागत मात्र गरेनन अपितु गजललाई एउटा बिसिस्ट उचाइमा समेत पुर्याएकाछन्।

गजल जिन्दगीको लय हो भन्ने मान्यता राख्नुहुने श्रीजन 'अनाममन्डली मलेसिया'का संस्थापक अध्यक्ष र 'विस्व नेपाली साहित्यमहासंघ मलेसिया'का सचिव हुन भने 'अन्तरराष्ट्रिय नेपाली गजल मन्च'लगायतका साहित्यिक संस्थाहरु सँग पनि सम्बद्दछन।

'माटो हाँस्छ(बि.स २०६४) र माटोभन्नु मुटुरै'छ(बि.स २०६६)जस्ता एकल गजल सँग्रह र थुप्रै सयुक्त गजल सँग्रह प्रकाशन गरिसकेका श्रीजनले यात्रा,सिर्जनाका स्वरहरु र दिपान्जलि'लगायतको समेत सम्पादन गरी सकेकाछन्।

डोटेली र मलेसियन भाषासाहित्यका गजलमा समेत बिशेष दख्खल राख्नुहुने श्रीजन दर्जनौ संघसस्थाहरुबाट पुरस्किर्त र सम्मानित भै सकेकाछन्।

कुसल गजल प्रशिक्षक र गजल समालोचकका रुपमा पनि आफूलाई खरो रुपमा उभ्याइ सकेका उनी नियात्राकार र दर्बिला कवि पनि हुन्। उनको कलम र व्यक्तित्व हाइकु,मुक्तक, सस्मरण गीत र गजल हुँदै कबिता सम्म बिस्तार भएको छ। श्रीजन हालको नेपाली गजलका एक कुसल अभियान्ता पनि हुन।  

प्रस्तुत छ यिनै बहुप्रतिभाका धनी श्रीजन श्री सँगको भलाकुसारी।
......

1-साहित्यिक अभिवादन है सर। 

मेरो पनि हार्दिक आभिवादन छ यहाँलाई। .
.......

2-साहित्य लेखनमा दुई दशक भन्दा पनि अधिक समय बिताइ सक्नु भएको छ यहाँले। त्यसमा पनि नेपाली गजलमा बिशेष योगदान रहेको छ तपाइको। नेपाली गजलमा यहाँको उपस्थितिले बिशेष अर्थ राखेको छ। तपाईं चै के भन्नु हुन्छ?

मेरो लेखन यात्राको समयसीमा यहाँले नै अवगत गराइ सक्नु भयो। यध्यपि समयसीमा भन्दापनि रचनाको गुणस्तरीयताले हो सर्जक बाच्ने। योगदान र 'बिशेष अर्थ' जस्ता शब्दहरुको लेखाजोखा गर्नपट्टी म लाग्दिनँ। त्यो जिम्मा प्रिय पाठकहरुको हो। .

.......
३- गजलको संक्षिप्त परिचय सँगै नेपालमा यसको पादुर्भाव र बिकासक्रम बारे बताइदिनुहोस्न्?

गजल अरबि भाषासाहित्यको एक लोकप्रिय काव्यबिधा हो।इसाको सातौ शताब्दितिर अरबमा जन्मेको गजल फारसी भाषासाहित्यमा पुगेर मात्र फक्रिएको पाईन्छ। यो अरबि भाषाको इस्त्रीलिंगी वर्णगुच्छ हो। गजलको शाब्दिक अर्थ प्रेमिका सँगको प्रेमपूर्ण संवाद हुन्छ भनिन्छ। यसका साथै अरबी भाषामा मिर्गशावकलाई 'गाजाला' भनिन्छ र यो शब्दसँग पनि जोडेर हेर्छन एक थरीले। यता अङ्रेजीमा हरिणलाइ GAZELLE भनिने हुनाले यससँग र संस्किर्त भाषामा 'गाजल'लाई 'कज्जल' भनिने हुनाले यो शब्दसँग पनि गजलको नाम जोड्छन अर्को थरी। उनिहरुको मान्यता केछ भने यि शब्दहरु अपभ्रंस भएर गजल बनेको हो। अर्को एक थरीको भनाइ के छ भने अरबमा एकजना मदिरापान र प्रेमबिलासमा आफ्नो जीवन समर्पित गर्ने शायर थिए र उनको नाम नै गजल थियो रे। र  उनको मृत्‍युपश्चात उनको सम्झनास्वरुप यो बिधाको नामै गजल राखिएको हो। जे होस् अरबिभाषा साहित्यहुँदै फारसी भाषासाहित्यमा पुगेर मौलाउदै सयौँ बर्षपछिमात्र हिन्दिउर्दू भाषासाहित्यमा आइपुगेको गजल हिन्दिउर्दू भाषासाहित्यकै राजपथ भएर नेपाली भाषासाहित्यमा पदार्पण गरेको पाईन्छ।

नेपाली गजलका प्रणेताहुन् मोतिराम भट्ट। उनले बि.स.१९४०तिर हिन्दिभाषाबाट नेपाली भाषासाहित्यमा भित्र्याए यसलाई।र एउटा मोतिमन्डली नामक संस्थाको स्थापना पनि गरे।यही मन्डलीबाट नेपालीभासाको पहिलो गजल सङ्रह प्रकाशित पनि भयो संगीतचन्द्रोदय। त्यसपछि भीमनिधि तिवारीको 'मेरिबयासी गजल (बि.स १९९४), उपेन्द्र बहादुर जिगरको 'एकसय एक गजल (बि.स १९९६) र पछि तिवारीकै 'बयासी र बीस मेरी गजल (बि.स २००२)गजल सङ्रहहरु प्रकाशनमा आए।यो समय(बि.स १९४०- २००२)लाई नेपाली गजलको पहिलो चरण मान्न सकिन्छ।

बि.स २००२देखि २०३५ सम्म गजल लेखिदै लेखिएन भन्दापनि हुन्छ नेपाली साहित्यमा। यसर्थ यो सुसुप्तकाललाई दोस्रो चरण भन्न सकिन्छ।

 किन्तु बि.स २०३५ साल यताबाट भने ग्यानुवाकर पौडेल, ललिजन रावल, मनु ब्राजाकी लगायतका गजलकारहरुको सकृयातामा गजल फेरि लेखिन थाल्यो। र यो पुस्ताले गजलको पुरानो धार भक्तिधारलाई पूर्णत: पछि छोड्दै पुरानो पुस्ताको श्रिंगारिकधार र आफ्नै मौलिकधार (समसामयिकधार)लाई अवलम्बन गर्‍यो। र हाल यही धार नेपाली गजलमा बिद्यमान छ। तसर्थ बि.स २०३५ साल देखि हालसम्मको चरणलाइ नेपालीगजलको तेस्रो चरण मान्न सकिन्छ। र यो चरणमा हजारौँ गजलकार र सँग्रहहरु,सयौँ गजल एल्वमहरु, गजलिय कार्यक्रमहरु र देशपरदेशमा सयौँ बिशुद्द गजलिय संस्थाहरुका माध्यमबाट गजल रहरलाग्दो रुपमा प्रस्तुत हुँदैछ नेपाली साहित्यमा। .
.....

४-तँपाइ सशक्त गजलकार हुनुहुन्छ गजल प्रशिक्षण, समीक्षा र समालोचना पनि गर्नु हुन्छ,तर मलेसियाको नेपाली गजलप्रति कतिको सन्तुस्ट हुनुहुन्छ? र जुझारु सर्जकहरुलाई के सुझाव दिन चाहनु हुन्छ?

पहिलो कुरा त सशक्त होइन कि शक्त मान्दछु मैले स्वयंलाई। अशक्त किनकी गजललाई जुन न्याय गर्नु पर्ने हो त्यो न्याय गर्न सकेको छुइनँ मैले। दोस्रो, यो 'कार' भन्ने बिशेषण सँग पनि बिमत्ती रहदै आएकोछ मेरो। साच्चै 'कार'को मापदन्ड के त? दुइचार रचना लेख्दैमा वा दुइतीनटा किर्ती प्रकाशित हुँदैमा  वा कुनै संस्थामा बस्दैमा 'कार'भइन्छ जस्तो लाग्दैन मलाई।
तेस्रो, प्रशिक्षण र समालोचनाका कुरा उप्काउनु भयो यो त सर्जकको कर्म हो/कर्तव्य हो।  चौथो,मलेसियाको नेपाली गजलबाट कतिको सन्तुस्ट हुनुहुन्छ भन्ने प्रश्न गर्नुभयो, हिजो जतिखेर हामी गजललाई मलेसियामा संस्थागत गर्दै थियौँ त्यो समय र यो समयलाई तुलना गर्दा तुलनात्मक रुपमा म निक्कै सन्तुस्ट छु यो समय सँग। कारण संख्यात्मक र गुणात्मक दुवैकोणबाट यहाँको गजल राजमार्गमा यात्रारथ छ अचेल।हिजो भने गोरेटोमा समेत  थिएन।

र अर्को प्रश्न जुझारु सर्जकहरुलाई के सुझाव दिनुहुन्छ भन्ने गर्नु भयो, जुझारु त जुझारु छदैछन् नि के सुझाव दिउँ उहाहरुलाई?यो त सूर्यलाई बत्तिले तताउनु भन्या जस्तो पो भो। (हाहाहा ....) र पनि के भन्छुँ भने जुध्नका निम्ती सिङ,साहस र सौर्यको अधिक महत्व हुन्छ। सिङ,साहस र सौर्यलाई बलियो बनाउनुस् । सिङ जोगाउनुस्। गजललाई बलियो बनाउनुस्। गजलको साख जोगाउनुस।
....

5- सामाजिक संजाल फेसबुकमा गजलबारे निक्कै विवाद देखिन्छ। कोही लय र बहरमा अनिवार्य लेखिनुपर्छ भन्छन भने कोही भावको पक्षमामात्र वकालत गरिरहेकाछन। यहाँलाई कस्तो लाग्छ?

सुनलाई भुंग्रोमा हाल्योभने झनझन चम्किन्छ। यो विवाद होइन विवादरुपी भुंग्रो हो। जसमा परेर गजल झनझन चम्किदैछ। र बहसले गजलको औचित्य पुस्टी हुँदैछ। जहासम्म लय(बहर)को कुरा छ ,हमी के कुरामा प्रस्ट हुनुपर्छ भने लय भनेकै बहर हो। यहाँ फारसी बहर र संस्किर्त छन्दहरुलाई मात्र बहर हो भन्ने भ्रम विद्यमान छ कसैकसैमा। यो भ्रमबाट मुक्त हुनैपर्छ हामी। र अर्कोकुरा जहासम्म लयवादी र भाबवादी बिचको टकरावको कुरा छ यस सन्दर्भमा म के भन्छु भने 'लय र भाव गजलरुपी शरीरका दुइटा आँखा हुन।' अब भन्नुस् कुन आँखाको महत्व कति हुन्छ? .
.....
6- वैदेशिक रोजगारको सिलसिलामा आएका नेपालिहरुबिच साहित्यलाई कसरी प्रभावकारी बनाउन सकिएला?

अब समय हिजोको जस्तो प्रतिकूल रहेन। अस्याध्यै अनुकुल समयमा छौं हामी। प्रविधिले सिंगो संसारलाई नै एउटा गाँउ जस्तो बनाइ दिएको छ। वैदेशिक रोजगारको सिलसिलामा आएका नेपालिहरुबिच मात्र होइन जो सुकै सँग पनि प्रविधिका माध्यमबाट नेपाली साहित्यको उत्थानहेतु संसारको जुनसुकै कुनाबाट पनि महत्वपूर्ण कार्यहरु गर्न सकिन्छ।
.....

7- मलेसियामा बिभिन्न साहित्यिक संस्थाहरु छन, र यि संस्थाहरुले साहित्यलाई कस्तो मलजल गरेको देख्नु भएको छ? र भाविदिनमा के कस्तो कार्यक्रमहरु सन्चालन गरियोस भनी ध्यानाकर्षण गराउन चाहनु हुन्छ?

हो मलेसियामा नेपाली सर्जकहरुको सक्रीयतामा स्थापना भएका साहित्यिक संस्थाहरुछन। ति मध्ये केहीले आफ्नो स्थापनाकालदेखि वर्तमानसम्म निक्कै महत्वपूर्ण कार्यहरु सम्पन्न पनि गरेकाछन भने केही संस्थाहरु उम्रिन नपाउदै विलाएकापनिछन्। र सवैभन्दा दु:खको कुरो मलेसियामा नेपाली साहित्यको प्लेटफर्म तयार गरी कुनै समय आफ्नो रहरलाग्दो व्यक्तित्व बनाएको 'अन्तरराष्ट्रिय नेपाली साहित्य समाज' भने अहिले ईतिहास बनेको छ। संस्थापकहरु मध्येकै केही साथीहरुका बिबिध कमिकमजोरी र स्वार्थका कारणले पनि यो स्थिती सिर्जना हुन पुगेको हुनसक्छ। यता अनाममन्डली,विस्वनेपाली साहित्य महासंघ, उदाउँदो तारा साहित्य समाज र प्रवासी नयन साहित्य समाज जस्ता संस्थाहरु कृयाशील छन अहिले। र 'अन्तरराष्ट्रिय गजलमन्च'को प्रतिनिधित्व पनि गरेको छ मलेसियाले। यो सुखद पाटो हो।

भाविदिनमा के कस्तो कार्यक्रमहरु सन्चालन गरियोस भनी ध्यानाकर्षण गराउन चाहनु हुन्छ भन्नुभयो,
हुनत आ-आफ्ना कार्ययोजना सवै संस्थाहरु सँग छदैछन्। किन्तु यही मेसोमा के आग्रह गर्न चाहन्छु भने मलेसियाको नेपाली साहित्यको ईतिहासलाई कालान्तरसम्म सम्झिरहनका लागि एउटा सयुक्त अक्षयकोश खडा गरी राम्रो साहित्यिक पुरस्कारको स्थापना गर्न सके अत्युत्तम हुने थियो।
.....

8-तपाईंले अनाममन्डली मलेसिया स्थापना गरेर धेरै बर्ष नेत्रीत्व गर्नु भयो। तपाईंको कार्यकालमा निकै प्रभावशाली कार्यहरु सम्पन्न भए। तपाईं सम्बन्धित यस् अनाममन्डली मलेसियाले गजलका लागि कुनै नयाँ कार्यक्रमहरु तर्जुमा गरेको छ कि?

मेरो नेत्रीत्वमा निरन्तर तीनटा कार्यकालसम्म अनाममन्डली अघी बढेको कुरा सत्य हो। र त्यसबखत धेरै राम्रा कार्यहरु सम्पन्न भए पनि। पछि अनाममन्डली मलेसिया केही मजबुद भै सकेपछि नेत्रित्व हस्तान्तरणको प्रकृया अघी बढायौँ हामीले। र नेत्रित्व हस्तान्तरण सँगै मन्डली झन उर्जावान भएर निस्कियो। साथीहरुको लगन, कृयाशीलता र नेपाली गजलप्रतिको समर्पणभावका कारण अनाममन्डली मलेसिया अहिले झनझन सशक्त हुँदैगा'छ। बिशेषत: टंक चन्द, रुद्र मिश्र, प्रेम श्रेष्ठ 'दीन',रुबेन पुन, गनिन्द्र बिवश, भिम स्नेही, मनोज बिराली, यलबी सागर, राज अबिरल यात्री,सन्तोस लिङ्देन,सोमनाथ सुबेदी, नन्द श्री, शिसम श्री, रमेश गोठालो, निश्चल परदेशी, आदर्श शुसिल, र सन्तोष माबुहाङ जस्ता साथीहरुको आर्थिक, बौद्दिक र भौतिक लगानीका कारण मन्डली 'मन्डली' बन्न पुगेको हो। र निकट भविश्यमै एउटा महत्वपूर्ण कार्य गर्न गै रहेकोछ मन्डलीले। जो एउटा राम्रो उपहार हुनेछ प्रवासी नेपाली गजलका लागि/सिंगो नेपाली गजलका लागि। अहिल्यै घुम्टो नौघारौं कि?
.....

९-वैदेशीक रोजगार नेपालीहरुका लागि अहोभाग्य कि दुर्भाग्य?

देश कंगाल बन्दै जानु र यूवाहरु आफ्नै पैसामा बेचिएर अर्काको गुलाम बन्नु अहोभाग्य हो र?
.....
१०-अन्त्यमा मैले सोध्न बिर्सिएका कुरा या हजुरको मनमा केही लागेको भए?

अर्कोपल्टका लागि थाती राखौँ कि? (हाहाहाहा) धन्यवाद।
.............................................................
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment