Thursday 18 June 2015

मलेसियाको डायस्पोरिक साहित्यलाई काठमाडौको माया

मलेसियाको डायस्पोरिक साहित्यलाई काठमाडौको माया

मलेसियाको डायस्पोरिक साहित्यलाई काठमाडौको माया





 -देवेन्द्र सुर्केली

साहित्यकार निराजन बतासको गजलकृति 'बाटो खोज्दै बाटोहरु' को विमोचन कार्यक्रममा कार्यक्रम साचालक रहेका राजकुमार दिक्पालले बिचैमा बोले -आज हाम्रो कार्यक्रममा देवेन्द्र सुर्केलीको पनि आगमन रहेको छ । म चुपचाप बसेँ तर रेडियोकर्मी रमेश पौडेल कराए -को हुनुहुन्छ सुर्केली जी हात त उठाउनुस् न अनि मैले उठेर नमस्कार गरेर बसेँ ।
कार्यक्रम सकिएपछि रमेश पौडेल जीले भन्नुभयो -लौ तपाई त मलेसियामा आवाजको खेती गर्ने मान्छे नेपालको रेडियो नेपालमा पनि आउनुस् न रेडियोमा पनि बात मारौ ।मैले भनेँ -हुन्छ समय मिलाएर आउँला ।
रमेश सरले पहिले नै कवि युवराज साम्पाङ 'जेठा' र बलबहादुर राईलाई पनि रेडियोमा बोलाइसकेको बताउनुभयो । मलेसियामा भएको साहित्यिक गतिविधिलाई रेडियोमार्फत फैलाउने उनको योजना थियो ।
तर मैले समय दिइनँ । खै किन हो फेरि रमेश पौडेललाई सम्पर्क गरेर गइनँ ।पछिबाट जीवन देवान गाउँलेलाई रमेश पौडेलकहाँ लाने योजना थियो तर जीवन आजजस्तो काठमाडौ आए भोलीपल्टै मलेसिया गइहाल्ने समय लिएर आए ।
मनि राई गोठालेको कथासंग्रह 'युद्ध समाधि' को भूमिकाका लेखक डा. गोविन्दराज भट्टराई पनि मलेसियाको डायस्पोरिक साहित्यबारे निकै चाख लिनेमा पर्छन् । अन्य देशमा रहेका साहित्यलाई नजिकबाट हेरिसकेका डा. भट्टराईले मलेसियाको बारेमा त्यति धेरै जानकार रहेका थिएनन् । जति जानकारी थियो त विश्वासदीप तिगेलाले रिपोर्टिङ गरे जति मात्र । मैले मलेसियामा हरेक महिना एउटा साहित्यिक संगालो कृति वा स्मारिका प्रकाशन हुन्छन् भनेपछि उनी झन् हौसिए ।
डा. भट्टराई प्रत्येक भेट र च्याटिङमा समेत मलेसियाका साहित्यिक गतिविधिबारे चासे लिइराख्छन् ।
तत्कालै भेटिएका कान्तिपूर दैनिकका गणेश राईले पनि मलेसियाको विद्यार्थीहरुको अवस्थाबारे बुझ्न चाहे । एकदमै छोटो समयमा कान्तिपूरको कार्यलयमै भएको भेटमा मैले मलेसियाको विद्यार्थी जीवनको बारेमा भन्दा बढि चाही मलेसियाको साहित्य र पत्रकारितामै जोड दिएर बोलेँ ।
अनलाइन एसोसिएनका अध्यक्ष दिनेश बस्नेत पनि डायस्पोरिक साहित्यबारे निकै चाख लिने व्यक्तिमा पर्छन् । उनले तत्काल राससका सम्पादक श्याम रिमालसँग भेट गराइदिए । उनीसँगको कुराकानी राससमा प्रकाशित भएको थियो ।
भर्खरै उदाउँदो तारा साहित्य समाज पेनाङद्धारा प्रकाशन हुन लागेको संयुक्त गजल संग्रहको भूमिका लेखाउनको लागि गजलकार ज्ञानुवाकर पौडेलको घरसम्म पुगेँ । मलेसियाबाट प्रकाशित 'विम्ब' गजल संग्रहको भूमिका समेत लेखिसकेका ज्ञानुवाकर पौडेल मलेसियाको डायस्पोरिक साहित्यबारे केही जानकार पनि छन् । मलेसियामा सकि्रय रहेका साहित्यकारहरु धेरैजसोको बायोडाटा उनकोमा रहेको छ ।
ज्ञानुवाकर भन्दै थिए 'गजल लेखनमा धेरै विकृति आइसक्यो । मलेसियामा श्रीजन श्री छन् र केही ढुक्क लागेको छ ।
'मैले पनि थपेँ 'हो श्रीजनले सबै पत्रिकामा गजललाई शुद्धता दिलाउने प्रयासमा लागिरहेका छन् । प्रशिक्षण दिएर होस् वा गजलसम्बन्धी लेख लेखेर ।'
ज्ञानुवाकरले अझै थपेँ -'गजल गेय विधा हो । जसलाई गाइन्छ । तर स्वरवद्ध भएर आएपछि कस्तो राम्रो गाइएछ भनेर स्वरको प्रशंसा गरिन्छ । कस्तो राम्रो लेखिएछ भनेर कहिलै भनिएको पाइँदैन ।'
यो शब्दले मलाई पनि छोयो । धेरै गजलहरुबाट गायकहरु चर्चित भए । तर गजलकारहरुको नामोनिशाना छैन ।
कतिपय सर्जकहरु चाडै चर्चित हुन कसरी सकिएला भनेर सल्लाह लिन आउँछन् भन्ने वाक्यले भने मलाइँ हाँसो लाग्यो । ज्ञानुवाकरले निरन्तर साधना गर्नु भन्ने सल्लाह दिने गरेको बताए ।
पेनाङको गजल संग्रह कहाँ डिजाइन गरिने कहाँ छापिने सबै सोधे । सबै मैले गर्ने हो भने पछि उनले भने -विम्बको प्रुफ हेर्न पाइनँ त्यसैले केही असुद्ध छन् । यसपाल त्यस्तो नहोस् भन्नको लागि सबै बुझ्न खोजेको हुँ उनले स्पष्टीकरण दिए ।
विम्ब संयुक्त संग्रहको लागि भूमिका लेखाउन सुस्मा थुलुङ राई गएकी थिइन् । उनले ल्याइन् टाइप गरेर मलेसियामा इ-मेल गरिन् । त्यसैकारण प्रुफ हेर्न पाएका थिएनन् । पछि साजय राई 'छुच्चा'ले संग्रह लिएर गएपछि मात्र उनले िसंगो संग्रह हेर्न पाए । त्यो बेला केही थकथक लागेको बताए ।
उनले अर्को पनि कुरा बताए कि २०६६ सालको दशैदेखि कुनै पनि पुस्तकमा भूमिका लेख्न छाडिसकेको तर प्रवासबाट आएको यस आग्रहलाई भने टार्न नसकेको कुरा बताए ।
प्रवासमा साहित्यकारिता गर्नेहरुलाई यो भन्दा कति धेरै माया चाहियो रउहाँको मायालाई पोको पारेर फर्किएँ ।
मलेसियामा कृतिहरुलाई विश्वसामू फैलाउने मेरो अभियान छ । म ३ वर्ष अगाडिदेखि यस कार्यलाई होस्टेमा हैंसे गर्दै लगिरहेको छु । तर पनि कतिपय ठाउँमा कति अटेरी छु समिक्षा गर्नलाई चाङ पारेर राखेको पुस्तकलाई हेर्दै सुत्ने पनि गरेको छु ।
भर्खरै एकजना भुटानी लेखकको कृति विमोचन कार्यक्रममा सहभागी भएकै बेला मेरो बसाई उही रमेश पौडेलको छेउमा हुनपुग्यो । केही नबोली बस्न पुगेको मलाई रमेश पौडेलले नै कराउन पुगे -सुर्केली यसरी नबोलेर हुन्छ'
मैले मुसुक्क मुस्काएर भनेँ -'केहीक्षणपछि बोलाउने सुरमा थिएँ ।'
अनि मैले इन्द्र नारथुङेको कविता कृति 'सिम्माको नाममा नयाँ चिट्ठी' उपहारस्वरुप दिएँ । उनले त्यही हप्ता रेडियोमा समिक्षा गर्न भ्याए । रमेश पौडेलको त्यत्रो साहित्य-माया देखेर म आफै लज्जित भएँ कि मैले धेरै भूल गरिरहेको छु । मलेसियामा उमि्रएका धेरै साहित्यहरुलाई मैले ठाउँमा पुर्याउन सकेको छैन भन्ने मलाई लागिरह्यो ।
यद्यपि श्रवण मुकारुङ, टीका चाम्लिङ, मलेसियाका पूर्व कार्यवाहक राजदूत हरिकुमार श्रेष्ठ, बुलु मुकारुङ, कुमार यात्रु, विक्रम सुब्बा, डा. विष्णु राई कृष्ढाभूषण बल, समदर्शी काइँला, राजन मुकारुङ, स्व. स्वप्निल स्मृति, धर्मेन्द्रविक्रम नेम्बाङ, पाच विस्मृतलगायत धेरै सर्जकहरुमा मलेसियाको कोसेली पुर्याइरहेको छु । उनीहरुबाट सकारात्मक सन्देश आएका छन् । उनीहरुको मुखारित सन्देशलाई म क्रमशः राख्दै जानेछु ।
------------------------
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment