मुक्तकहरु
1-
सवाल हो यो हिमाल भित्र, हिमाल छ कि छैन ?
डाफे मयुर कस्तुरी र मुनाल छ कि छैन ?
तराइ मधेश पहाड पर्वत ,जे भने'नि उही हो \\
बरु छाम छातीभित्र नेपाल छ कि छैन ?
.................
2-
कस्तो होला माहुरीको ,घार परेपछि ?
पानीमाथि बिजुलीको ,तार परेपछि ?
ए खुकुरी,ए तरवार ,ए कर्द भाला \\
गर्धनमा अचानोको धार परेपछि ?(सुधार्नु पर्ने मुक्तक)
.................
3-
बन्दूक छ छातीमा , र त म लड्दै छु ।
तर्वार छ घाटिमा , र त म लड्दै छु ।
रोग छ भोक छ के छैन सब थोक छ ,
मुलुक छ पाटिमा , र त म लड्दै छु ।
..............
4-
कोपिलाको रूप के हो , थुङ्गालाई सोध्नुपर्छ ।
फूल कति सारो हुन्छ, ढुङ्गालाई सोध्नुपर्छ ।
सागरको सालीनता र खहरेको भेल बीच //
को चाँही बढी शक्तिसाली डुङ्गालाई सोध्नुपर्छ ।
.....................
5-
आगो पानीका लागि, पानी आगोका लागि ।
जिन्दगी, समयले चपाउदा-चपाउदा अचेल यस्तो लाग्दैछ
कि ..............
तिमी मेरालागि म तिम्रा लागि ।
..................
7-
सूर्य सँग आगो भए जून सँग पानी हुन्छ।
काढा अनि फूलकोपनि यस्तै जिन्दगानी हुन्छ।
चिल्ला पातका कुरा गर्दा मुर्मुरिनेहरु सँग,
खस्रा पातका कुरा गर्दा मुस्कुराउने बानी हुन्छ।
...............
8-
हाँस्दाहाँस्दै रुनु पर्ने रुदारुदै हास्नु पर्ने।
जिन्दगी त रैछ साथी काढावीच बाच्नुपर्ने।
आँखाबाट एकथोपा खुशी खस्दा किन यहाँ?
हिर्दयमा लाखौं थोपा पीडाहरु साच्नु पर्ने।
.......................
9-
गाँउ बन्यो कसरी यो शहर बन्यो कसरी?
शहर जस्तै महँगो यो रहर बन्यो कसरी?
अचम्म छ अचम्म यो अचम्म तिम्रो कसम,
फूलथियो मेरो मुटु पथ्थर बन्यो कसरी?
.........................
10-
अग्निले आफ्नो नियमसंगत मर्म छोड्यो भने।
सूर्यले आफ्नो सनातन उदाउने धर्म छोड्यो भने।
कस्तो होला तिम्ले जस्तै बिश्राम गर्छु भन्दै-
वायूले'नि आफ्नो नित्य कर्मछोड्यो भने???
..................
11-
बिचार बिचारमै सिमित भा'को छ।
राजनीति अंकगणित भा'को छ।
बिद्वानहरु हावामा अन्डा कोरल्दैछन्,
पटमुर्ख भने पन्डीत भा'को छ।
............
12-
डोकामा दूध भरिनेछ हेर्दैगर्नु होला।
हावाको रङ फेरिनेछ हेर्दैगर्नु होला।
संबिधानको 'धान' र कानुनको 'नुन'नपाउदा सम्म,
मरिने वा मारिनेछ हेर्दैगर्नु होला।
..............
13-
आज जीवन एकाएक टाढा हुँदैछ।
जति टाढा उति याद गाढा हुँदैछ।
उनकालागि काढापनि फूल बन्छ तर,
मेरालागि फूलैपनि काढा हुँदैछ।
.................
14-
आँखामा प्रेमको राजाधानी होस।
छातीमा दम र मर्दानी होस।
तब पो लड्नुमा मजा आउँछ जिन्दगी,
दुस्मन पनि खुंखार खानदानी होस।
...........
15-
चूनको पनि नुन बन्छ र?
पित्तल गाल्दैमा सून बन्छ र?
प्रकाश उस्तै भयो भन्दैमा,
तारा कहिल्यै जून बन्छ र??
.......
16-
भत्केको जिवनलाइ कस्ले सम्झिन्छ र?
टुटेको दर्पणलाई कस्ले सम्झिन्छ र?
सियो बनेर सव्वल झैँ पस्ने मित्र बनेर सँगसङै बस्ने,
त्यस्ता दुस्मनलाई कस्ले सम्झिन्छ र?
.........
17-
तरवारको बिरुध्द मुस्कान पठाइदिएँ।
काँढा देखाइ तर्साउनेलाई गुलाव देखाइदिएँ।
आगो लिइ अाउनेहरु पानी बनी फर्के,
जब मैले चट्ट एउटा गजल सुनाइदिएँ।
........
18-
सगरमाथा झैँ लुलो जस्तो।
भोक तातेको चुलो जस्तो।
तिमी आउन त आयौ मलाई सम्झिएर,
पानीबिनाको कुलो जस्तो।
........
19-
कोइली र काग उस्तै हुँदैनन।
गोमन र नाग उस्तै हुँदैनन।
परेपछि थाहा हुन्छ नत्र के थाहा?
बिरालो र बाघ उस्तै हुँदैनन।
.......
20-
मिठो गीत गाउ भन्छौ धूनको हत्या गरेपछि।
आऊ माया लाउ भन्छौ गुनको हत्या गरेपछि।
सोध्दैछु म तिमीलाई कस्तो हो यो जित तिम्रो?
आकाश मेरो भयो भन्छौ जूनको हत्या गरेपछि।
.........
21-
तिम्रो इज्जत नै मेरो इज्जत हुनेछ।
एक चिम्टी माटो दौलत हुनेछ।
मेरो हर कमजोरी देखाइदिन्छ भने-
दुस्मन सँग पनि मेरो मुहब्बत हुनेछ।
......
22-
अलिअलि स्याल जस्तो अलिअलि बाघ जस्तो।
अलिअलि कोइली र अलिअलि काग जस्तो।
हाँसीहाँसी आउँछ अनि रुवाएर जान्छ,
मान्छे हो भन्छन् तर लाग्दैछ नाग जस्तो।
.........
23-
कस्ले भन्यो बैशाख कहिल्यै दर्किदैन?
चट्टान हो चट्टान कहिल्यै चर्किदैन??
भनेकै हो तुफान सँग खेल्नु हुन्न आँधी सँग चल्नु हुन्न भनेकै हो,
महाशय, खोलो बगिसकेपछि फर्किदैन।
.........
24-
तिमी हावाको वेगलाई थुन्न खोज्दै छौ।
आगोको माला उन्न खोज्दै छौ।
जिन्दगीको हिसाब मिलाउँछु भन्दै,
सुन्यले सुन्यलाई गुन्न खोज्दै छौ।
........
25-
यहाँ बिध्वंस गर्दा क्रान्ति हुन्छ।
युध्द गर्दा शान्ति हुन्छ।
यो त बुध्दुको देश हो बुध्दको होइन,
जे गर्दा पनि भ्रान्ती हुन्छ।
........
26-
डर त्रास धाक धम्की कहर जस्तै लाग्न थाल्यो।
सवाल हो यो हिमाल भित्र, हिमाल छ कि छैन ?
डाफे मयुर कस्तुरी र मुनाल छ कि छैन ?
तराइ मधेश पहाड पर्वत ,जे भने'नि उही हो \\
बरु छाम छातीभित्र नेपाल छ कि छैन ?
.................
2-
कस्तो होला माहुरीको ,घार परेपछि ?
पानीमाथि बिजुलीको ,तार परेपछि ?
ए खुकुरी,ए तरवार ,ए कर्द भाला \\
गर्धनमा अचानोको धार परेपछि ?(सुधार्नु पर्ने मुक्तक)
.................
3-
बन्दूक छ छातीमा , र त म लड्दै छु ।
तर्वार छ घाटिमा , र त म लड्दै छु ।
रोग छ भोक छ के छैन सब थोक छ ,
मुलुक छ पाटिमा , र त म लड्दै छु ।
..............
4-
कोपिलाको रूप के हो , थुङ्गालाई सोध्नुपर्छ ।
फूल कति सारो हुन्छ, ढुङ्गालाई सोध्नुपर्छ ।
सागरको सालीनता र खहरेको भेल बीच //
को चाँही बढी शक्तिसाली डुङ्गालाई सोध्नुपर्छ ।
.....................
5-
आगो पानीका लागि, पानी आगोका लागि ।
जिन्दगी, समयले चपाउदा-चपाउदा अचेल यस्तो लाग्दैछ
कि ..............
तिमी मेरालागि म तिम्रा लागि ।
..................
7-
सूर्य सँग आगो भए जून सँग पानी हुन्छ।
काढा अनि फूलकोपनि यस्तै जिन्दगानी हुन्छ।
चिल्ला पातका कुरा गर्दा मुर्मुरिनेहरु सँग,
खस्रा पातका कुरा गर्दा मुस्कुराउने बानी हुन्छ।
...............
8-
हाँस्दाहाँस्दै रुनु पर्ने रुदारुदै हास्नु पर्ने।
जिन्दगी त रैछ साथी काढावीच बाच्नुपर्ने।
आँखाबाट एकथोपा खुशी खस्दा किन यहाँ?
हिर्दयमा लाखौं थोपा पीडाहरु साच्नु पर्ने।
.......................
9-
गाँउ बन्यो कसरी यो शहर बन्यो कसरी?
शहर जस्तै महँगो यो रहर बन्यो कसरी?
अचम्म छ अचम्म यो अचम्म तिम्रो कसम,
फूलथियो मेरो मुटु पथ्थर बन्यो कसरी?
.........................
10-
अग्निले आफ्नो नियमसंगत मर्म छोड्यो भने।
सूर्यले आफ्नो सनातन उदाउने धर्म छोड्यो भने।
कस्तो होला तिम्ले जस्तै बिश्राम गर्छु भन्दै-
वायूले'नि आफ्नो नित्य कर्मछोड्यो भने???
..................
11-
बिचार बिचारमै सिमित भा'को छ।
राजनीति अंकगणित भा'को छ।
बिद्वानहरु हावामा अन्डा कोरल्दैछन्,
पटमुर्ख भने पन्डीत भा'को छ।
............
12-
डोकामा दूध भरिनेछ हेर्दैगर्नु होला।
हावाको रङ फेरिनेछ हेर्दैगर्नु होला।
संबिधानको 'धान' र कानुनको 'नुन'नपाउदा सम्म,
मरिने वा मारिनेछ हेर्दैगर्नु होला।
..............
13-
आज जीवन एकाएक टाढा हुँदैछ।
जति टाढा उति याद गाढा हुँदैछ।
उनकालागि काढापनि फूल बन्छ तर,
मेरालागि फूलैपनि काढा हुँदैछ।
.................
14-
आँखामा प्रेमको राजाधानी होस।
छातीमा दम र मर्दानी होस।
तब पो लड्नुमा मजा आउँछ जिन्दगी,
दुस्मन पनि खुंखार खानदानी होस।
...........
15-
चूनको पनि नुन बन्छ र?
पित्तल गाल्दैमा सून बन्छ र?
प्रकाश उस्तै भयो भन्दैमा,
तारा कहिल्यै जून बन्छ र??
.......
16-
भत्केको जिवनलाइ कस्ले सम्झिन्छ र?
टुटेको दर्पणलाई कस्ले सम्झिन्छ र?
सियो बनेर सव्वल झैँ पस्ने मित्र बनेर सँगसङै बस्ने,
त्यस्ता दुस्मनलाई कस्ले सम्झिन्छ र?
.........
17-
तरवारको बिरुध्द मुस्कान पठाइदिएँ।
काँढा देखाइ तर्साउनेलाई गुलाव देखाइदिएँ।
आगो लिइ अाउनेहरु पानी बनी फर्के,
जब मैले चट्ट एउटा गजल सुनाइदिएँ।
........
18-
सगरमाथा झैँ लुलो जस्तो।
भोक तातेको चुलो जस्तो।
तिमी आउन त आयौ मलाई सम्झिएर,
पानीबिनाको कुलो जस्तो।
........
19-
कोइली र काग उस्तै हुँदैनन।
गोमन र नाग उस्तै हुँदैनन।
परेपछि थाहा हुन्छ नत्र के थाहा?
बिरालो र बाघ उस्तै हुँदैनन।
.......
20-
मिठो गीत गाउ भन्छौ धूनको हत्या गरेपछि।
आऊ माया लाउ भन्छौ गुनको हत्या गरेपछि।
सोध्दैछु म तिमीलाई कस्तो हो यो जित तिम्रो?
आकाश मेरो भयो भन्छौ जूनको हत्या गरेपछि।
.........
21-
तिम्रो इज्जत नै मेरो इज्जत हुनेछ।
एक चिम्टी माटो दौलत हुनेछ।
मेरो हर कमजोरी देखाइदिन्छ भने-
दुस्मन सँग पनि मेरो मुहब्बत हुनेछ।
......
22-
अलिअलि स्याल जस्तो अलिअलि बाघ जस्तो।
अलिअलि कोइली र अलिअलि काग जस्तो।
हाँसीहाँसी आउँछ अनि रुवाएर जान्छ,
मान्छे हो भन्छन् तर लाग्दैछ नाग जस्तो।
.........
23-
कस्ले भन्यो बैशाख कहिल्यै दर्किदैन?
चट्टान हो चट्टान कहिल्यै चर्किदैन??
भनेकै हो तुफान सँग खेल्नु हुन्न आँधी सँग चल्नु हुन्न भनेकै हो,
महाशय, खोलो बगिसकेपछि फर्किदैन।
.........
24-
तिमी हावाको वेगलाई थुन्न खोज्दै छौ।
आगोको माला उन्न खोज्दै छौ।
जिन्दगीको हिसाब मिलाउँछु भन्दै,
सुन्यले सुन्यलाई गुन्न खोज्दै छौ।
........
25-
यहाँ बिध्वंस गर्दा क्रान्ति हुन्छ।
युध्द गर्दा शान्ति हुन्छ।
यो त बुध्दुको देश हो बुध्दको होइन,
जे गर्दा पनि भ्रान्ती हुन्छ।
........
26-
डर त्रास धाक धम्की कहर जस्तै लाग्न थाल्यो।
अmrita पनि आज किन जहर जस्तै लाग्न थाल्यो।
तिमीथियौ साच्चै मलाइ अल्कापुरी जस्तै लाग्थ्यो,
तिमी छैनौ सिंगो सहर बगर जस्तै लाग्न थाल्यो।
-श्रीजन श्री
१२ मे २०१५
-----------
27-
तिम्रो नजर यो नजरमा अल्झिएको पनि।
यूगौं बित्यो मैले तिम्लाइ सम्झिएको पनि।
आँखैअघि घुम्छ तस्विर,आँखैअघि घुम्छ,
तिमीथियौ साच्चै मलाइ अल्कापुरी जस्तै लाग्थ्यो,
तिमी छैनौ सिंगो सहर बगर जस्तै लाग्न थाल्यो।
-श्रीजन श्री
१२ मे २०१५
-----------
27-
तिम्रो नजर यो नजरमा अल्झिएको पनि।
यूगौं बित्यो मैले तिम्लाइ सम्झिएको पनि।
आँखैअघि घुम्छ तस्विर,आँखैअघि घुम्छ,
दीलको घाउ दुवैतिर बल्झिएको पनि।
२८-
तिम्रो नजर यो नजरमा अल्झिएको पनि।
यूगौं बित्यो मैले तिम्लाइ सम्झिएको पनि।
आँखैअघि घुम्छ तस्विर,आँखैअघि घुम्छ,
दीलको घाउ दुवैतिर बल्झिएको पनि।
--------------
29-
कहिल्यै कहीं नभएको के अचम्म हुनथाल्यो?
फूलको धारमा परेदेखि काँढा समेत रुनथाल्यो।
अनुहारको कालो दागलाइ देखेपछि अत्तालिदै-
आजभोलि मेरो मित्र ऐना समेत धुनथाल्यो।
--------------
30-
२८-
तिम्रो नजर यो नजरमा अल्झिएको पनि।
यूगौं बित्यो मैले तिम्लाइ सम्झिएको पनि।
आँखैअघि घुम्छ तस्विर,आँखैअघि घुम्छ,
दीलको घाउ दुवैतिर बल्झिएको पनि।
--------------
29-
कहिल्यै कहीं नभएको के अचम्म हुनथाल्यो?
फूलको धारमा परेदेखि काँढा समेत रुनथाल्यो।
अनुहारको कालो दागलाइ देखेपछि अत्तालिदै-
आजभोलि मेरो मित्र ऐना समेत धुनथाल्यो।
--------------
30-
No comments:
Post a Comment