सिर्जनाका असली समालोचक पाठक मात्र हुन्
श्रीजन श्री
24-jan-2014
malaysia
(क)
'मुक्तक' शब्द संसकिर्त भाषा साहित्यबाट आएको हो भनिन्छ। 'मुच्' धातुमा 'कन्' प्रत्यय लागेर मुक्तक शब्दको पादुर्भाव भएको हो भन्ने भनाइ छ।
मुक्तकको अर्थ हुन्छ मुक्त वा स्वतन्त्र।
नवौ शताव्दीतिर लेखिएको अग्निपुराण भन्छ- 'सहिर्दयलाई चमत्किर्त गर्ने एक श्लोकी पूर्ण कवितालाई मुक्तक भनिन्छ।'
मुक्तकको ईतिहास खोज्दै जादा इसाको सातौ शताव्दीका मुक्तककार 'भुर्तीहरी'को 'त्रय शतक'मा पुग्छौं हामी। उनको 'त्रय शतक'अन्तरगत श्रीङ्गारीक शतक, नीती शतक र वैराग्य शतक रहेकाछन्। त्यसै गरी इसाको आठौ शताव्दीका मुक्तककार 'अमरुक'को "अमरुक शतक" जस्ता प्राचीन मुक्तक सँग्रह नै मुक्तकका कोसेढुङ्गा हुन।
मुक्तककार'भुर्तीहरी' र अमरुकको चर्चा इसाको नवौ शताव्दीका 'वामन' र 'आनन्दवर्धन'ले समेत गरेको पाईन्छ।
हामी के भनिएको पाउछौँ भने,
(१) द्विपदी - सायरी तथा दोहा
(२) त्रिपदी - रोइला तथा हाइकु
(३) चतुस्पदी - रुवाइ तथा स्वतन्त्र श्लोक
(४) पञ्चपदी - तांका
(५) सस्ठपदी - कुन्डली र
(६) सप्तपदी - मुक्त लयात्मक (गद्य) कविता जस्ता यि सारा भेद उपभेदहरु मुक्तक अन्तरगत नै पर्दछन्. यसरी हेर्दा हाम्रोमा पछिल्लो समय बिधागत दावी गर्दै जन्मिएका छोटा आयामका बिभिन्न रचनाहरु पनि मुक्तक अन्तरगत नै पर्ने देखिन्छन्।
अहिले सम्मको अनुसन्धानले नेपाली मुक्तकका जनक 'शक्तिबल्लभ अर्ज्याल'लाई मानिन्छ। अर्ज्याल द्वारा लिखित "तनहुको भकुन्डो" शीर्शकको मुक्तक नै नेपाली भाषाको सर्वप्राचिन मुक्तक मानिदै आएको छ। बि.स. १८३९ बाट नेपालमा मुक्तक लेखनीको प्रारम्भ भएको हो भन्ने दावी पनि यसै मुक्तकका आधारमा गरिएको हुनुपर्छ।
यता नेपाली भाषाको पहिलो मुक्तक सँग्रह बि.स.२०१६लाई मुक्तक सँग्रह नभनेर 'चोइटा सँग्रह' भनिएको छ। र पनि त्यस यता कय्यौ मुक्तककार र मुक्तक सँग्रह पाइ सकेको छ नेपाली साहित्यले।
(ख)
यतिखेर जुनेली रात छ,म आफ्नै डेराको बरान्डामा बसेर नबिन उदासीका मुक्तक र चाँदनी दुवै भित्र डुब्दै छुँ। बडो आनन्द महसुस भै रहेछ। स्वर्गानन्द। मलेसियामा बसेर धेरै नेपाली सर्जकहरुले मुक्तक लेखे। यध्यपि कसैले यसलाई पार्टटाइम बिधाका रुपमा ग्रहण गरे भने कसैले टाइमपास बिधाको रुपमा मात्र। अझ कसैकसैले त गजललाई पूर्णता दिन नसक्दाको भारी मुक्तक चौतारीमा लगेर बिसाए। यसरी धेरैले यसलाई ख्यालख्यालको बिधा सम्झीरहेकै समय मलेसियाली नेपाली साहित्यको पेरिफेरीबाट आफ्नो पहिलो मुक्तक सँग्रह 'विवशताको जिन्दगी'का साथ टुप्लुक्क आएकाछन् नविन उदासी।
उसो त एक बर्ष अघीमात्रै गजल सँग्रह प्रकाशन गरी सकेका नविनका केही गजल र गीतहरु पनि रेकर्डिङ भएर बजारमा आइ सकेकाछन्। र प्रवासमा रहेर सिर्जनकर्ममा निक्कै किर्याशील कलम बाट कोरिएको यो सँग्रह पनि बोधगम्य बनेको छ।
(ग)
* संक्षीप्त काव्यात्मक बहु कथन हुनुपर्छ मुक्तकमा। संरचना, गहनता, वाकपटुता, वस्तु र पूर्णता मुक्तकको अतिनिवार्य सर्त हो।
* एउटा पूर्ण मुक्तकलाई व्याख्या विश्लेशणको जरुरत पर्दैन। उसले आफ्नो अवयवको प्रकाश झारेरै आफ्नो स्थान पक्का गर्दछ।
* चार पंतिमा जीवन र जगतको सत्य उद्घाटित भएमा मुक्तक कुनै पनि आख्यान भन्दा कम कहाँ रहन्छ र?
* कविताको उपबिधा हुँदाहुँदै पनि मुक्तक नेपाली साहित्यको अत्यन्त सम्व्रिद्दशाली बिधा हो।
* मुक्तकको शक्ति र लोकप्रियता नेपाली जनमनमा गाढा ईन्द्रधनुसी रंग जस्तै टास्सिएको छ।
* मुक्तकको चोटिलो र खदिलोपन उसको अक्षयश्रोत हो।
* कला 'कला' जस्तो भएर उभियो भने उसको अर्थबत्ता माथि टिप्पणी र आसंकाको औलो उठेपनि औलो आँफै कुप्रिन्छ भन्ने कुरा हरेक सर्जकलाई ज्ञात हुनु पर्दछ।
* मुक्तकको विद्रुपीकरण र भ्रस्टीकरण हुँदै गयो भने यसले सर्जक र सिर्जना दुवैलाई पाखा लगाउदछ। मुक्तकमा वैयक्तिकरण आउनु राम्रो हो किन्तु चाहिने भन्दा अधिक वैयक्तिकरण पनि हलुवामा बालुवा शिद्द हुन्छ।
* मुक्तक मनवीय अस्तित्वको विस्तार र प्रयाय दुवै मात्र होइन बैचारिक हतियार पनि हो। यस्तो वैचारिक हतियार जसले अन्यायका बिरुध्द, शोषणका बिरुध्द, उत्पिडनका बिरुध्द र असमानताका बिरुध्द जीहाद छेड्छ। त्यसैले यसलाई समानताको, स्वतन्त्रताको र सामाजिक सत्यताको बलियो चौकिदार पनि भन्न सकिन्छ।हुन पनि यो यस्तो स्वप्नबिम्ब हो जसले सदा सर्वदा न्यायको बिगूल मात्र फुक्छ।
* मुक्तक साहित्यको चोटिलो बिधा हो यस सँग उर्जा र विस्मयकारी गतिशीलता हुन्छ। यसको चुम्बकीय शक्तिले जनमानसलाई आकर्शण गरिरहन्छ। मानव मनको हिर्दयको आवाज घोलिएर मुक्तक 'मुक्तक' बनेको हो। त्यसैले यसलाई मानव जातिको ईतिहास र प्रतिविम्ब पनि भन्न सकिन्छ।
* मुक्तकको सम्बन्ध मनिसको हिर्दय सँग हुन्छ,जीवन सँग हुन्छ र हुन्छ सभ्यता सँग पनि।
* मुक्तकले प्रकिर्ती र मनुस्यलाई एकअर्का सँग जोड्ने प्रयत्न गर्दछ।
* सर्जक आत्मपरकतामा मात्र खुम्चियो भने उसको दीर्घकालीन सफर कठीन बन्न सक्छ।
* सत्वको सान्दर्भिकता तत्वमा होइन गुरुत्वमा खोजिनु पर्छ।
* बौद्दिकताका नाममा दुरुहता लाद्नु हुँदैन मुक्तकमा।
* माथि उल्लेखित बूँदाहरुको कतै निकट त कतै बिकट रहेर सँग्रहमा उदासीका उदात्त कल्पना र आकांक्षाहरु सल्वलाएकाछन्। स्वप्नाहरु सल्वलाएकाछन्। सामाजिक यथार्थ र कुरुपता सँग बेलाबेला जम्काभेट र द्वन्द्व हुन्छ सँग्रहको। यस्तो प्रतीत हुन्छ कि सँग्रहले सदैव सत्यम् शिवम् शुन्दरम् को लालध्वज फर्फराइ रहेको छ।
* कहिलेकाही मुक्तकलाई असुन्दर र अयोग्य बनाउने क्रीडापनि नचलेका होइनन परन्तु ती भ्रामक क्रीडाहरुका बिरुध्द मुक्तक जेहादी संघर्स गर्न सक्षम र सवल भएकैले भ्रमहरु चिरिएका हुन् /चिरिदैछन्। त्यसैले यसो भन्न सकिन्छ कि जब सम्म मुक्तकमा मुक्तकीलो बान्की रहिरहन्छ र नविन उदासीहरुको सचेत हिर्दय यसको उन्नयनमा समर्पित भैरहन्छ तब सम्म समाजबाट मुक्तक त्याज्य हुने छैन।
* रचनामा आफ्नो मौलिक शैली निर्माण गर्न सकिएन भने सर्जक कुहिरोको काग बन्छ। यतातिर सचेत हुनुपर्ने देखिन्छ नविनले।
* नेपाली साहित्य परम्परामा मुक्तकको सुदीर्घ परम्परा छ। मुक्तकको मूल प्रविर्तिलाई अक्षुण राख्न नविनहरुका लागि चुनौती र अवसर दुवै हो।
* मुक्तक अनुप्रासयुक्त हुने भएकाले पनि यसमा कुनै न कुनै प्रकारको लय निस्पन्न हुन्छ जसले मनुस्यलाई तरंगीत पार्ने काम गर्दछ। यो सँग्रह पढि रहदा तपाईंले अवश्य पनि यस्तो महसुस गर्नु हुने छ।
* मुक्तकमा विचार विभक्त हुनु हुँदैन। यो सँग्रहमा यो मान्यतालाई अक्षरश: पालना नगरिए पनि अधिकांस मुक्तकहरु नियमसङ्गत नै लेखिएका छन्।
* मुक्तककारले वस्तुवादी ढंगले प्रविर्तिहरुको निरुपण गरेकाछन् कतैकतै। सामाजिक जिम्मेदारीको नैतीक बन्धन पनि ज्ञात छ लेखकलाई। त्यसैले हुनुपर्छ जीवन सन्दर्भ, समय सन्दर्भ र सत्योक्ति छल्बलिएको छ सँग्रहभरी।
* ज्ञान र सिर्जनाशक्ती अलग-अलग कुरा हुन्। यदि सर्जकमा सिर्जनशीलताको कमी छ भने शैद्दान्तिक ज्ञानले मात्र सिर्जना शक्तिशाली बन्दैन। साहित्य ईतिहास निर्माण हेतु लेखिनु पर्छ नकी 'मनको बह कह'का लागि मात्र। यस कोणबाट चियाउने हो भने सँग्रह आधा सन्चो आधा विसन्चोको अवस्थामा छ।
* मुक्तक आत्मजागिर्तिको आलोक र वैयक्तिकतालाई सामाजिकीकरण गर्ने माध्यम पनि हो। तथापि सर्जक आत्मविग्यापित हुनुहुदैन। यो कुरा बुझेकाछन् नविनले।
* कर्म र चेतना सँग सम्बन्ध नराख्ने शब्दहरु जतिसुकै शक्तिशाली भए पनि फुकेका बैलुन सरह हुन्। अर्थहीन शब्दको खेती गरेर पाठकहरुलाई गुमराहमा पार्नु भन्दा त चूप बस्नु नै समाजका लागि बढी हितकर हुन्छ भन्ने कुरा पनि बुझेकाछन् नविनले।
* शब्द आँफैमा शक्तिशाली हुन्छ किन्तु सार भन्दा शब्दलाई महत्व दिइनु हुँदैन। यो मुक्तकका हकमा पनि हो र सर्जकका हकमा पनि हो। सँग्रह पढ्दै जादा यस्ता रहश्यहरु खुल्दै जानेछन्।
* नविनले भूमिकाका लागि आग्रह गरेका थिए म सँग। भूमिका भनेकै मोटामोटी पुस्तकको प्रतिबिम्ब पाठकहरुका लागि दैलोमा गमला सजाए जस्तै सजाइ दिनु हो भन्ने मान्यता छ हाम्रोमा। जसलाई पढेर पुस्तक भित्र पस्न अल्छी गर्नेहरुलाइ वा सर्सर्ती पुस्तकको जानकारी लिन चाहनेहरुलाई चोरबाटो नभनी हालौं छोटो बाटो प्राप्त भएको अनुभूति हुदो हो। र भूमिका पढेकै भरमा पुस्तकप्रति आफ्नो धारणा पनि बनाउदा हुन्। अझ यसो भनौ सागरमा नहेलिएरै सागरको गहिराइ यति छ है भन्दै हावादारी फिता देखाउदा हुन्। परन्तु यो भूमिका भूमिका नै भएन। अर्थात मैले त्यसरी लेख्दै लेखिनँ किनपनि लेखिनँ भने एउटा पूर्ण मुक्तकलाई भूमिकाको आवश्यकता नै पर्दैन। भूमिका भनेको वैशाखी हो र वैशाखी अपाङ्गलाई मात्र चाहिन्छ। यहाँ मुक्तकका पंक्तिहरुको विस्कुन लगाएर यो पंतिले यसो भनेको छ त्यो पंतिले उसो भनेको छ भनेर भनिरहनु पनि उपयुक्त लागेन। किन पनि लागेन भने प्रत्येक पाठकका आफ्ना-आफ्ना अनुभूतिहरु हुन्छन् आफ्ना-आफ्ना भोगाइहरु हुन्छन् र आफ्ना-आफ्ना दिर्स्टिकोणहरु हुन्छन् । र ति अनुभूतिहरु,भोगाइहरु र दिर्स्टिकोणहरुलाई स्वतन्त्र छाडिदिनु नै न्यायसङ्गत हुन्छ भन्ने लाग्यो। हुन पनि सिर्जनाका असली समालोचक पाठकहरु मात्र हुन्।
र अन्त्यमा-
सपना जिन्दगीको पहिलो सर्त हो जसले सपना देख्दैन उसलाई जिन्दगीले किनारा लगाइ दिन्छ। अझ झन सानासाना सपना (उद्देश्य) लिएर बाच्नु भनेको त जिन्दगीका लागि अपराध गर्नु सरह नै हो। यही कुरा बुझेर मुक्तकका माध्यमबाट साहित्यसेवा जस्तो महान कर्ममा लाग्नु भएका नविन उदासी धन्यवादका पात्र बनेका छन्।
................................................................

No comments:
Post a Comment