Monday 17 November 2014

श्रीजन श्री'का गीतहरु

श्रीजन श्री'का गीतहरु

श्रीजन श्री'का गीतहरु 
1
आफ्नै पनि पराइ बन्छन् पैसा नहुनेको।
पराइ पनि आफ्नै बन्छन् धनपैसा हुनेको।
यो पैसा भन्ने चिज यस्तै हो।
.
मरिलानु केनै छ र? यस्तो जान्दाजान्दै,
मर्छन् मार्छन् मान्छेहरु पैसै ठुलो मान्दै,
आफ्नै मनको गर्छन् सवै मान्दैनन भनेको।
आफ्नै पनि पराइ बन्छन् पैसा नहुनेको।
यो पैसा भन्ने .........
.
सोचएकफेर सवै सोचएकफेर,
कात्रोमा कहिल्यैपनि गोजी हुन्न हेर,
तर पनि मान्छे कति स्वार्थीछ बनेको?
आफ्नै पनि पराइ बन्छन् पैसा नहुनेको।
यो पैसा भन्ने .........
------------------------------
2-
कहिलेकाही त यो आँसुले सुक्नु अलिकती।
खोलोबनी उर्लिरन्छ रुक्नु अलिकती।
मारे जस्तो भो,
जिन्दगीले भुमरीमा पारे जस्तो भो।
.
आकाश छुन्छु भन्ने मेरो एउटै लक्ष थियो,
त्यै लक्षमा पनि किन पानी परिदियो?
मारे जस्तो भो,
जिन्दगीले उचालेर झारे जस्तो भो।
.
जिन्दगीभर साथ दिन्छु यस्तो कसम खादै,
सँगै यात्रा गरौ भनी डोर्याएर लादै,
मारे जस्तो भो,
जिन्दगीले बीचबाटोमै छाडे जस्तो भो।
---------------
3-
तिमी रुदा तिम्रो आसुँ पुछ्न नसकेर,
कतिमाया गर्छौ भन्ने बुझ्न नसकेर,
छाती छियाछिया पर्‍यो टाल्नु कसरी?
जिन्दगीको यात्रा अब थाल्नु कसरी?
.
फुलबारीमा फूलछैनन काँढा थरिथरी,
चस्सचस्स घोचिरन्छन् किन घरिघरी?
मुटु घोच्ने काँढाहरु फाल्नु कसरी?
जिन्दगीको यात्रा अब थाल्नु कसरी?

.
लाग्छ मलाई एउटै हो यो तिम्रोमेरो घाटी,
तिमीतेल उर्जादिने म हुँँ तिम्रो बाती,
मनको दीयो निभ्यो बरै बाल्नु कसरी?
जिन्दगीको यात्रा अब थाल्नु कसरी?
-------------------------------
4-
(स्वदेशगान)
हिमाल हो शिर हाम्रो तराइ हो छाती।
पहाड हो काँध हाम्रो नेपाली हो जाती।
.
कय्यौवर्ण भेसभुसा सँस्कृति छ राम्रो,
चिरीहेर छातीभित्र नेपाल छ हाम्रो,
शान्तिकामी धर्ती हो यो शान सगरमाथा
भुल्नेछैनौं शाहीदहरु तिम्रा गौरवगाथा,
हिमाल हो शिर .....
पहाड हो काँध हाम्रो ....
.
देउडा गाउँछे प्यारी मेची पालम गाउँछे काली,
सद्भावको नमुना यो देश शक्तिशाली,
बुध्दत्व हो अस्त्र हाम्रो मनवता हो नारा।
उठजाग लम्कचम्क ए नेपाली सारा
हिमाल हो शिर .....
पहाड हो काँध हाम्रो ....
---------------------------------

5-

आँसुको तालमा डुब्दै छ मेरो जिन्दगी।
सागर बनेर उर्लिए नयन यी
जिन्दगी आसुँ बनेछ।

मायाप्रेमको आघातले टुटेकोछ दिल भित्र मनमा,
उपहार दियौ तिमीले चोटैचोटमेरो जीवनमा।

खुशीको त्यो पल् थियो कुनै दिन्, मेरो मनको आगनिमा।
वादल छायो बादल, आज मेरो (किन) जिन्दगीमा।
-----------
6-
केटा: तिमी गर्छौ प्रितका कुरा म गर्छु गीतका कुरा

 केटी: पिरतिमा हुँदै हुन्नन हार अनि जितका कुरा

 केटा: त्यसैले त बाटो भरी फुलैफूलहरु छरौँ

 केटी: आऊ अब जिन्दगीको यात्रा सँगसँगै गरौँ।

केटी:तिमी गर्छौ फूलका कुरा म गर्छु जूनका कुरा

 केटा:पिरतिमा हुँदै हुन्नन हिरामोति सूनका कुरा

 केटी:त्यसैले त हिर्दयमा मायैमाया मात्र भरौँ

 केटा:आऊ अब जिन्दगीको यात्रा सँगसँगै गरौँ।


केटी:तिमी गर्छौ दिनका कुरा म गर्छु रातका कुरा

 केटा:पिरतिमा हुँदै हुन्नन कतै जातभातका कुरा युगल:त्यसैले त दोमनबाट एकामन तिर सरौँ

 युगल:आऊ अब जिन्दगीको यात्रा सँगसँगै गरौँ।
--------------------
7-
तिम्रो मेरो कुरो अब कसरी म छिनूँ? ,,,,
दु:ख जति दिइ मलाई सुख्ख आँफै लिनु।,,,,
यसमै ...... तिम्लाई खुसी मिन्छ भने।

छुरा हतमा लिइ तिमी माया भनी डाक्छौ (डाक्छयौ)। ,,,
चोटमाथि चोट दिइ मलाई सताइ राख्छौ (राख्छ्यौ)। ,,,
कोट्याएर घाउ बरु नुन छर्की दिनु। ,,,
दु:ख जति दिइ मलाई सुख्ख आँफै लिनु। ,,,,
यसमै ...... तिम्लाई खुसी मिन्छ भने।,,,,
बाहिर दुखे जस्तो गरी भित्रभित्रै हास्छौ (हास्छ्यौ)।

मलाई पीर पर्दा तिमी रमाएर नाच्छौ (नाच्छ्यौ)। ,
के रह्यो र बाकी अब? किन हो सम्झिनु? ,,,
दु:ख जति दिइ  मलाई सुख्ख आँफै लिनु। ,,,
यसमै ...... तिम्लाई खुसी मिन्छ भने।
--------------------

8-
लाकोमाया टुटे पछि जिवन ज्युन गारो भयो।
किन आखिर तिम्रो मुटु ढुङ्गा भन्दा सारो भयो?
बाच्नु कसरी?
हिर्दयमा पीडा बोकी हास्नु कसरी??
.
काडाभन्दा बढी घोच्छ किन होला फूल?
फूल सँग माया गस्नु भयो कित भुल?? 
बाच्नु कसरी?
हिर्दयमा पीडा बोकी हास्नु कसरी??
.

आगो पिउन सक्ने मेरो छैन हेर बानी।
घाटीकोगाँस अड्के सरी अड्क्यो जिन्दगानी।
बाच्नु कसरी?
हिर्दयमा पीडा बोकी हास्नु कसरी??
------------------
9-
आगोले पोल्दैन बरु तिम्रो माया जलाउछ बेसरी।
आऊ कि त छोड कि चटक्कै नसताउ नसताउ यसरी।
.
आसु जति मलाई दिएर, खुसी जति आँफैले लिएर, हास्न सक्यौ हास्न खै कसरी?
नसताउ नसताउ यसरी।

.
जूनबिना आकाशको के अर्थ?
आकाशबिना जूनको के अर्थ??
जीवन जिउने होला यो कसरी?
नसताउ नसताउ यसरी।
--------------
10-
केटा:
हिरामोती सूनचाँदीका हार दिन नसके'नि,
तिम्लेभने जति मैले प्यार दिन नसके'नि,
मुटुसँगै कालेजीमा आउने पुरै बाटो दिछु।
आऊ आऊ तिमीलाई जिन्दगीकै पाटो दिन्छु।।
.
केटी:
हिरामोती सूनचाँदीका के चाहे र हार मलाई?
चोखो मनले गरिदिए पुग्छ हजुर प्यार मलाई,
बाचा गर्यौ कालेजीको बाटो दिने सलाम छ।
आफ्नो पुरै जिन्दगीको पाटो दिने सलाम छ।
.
केटा:
बासुरी र सारंगीको धून दिन नसके'नि,
निधारमा आकाशको जून दिन नसके'नि,
सिउँदोमा यै धर्तीको एकचिम्टी माटो दिन्छु। आऊ आऊ तिमीलाई जिन्दगीकै पाटो दिन्छु।।
.

  केटी:
गूनभए पुग्छ हजुर के चाह्यो र धून मलाई?
निधारमा आकाशको के चाह्यो र जून मलाई?
बाचा गर्यौ यै धर्तीको माटो दिने सलाम छ।
आफ्नो पुरै जिन्दगीको पाटो दिने सलाम छ। ..................
11-
केटा:
मुखले भन्नु के नै छ र तिम्लाई माया गर्छु भनेर?

केटी:
आँखैबाट बोली दिए पुग्छ मलाई मेरो हजुर।

दुवै:
ए ...... माया भन्दा ठुलो के छ र?
माया भन्दा ठुलो के छ र?

केटा:
सललल बगिरा'छ मर्स्याँङदीको सङ्लो पानी।

केटी:
त्यसै गरी सललल बगीरा'छ जिन्दगानी।

दुवै:
ए ....... जाँऊ है माया सँगै तरेर।
माया भन्दा ठुलो के छ र?

केटा:
सुनकेसरी फूल फुल्यो ढकमक्क वनभरी।

केटी:
त्यसैगरी माया फुलोस् तिम्रोमेरो मनभरी। 

दुवै:
ए.......... मगमग वास्ना छरेर।
माया भन्दा ठुलो के छ र?
-----------------
12-
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment