Monday, 6 January 2014

केस्रा: सिर्जनामामा एक नजर

केस्रा: सिर्जनामामा एक नजर

केस्रा: सिर्जनामामा एक नजर

16 June 2013 at 13:18



                                                                                                                 -श्रीजन श्री
                                                                                                                klcc मलेशिया
                                                                                                                 १६ जुन,२०१३

      नेपाली साहित्यको मौलिक बिधा दाबी गरिएको केस्रा  सार्वजनिक भएको भर्खर एकबर्ष पुरा भएकोछ। यो एकबर्ष भित्र भए गरेका गतिबिधिहरु र केस्राको शैद्दान्तिक पक्षको दलिल पेश गर्दै 'केस्रा' नामक पुस्तक पनि बजारमा आएको छ। केस्रा लेखन मन्च र नेपाली केस्रा लेखन मन्च नेपाल,मलेसिया,कतार र  युएइको सयुक्त प्रकाशन रहेको यो पुस्तक १५२ पेज सम्म बिस्तारित छ।

     पुस्तकमा कलाकार मनिराइ गोठालेको आवरण कला, डा.गोबिन्दराज भट्टराइको भूमिका, सुरेन्द्र लिम्बू 'परदेशी'को टिप्पणी, दिप्स शाह, मनिराइ गोठाले, जीतमान राइ 'सविन' र गणेश खड्काको शुभकामना रहेको छ। भने दिलिप राइ 'सगर', जीवन देवान 'गाउले', र मौल श्री लिम्बूको आफ्नो भनाइ रहेको छ। 'केस्रा बिधा समयको माग' शीर्सकमा टिप्पणी र 'प्रवक्ताको कलमबाट' शीर्सकमा क्रिस मगरको आफ्नो भनाइ पनि समावेस गरिएको  छ।

     पुस्तकमा ३ वटा अध्याय रहेकाछन्। 'घोषणा पत्र:(अध्याय क)' अन्तर्गत नेपाली साहित्यमा केस्रा बिधाको प्रतिपादन तथा घोषणा पत्र:२०६८/२०१२ मूल शीर्सकरहेको छ। र यो शीर्सक अन्तर्गत शब्द/अर्थ, केस्राको परिभासा, अबधारणा, स्तानान्तरण, भसान्तरण, केस्राका प्रकार, संरचना , अनुप्रास  योजना, र  अनुप्रासका आकार प्रकार, प्राबिधिकता, शीर्सक, हरफ, बिश्राम-अल्प बिश्राम र अर्ध बिश्राम,शिल्प, लय, प्रस्तुती, बिषयबस्तु, भाषा, वाचन, अवस्था र समयसीमा, कल्पना/परिकल्पना, भूतकाल-वर्तमानकाल र भबिस्यकाल , मान्यता, हरफको समायोजन, प्रकिर्या, अङ्कको   प्रयोग, प्रारम्भिक चरण,प्रारम्भिक उत्तरार्ध चरण,केस्रा बिधाको नामाकरण, केस्राको आन्तरिक तथा आधारअभूत पक्ष, निपातको प्रयोग, अनुप्रास पुनराबिर्ती, र केस्रा बिज्ञान र प्रबिधी जस्ता उपशीर्सकहरु दिइ केस्राको शैद्दान्तिक पक्षको तस्वीर खिचिएको छ।    

    त्यस्तै केस्रा बिधाको प्रार्दुभाव तथा विमर्श(अध्याय ख) मूल शीर्सक अन्तर्गत-बिषय प्रबेस, संक्षिप्त अवधारणा, अन्तर्दिस्टिकोण, उपयोगिता र निस्कर्स जस्ता उपशीर्सकहरु दिइ केस्राको बिधागत औचित्य पुस्टि गर्न खोजिएको छ। यसै अध्याय अन्तर्गत प्रारन्भिक उत्तरार्द्द चरणका सर्जक तथा प्रतिनिधि केस्रा: शीर्सक दिदै ४१ जना सर्जकहरुका कम्तिमा १ र बढीमा १४ वटा सम्म केस्राहरु समिटिएको छ।      
    अतिरिक्त दस्ताबेज (अध्याय ग) अन्तरगत 'केस्रा: नविनतम मौलिक बिधा' शीर्सकमा भक्तिप्रशाद पौड्यालको लेख, 'केस्रा बिधामा सूक्ष्मता तथा वैचारिकता चाहिन्छ' मौल श्री लिम्बूको अन्तरवार्ता, केस्राको प्रथम वार्षिकोत्सव सम्बन्धि सूचना, केस्रा प्रतिपादनको आधिकारिक बर्ष नेपाली संबतलाई मान्ने  कि अंग्रेजी संबतलाई मान्ने भन्ने सन्दर्भमा फेसबुक सामाजिक संजालबाट मत सर्वेक्षणमा भाग लिएका २६ जनाको अभिमत राखिएको छ। यसै अध्यायमा 'बिधागत साहित्य बिस्तार' शीर्सकको छोटो लेख र 'केस्रा बिधा सार्वजनिक' शीर्सकको समाचार पनि समिटिएको छ। 

    मौल श्री लिम्बू द्वारा प्रतिपादन गरिएको केस्रा के हो त? केस्राको परिभासामा भनिएको छ  ''यथार्थ जीवनको कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक द्स्टीकोणको  अभिव्यक्ति अथवा कुनै पनि पूर्ण बस्तुमा हुने कुनै एक खन्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरी सोही पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यन्जना नै केस्रा हो।''  यसरी हेर्दा अंसमा बंश नै केस्रा हो भन्न् सकिन्छ। जसरी एउटा सुन्तलाको केस्रा हुन्छ र त्यो केस्राले सिँगो  सुन्तलाको स्वाद दिन्छ। त्यसरी नै हरेक बस्तुको एउटा अंश हुन्छ। र वस्तुत: त्यो अंशले पनि उक्त बस्तुको जीन आँफैमा बोकेको हुन्छ। भन्ने संकेतबाट के निस्कर्स निकाल्न सकिन्छ भने केस्रा सम्पूर्ण होइन अपूर्ण हो। तर अपूर्णतामा सम्पूर्णताको चस्का, झट्का, स्वाद, उद्वेग, स्पर्स, वा ध्वनी आदिको तरंग फैलाउछ। पुस्तकका अनुसार मान्छेको अनुहारमा  नाक,कान, घाटी, आँखा, चिउडो, परेली, निधार वा ओठ आदि हुन्छन् हो तिनै मधेको कुनै एक अङ्ग नै केस्रा हो। यसरी हेर्दा केस्रा सिङ्गो  अनुहार होइन। सिङ्गो  शरीर होइन।  कुनै अङ्ग वा वस्तुको अंसात्मक पुट सहितको साहित्य अभिव्यन्जना मात्रै हो।

यो पुस्तक निक्कै श्रमसाध्य, निश्चित उद्देश्यपूर्ण र बहुआयामिक पुस्तक हो। यसमा केस्राको शैद्दान्तिक रुपरेखा, केस्रा लेखन प्रकृया, केस्रा प्रतिपादन गर्नुको उद्देश्य जस्ता बिषयहरुमा जोड दिइएको छ। 
पुस्तकमा केस्रा निर्माण प्रकिर्या शैलीगत सन्दर्भ र यसको मूलतत्व अंशात्मकताको बारेमा प्राय:जसो उपशीर्सकहरुमा चर्चा गरिएकोछ। पुस्तक पढिसकेपछि पाठकहरु के निस्कर्समा पुग्नु पर्छ भने (रुपगत तत्वहरुलाई नहेर्दा) मुलत: मानवीय संवेदनाको एक प्रभाव वा एक भंगालो वा एक झोक्का वा एक संवेग वा एक अनुभूति वा एक समयको एक खन्ड वा बिषयबस्तुको एक सन्दर्भ वा जुनसुकै  बिषयबस्तुको पनि एक अंश नै केस्रा हो। जो केस्राको आन्तरिक तत्व अन्तरगत पर्ने सर्वोच्च तत्व  हो। दर्बिलो र गर्विलो पक्ष हो। 

केस्रा लेखन प्रकृया

आयामगत रुपमा कम्तिमा जतिपनि र अधिकतम १२ व्यन्जन सम्म विस्तार गर्न सकिने केस्राको रुपगत सिद्दान्त गजलको जस्तै देखिन्छ। केस्रामा पहिलो दुई पङ्तिलाई उठान दोस्रो दुई पङ्तिलाई बिश्राम र तेस्रो अर्थात अन्तिम दुई पङ्तिलाई बैठान भनिन्छ। केस्राको उठानको दुवै  पङ्ति र बिश्राम र बैठानका जोर  पङ्तिमा गजलमा जस्तै अनिवार्य अनुप्रासको प्रयोग गरिन्छ भने उठानको पहिलो  पङ्तिमा प्रयुक्त अनुप्रास बैठानको पहिलो  पङ्तिमा पुनराविर्ती गर्नु पर्ने प्रावधान पनि अनिवार्य गरिएको छ। साथै अपवादकारुपमा २ व्यन्जन सम्मका निपातहरुलाई अन्त्यानुप्रासकारुपमा लिन सकिने प्रावधान रहेपनि अन्य अन्त्यानुप्रासहरु        (बढीमा २ व्यन्जका  निपात इतरका)लाई भने पूर्णत: बर्जित गरिएको छ। यो नै केस्राको शैद्दान्तिक रुपपक्ष हो। यसकै जगमा टेकेर केस्रा लेखिन्छ। 

कुनै पनि बिधाका बाह्यतत्वहरु मात्रै हुँदैनन् त्यस्का आन्तरिक तत्वहरु  पनि हुने गर्दछन्। र ति तत्वहरुले  पनि उक्त बिधालाई साहित्यका अन्यान्य बिधा तथा उपबिधाहरु बाट पिर्थक बनाउन मद्घत गर्दछन्।  केस्राको पनि आन्तरिक पक्ष छ। बिशेषत: कुनैपनि बिषयको एक खन्ड वा एक भंगालो वा एक झोक्का वा एक अंश नै यसको आन्तरिक तत्व हो।
केस्रामा उठानका दुइटा पङ्तिले विसयोद्घाटन गर्छन् भने बिश्रामका दुई पङ्तिले रहस्योद्घाटन गर्छन्। र अन्तिम अर्थात बैठानका दुईटा  पङ्तिले बिषयको सार्थक निरुपण गर्दछन्। यो नै केस्राको बिशेषता हो। शक्ति हो। र मौलिकता हो।  तसर्थ केस्राले गागरमा सागरको अनुभूति दिनुपर्छ भन्दा अत्युक्ति नहोला।


       मुलत: केस्रा ३ प्रकारका हुन्छन्। आकिर्ती, आविर्ती र अलंकार। आकिर्ती केस्रामा वर्णगुच्छहरु  तथा निपातको आबिर्ती भएको हुँदैन भने आबिर्ती केस्रामा वर्णगुच्छहरु तथा निपातको वारम्वार आबिर्ती भएको हुन्छ। छन्दोबद्द केस्रालाई भने अलंकार नामाकरण गरिएको   छ। यध्यपि छन्दोबद्द अर्थात अलंकार केस्राको स्वरुप कस्तो हुने? शाश्त्रीय पिंगल छन्दहरु र फारसी बहरहरु (जो नेपाली कबिता र गजलमा प्रचलित छन्।)हरुकै अनुशीलन गर्नु पर्ने हो कि वा केस्राका मौलिक छन्दहरुछन्? यस सन्दर्भमा पुस्तकमा जानकारी दिइएको छैन। उसो त "केस्रा बिधाले मान्यता दिएका तथा निर्माण गरेका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकिर्ती र आविर्ती केस्राको संरचनामा लेखिने केस्रा नै अलंकार केस्रा हो।" भनिएको छ। यसका आधारमा र छन्द तथा बहरलाई अलंकार शब्दबाट विस्थापित गर्न खोजिएबाट दुइटा कुराको संकेत गरिएको छ भन्न सकिन्छ।

(१) कि पुरानै पिङ्गल छन्दहरु तथा  फारसी बहरहरुको अनुकुलन गर्दै छन्द,भेद,सूत्र,रुक्न ,अर्कान,गण र लघु-गुरू आदिको नाममात्र परिवर्तन गर्ने। र उही प्रकृया अपनाउने। वा जस्ताको त्यस्तै अनुशीलन गर्दै अनुकरणप्रिय बन्ने।

(२) कि आफ्नै मौलिक छन्द  (केस्राको भाषामा अलंकार) निर्माण गर्ने वा गरिएको छ।  

कुनै पनि बिधा आफ्नै मौलिकतामा बाच्ने भएकाले पुरानै पिङ्गल छन्दहरु तथा  फारसी बहरहरुको अक्षरश: अनुकुलन गर्नु भन्दा वा नाममात्र परिवर्तन गरी मौलिक नाम दिनु भन्दा वा दिएजस्तो गर्नु भन्दा चुनौती हुँदाहुँदै पनि दोस्रो बूँदा केस्राका लागि फलदायी हुनसक्छ।

        यस पुस्तकमा सामिटिएका बिषयबस्तुहरु साच्चिक्कै चुनौतिपूर्ण देखिन्छन्। केस्रा लयात्मक  रचना हो। तर यसलाई लयप्रधान होइन भनिएको छ। यसमा अक्षरगत एकरुपताको सूत्र अनिवार्यरुपमा लागू गर्नुपर्ने भनि निर्देश गरिएको छ। यहाँ सम्मकी हलन्त शब्दहरु वा वर्णहरुलाइ  अजन्त पार्न नहुने (जस्तै- भाउजू=3
माइती=3
पिउदैछ=4
मनमा=3
जूनको=3
सागरमा=4
सगरमाथा=5
जस्ता शब्दहरुलाई अजन्त लेख्न र वाचन गर्न नपाईने। )   छन्द कबिताको (पिङ्गल छन्दको) अनुकरण गरिएको छ। (भाषा बिज्ञानका दिर्स्टिबाट यो राम्रो पनि हो।) यध्यपि आकिर्ती र आबिर्ती केस्राहरुमा भने १ व्यन्जन सम्मको मात्र छुट दिइएको छ।(सायद यो संकटकालिन अवस्थाको संकटोचनका लागि हुनुपर्छ ) बिश्राम-अर्ध बिस्राम र अल्प बिश्रामको कुनै मापदन्ड नभए पनि बढीमा १२ व्यन्जन सम्म मात्र आयामगत बिस्तार गर्न पाइने भएकाले  बिश्रामका लागि कुनै माथापच्चिसी नगरेरै पनि पंतिहरुमा स्वत: लय निस्पन्न  हुने देखिन्छ। 
हामीले बुझ्नु पर्ने कुरा के हो भने कुनै पनि रचनामा आक्षरीक एकरुपता हुने बितिकै त्यो रचना कुनै  न कुनै लयमा स्वत: आबद्द हुन पुग्दछ। (लय भन्नु नै छन्द वा बहर हो यदि नियम संगत लयको साँचोमा छ भने ) झन केस्रामा त अनुप्रासको अनिवार्यताले गर्दा स्वत: लय निस्पन्न हुन्छ। तसर्थ अन्जानमै भएपनि लय केस्राको मुख्य तत्वका रुपमा आएको देखिन्छ।
यसकुराको पुस्टि यसै पुस्तक भित्र समिटिएका अधिकांस केस्राहरु लयबद्द भएकाले पनि स्वत: भएको छ। उसो त केस्रालाई लय प्रधान होइन भन्नुको अर्थ यो बिचारप्रधान हो/भाव प्रधान हो भन्न खोजिएको हो (भनिएको पनि छ) अपितु केस्राको निर्माण प्रकृया र यसका तत्वहरु नै यस्ताछन् कि चाहेर वा नचाहेर पनि लय केस्राको पहिचान बनेको छ। यसर्थ यो बाह्य तत्वहरुको आधारमा गजल सँग जति सन्निकट छ। साँगितीकताको आधारमा गजलका साथसाथै गीत सँग पनि उतिकै सन्निकट  देखिन्छ। यसर्थ गजलको जस्तै लय+भाव वा बिचार नै केस्राको पनि प्रमुख तत्वकारुपमा देखिएको छ। भलै गजलको एक सेरले भन्नुपर्ने कुरा केस्राका ३ वटै पङ्तिमा विस्तारित भएको किन नहोस।
यथा:

छुरा घोपि  सोध्यौ दुख्यो कि त भनी।
तिम्ले नै त दियौ चोट गनि-गनी।

मायाले पो सवै सम्पन्न हुन्छन,
हुँदैन है मान्छे बाकीले त धनी।

हन्डरहरु सुनाउँ के-के भनि ,
तिम्ले भन्दा धेरै खाछुँ मैले पनि।
    -क्रिस मगर
 
             
                यो केस्राको आधिकारीक प्रथम  पुस्तक हो। र पुस्तकमा दिइएका उपशीर्सक केस्रा बिज्ञान र प्रविधि लगायतका केही शीर्सकहरुले बिषयबस्तुको  खुलेर बिस्लेसण गर्न सकेको देखिदैन। जे-जस्तो भए पनि यो केस्राको शैद्दान्तिक पुस्तक मात्र नभएर ईतिहास ग्रन्थ पनि हो। बिषयबस्तुगतकुराहरु, परिबेसगतकुराहरु, बिचारगतकुराहरु, भाषाशिल्पगतकुराहरु र लयगत स्वरुपका बारेमा घनिभूत बिस्लेसण/बिबेचना नभएपनि सामान्य टिप्पणी भने गरिएको छ।

बिशेषत: पुस्तक भरी केस्राको  उठान्, बिश्राम र बैठानका साथसाथै बिषयबस्तुको आँसिकताको बारेमा व्याख्याधिक्यता पाईन्छ।

भाषाको लालित्य, शैलीगत चमत्कार, सूत्रबद्द भावसौन्दर्य, सिर्जनागत परिस्कार  र प्रौढता प्रारम्भिक केस्राहरुमै खोजिनु ऊपयुक्त  नहुन सक्छ। र पनि कुनै कुनै रचनाहरुमा सुन्दर भाव निस्पन्न भएको छ।

साहित्यमा स्थापित भैसकेका बिधाहरु त विवादरहित छैनन् भने यो त भर्खर टुसाएको मुना हो। यसै पनि गजल सँगको राप र तापका कारण विवादरहित रहन सक्ने स्थितिछैन।

          एउटा कुरा सत्य  हो कि आफूले रचना गर्दै आएको बिधाको चर्चापरिचर्चा भै दिओस्। उक्त बिधाले साहित्यको मूलधारमा सम्मानजनक स्थान पाओस् भन्ने सोच प्रत्येक सर्जकहरुमा हुन्छ। जुन कुरा अत्यन्त स्वभाविक पनि हो। तर कामनाले मात्र कहाँ हुन्छ र? कुनै पनि रचनाको संरचना र शैद्दान्तिक पक्ष एउटा कुरा हो भने त्यसको भाषिक स्वरुप शक्ति र सीमा अर्को कुरा हो। सँरचनात्मक आधारबाट हेर्दा रचनाको बिधागत मौलिकता के हो त? भन्नेकुराको यथार्थ बुझ्न सकिन्छ भने बिचारगत (शैलीगत) आधारबाट हेर्दा त्यसको आन्तरिक मौलिकता के हो? भन्नेकुरा बुझ्न सकिन्छ।  

केस्रा:साहित्य हो। यसर्थ यसका आधारभूत साहित्यिक तत्वहरु के-के हुन?
स्वतन्त्र बिधागत मान्यता प्राप्त गर्नका लागि बाह्यन्तर (मौलिकता सहितका) तत्वहरु के-के हुन?
कुन्-कुन रुपगत तत्वहरुले यसलाई साहित्यका अन्यान्यबिधाहरुबाट पिर्थक पहिचान दिन्छन्? जस्ता प्रश्नहरु सोधियो भने केस्राले आफ्नो मौलिकता सहितको जवाफ दिन सक्नु  पर्छ पाठकहरुलाई।
दूधबाट बन्ने परिकारहरुको सारगत मात्र होइन रुपगत पक्ष र पहिचान पनि पिर्थक भए जस्तै केस्राको रुपगत पक्ष गजल भन्दा पिर्थक छ कि छैन? भन्ने प्रश्न गजलवादीहरुले (अझ रुखो शब्दमा भन्नु पर्दा गजलका हनुमानभक्तहरुले) सोध्यो भने केस्राले उनीहरुको जिज्ञासालाई सम्बोधन गर्न सक्नु पर्दछ।

     कुनैपनि साहित्यिक रचनाले पूर्ण बिधागत मान्यता पाउनकालागि आफ्नो रुपपक्षमा पूर्ण मौलिकता ग्रहण गरेको हुनुपर्छ। वस्तुपक्षमा बहुलता र आयाममा लघुता मात्र होइन व्रिहताकार सम्मको विस्तार अर्को सर्त हो। कला, भावसौन्दर्य, शिल्प र शैली त हुने नै भए। केस्राको आयामगत संकुचनता (अधिकतम ७२ अक्षरीय सँरचना)ले पूर्ण बिधागत मान्यता नपाउने निस्चित नै छ। आयामगत लघुताकै कारण (नेपाली साहित्यमा जबर्जस्त हस्तक्षेप गरि सकेर पनि) गजलले अझै पूर्ण बिधागतमान्यता पाउन सकेको छैन। हुन त केस्रालाई बिधा भनिएको भए पनि उपबिधामै यसको दाबी हो। जो आयामगत दृष्‍टिकोण  बाट हेर्दा जायज पनि देखिन्छ।  
 
 यथा:

प्रेम-(१) 

(३)- लगायौ क्यारे मोहनी टुना। -(२)  
       भरेर बस्यौ मुटुको कुना

(४)- एकैछिन भुल्न सकिन मैले,
       छिपिन्दै गयो मायाको मुना।

(५)-लगायौ तिम्ले मोहनी 'टुना'।- (६)
       कसायौ भित्री मायाको तुना।

माथिको केस्रामा दिइएको संकेत अनुसार रुपगतकोण बाट हेर्दा केस्राका अत्यावशक तत्वहरु:

(१) शीर्सक
(२) अनुप्रास  
(३) उठान (प्रारम्भिक जोर पङ्ति)
(४) बिश्राम (दोस्रो जोर पङ्ति)
(५) बैठान ( तेस्रो अर्थात अन्तिम जोर पङ्ति) र
(६)केस्राको पहिलो पंतिमा प्रयुक्त अनुप्रास (जस्तै:'टुना') पाचौ पंतिमा  अनिवार्य पुनराविर्ती गरिनु पर्ने।

केस्रालाई गजल भन्दा पिर्थक पहिचान दिलाउनका निम्ति निम्न तत्वहरुले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने केस्राको दाबी:

(१)केस्राको शीर्सक हुन्छ तर गजलको शीर्सक हुँदैन।
(२)केस्राको तखल्लुस हुँदैन तर गजलको तखल्लुस हुन्छ।
(३)केस्राको अन्यानुप्रास हुँदैन तर गजलको अन्यानुप्रास हुन्छ।
(४)केस्रा ३ जोर पङ्तिको मात्रै हुन्छ तर गजल ४ सेर भन्दा माथिको मात्र हुन्छ। 
(५) केस्राको पहिलो पङ्तिमा प्रयुक्त अनुप्रास पाचौ पङ्तिमा अनिवार्य पुनराविर्ती हुन्छ तर गजलमा यो प्रावधान छैन।

माथि उल्लेखित केस्राका रुपगत तत्वहरुका आधारमा हेर्दा,गजल र केस्रा:

(क) गजलमा: काफिया
      केस्रामा: अनुप्रास  (नाम मात्र फरक निर्माण प्रकिर्या एउटै)

(ख) गजलमा: मतला
      केस्रामा: उठान  (नाम मात्र फरक बाह्य बनावट उस्तै)

(ग) गजलमा: सेर
      केस्रामा:पङ्ति (नाम मात्र फरक बाह्य बनावट उस्तै)

(घ) गजलमा: मकता
      केस्रामा: बैठान (नाम मात्र फरक बाह्य बनावट उस्तै)

(ङ)  केस्रामा: शीर्सक हुन्छ।
      गजलमा: शीर्सक हुँदैन 
(तर केस्राको प्रतिपादन हुनु पूर्व नै गजलमा पनि शीर्सक हुनुपर्छ भन्दै गजलवादीहरुकै ठूलो तप्का बाट आवाज उठि सकेको र यो निरन्तर जारी पनि रहेको। साथै दर्जनाधिक गजल संग्रहहरु शीर्सकाबद्द भै सकेका उदाहरणहरु पनि छन्। उसो   त बाह्य संरचना (स्वरुप) एउटै भै सके पछि शीर्सक राख्दैमा केस्रा बन्ने र शीर्सक नराख्दैमा गजल बन्ने भन्ने कुरा पनि हुँदैन।)

(च)केस्रामा: अन्त्यानुप्रास हुँदैन
    गजलमा: अन्त्यानुप्रास हुन्छ। 
(तर गजलमा अन्त्यानुप्रास (रदिफ) अनिवार्य तत्व होइन। र हजारौ अन्त्यानुप्रास भिन्न गजलहरु लेखिएका उदाहरणहरु पनिछन्। उसो त केस्रामा पनि २ व्यन्जन सम्मको निपातलाइ अन्त्यानुप्रासका रुपमा स्वीकार गरिएकोछ। तसर्थ यसमा पनि केही भिन्नता छैन।)

(छ) केस्रामा: तखल्लुस हुँदैन।
     गजलमा: तखल्लुस हुन्छ
(अपितु अन्त्यानुप्रास जस्तै तखल्लुस पनि गजलको अनिवार्य तत्व होइन। अहिले सम्म लेखिएका अधिकांस गजलहरु तखल्लुसभिन्न नै लेखिएका छन्। तसर्थ तखल्लुसको अभावमा गजल बन्नै नसक्ने भन्ने वा गजलको केही क्षय हुने अवस्थै नरहेकाले केस्राले तखल्लुसलाई इंगित गरिरहनुमा अलिकति पनि   प्रभावकारीता देखिदैन।)

(ज) केस्रामा: ३ जोर पङ्ति मात्रै हुन्छन्।
      गजलमा: ३ वा ३ भन्दा बढी सेरहरु(पङ्तिहरु) हुन्छन्। 
(यहा केस्राको के दाबी देखिन्छ भने गजल ४ सेर भन्दा माथिको मात्र हुन्छ। तर केस्राको व्युतपत्ति पूर्व देखि नै गजलकारहरुले ३ सेरका गजलहरुलाई पुस्तकार, एल्वम लगायतका माध्यमबाट सार्वजनिक गरी सकेकाछन्। यदि कसैले यो मान्यता स्थापित भै  सकेको छैन भनेर भन्छन्  भने पनि ३ सेरको सवालमा पनि पहिलो दाबी गजलकै रहन्छ।) 
 
(झ) केस्रामा: केस्राको पाचौ पंतिमा  पहिलो पंतिमा प्रयुक्त अनुप्रास  अनिवार्य पुनराविर्ती गर्नु पर्छ।
       गजलमा: यो अनिवार्यता छैन। 
(केस्राको पाचौ पंतिमा  पहिलो पंतिमा प्रयुक्त अनुप्रास  अनिवार्य पुनराविर्ती गर्नु पर्छ।
तर  गजलमा यो  अनिवार्यता छैन।  र पनि गजलको उलामा पनि  पनि केस्राको जस्तै अनुप्रास पुनराविर्ती भएमा गजल 'गजल' नै रहन्छ। गजल गजलबाट च्यूत हुँदैन। त्यसैले यो पुनराविर्तिको प्रावधानले केस्रालाई गजलबाट पिर्थक स्वरुपको देखाउन सक्दैन। पुस्तकमा के दाबी गरिएको छ भने -
 "केस्रा एउटा  बिषय वा भावमा केन्द्रीत भएर सटिक, चुस्त  र सूक्ष्म लक्षणमा  लेखिनु पर्ने भएकाले यसको उठानको पहिलो अनुप्रास बैठानको पहिलो हरफमा अनिवार्य पुनराविर्ती गर्नु पर्ने भएको हो।" हो यो भनाइमा (प्रावधानमा) केही सत्यता अवस्य छ।यध्यपि यो मात्र पूर्ण सत्य भने होइन। किनकी खन्डकाव्य र महाकाव्यका कय्यौ प्रिस्ट सम्म पनि एउटै अंशलाई शब्दहरु  पुनराविर्ती नगरेरै पनि विस्तार गरिएका कय्यौ उदाहरणहरुछन। यसो भनि रहदा सूक्ष्मता, सटिकता र आँशिकताको कुरा आउँला। यदि त्यसो हो भने पनि कतिपय पध्य कबिता र मुसलसल गजलहरुमा केस्राको जस्तै ३ जोर पङ्तिसम्म मात्रै नभएर  ४ जोर/५जोर  पङ्ति सम्मपनि अत्यन्त सटिक र चमत्कारीक कला द्वारा शब्द पुनराविर्ती नगरेरै पनि कुसल भावमन्जरी र बिसयांशिकता मर्न दिइएको छैन। बरु महत्व झन् उज्यालिएको छ। त्यसैले ३ जोर पङ्तिको लघुतम् संरचनामा आवद्द केस्रामा बिषय विचलन हुन्छ,भाव विचलन हुन्छ, यसको आँशीकता, एक प्रभाव, एक भंगालो, एक संवेग,एक अनुभूति विचलन हुन्छ वा बिषय भन्जन हुन्छ भन्ने चिन्ता (वा त्रास)ले मात्र अनुप्रास पुनराविर्तिको प्रावधान राखिएको होइन  भन्न सकिने अवस्था पनि देखिन्छ।
हुन त केस्राका विद्वानमित्रहरु स्वीकार गर्लान नगर्लान त्यो आफ्नो ठाउमा छ। अपितु गहिरिएर अध्ययन गर्ने हो भने केस्रालाई गजलबाट पिर्थक देखाउने उद्देश्यले पनि  यो प्रावधान राखिएको हो भन्न सकिने अवस्था पनि छ। किनकी यति पनि पिर्थकता नभैदिने हो भने केस्रालाई गजलका बाह्यतत्वहरुबाट पिर्थक(मौलिक) देखाउने  कुनै पनि विकल्प बाकी रहदैनन् ।यध्यपि यति हुँदाहुँदै पनि केस्रा गजलबाट पिर्थक(बाह्यतत्वहरुका आधारमा) बन्न सकेको भने छैन। किनकी केस्राको प्रतिपादन हुनु भन्दा सदियौ पूर्व देखि नै गजलका मतला बाहेकका सेरका उलाहरुमा  पनि काफिया प्रयोग भै रहेकैछन्। त्यसैले 'गाइको घाटीमा घण्ट झुन्ड्याएर खेतमा जोतियो भन्दैमा गाइलाई गोरु भन्न सकिदैन।' भनेर पाठकहरुले भन्न सक्छन्। )

           यति हुँदाहुँदै पनि केस्रा निस्चित बिषयबस्तुमा केन्द्रीत भएर रचिने भएकाले यसको आन्तरिक तत्वगत मौलिकता भने छ। किनकी बिसयोठान देखि बिश्राम र बैठान सम्म बिस्तारित मुक्तकीय तर लयात्मक शैली गजलको भन्दा केही पिर्थक छ।
रुपतत्वमा गजल सँग समान रहदा रहदै पनि केस्राका खन्ड एक अर्कामा सापेक्षीत हुने भएकाले नै यसको 'संक्षीप्तचेत' (संक्षीप्तता) मूल हतियार बनेको छ। तर बुझ्नु पर्ने कुरा के पनि छ भने कथा, उपन्यास, नाटक, प्रबन्ध, निबन्ध र  नियात्रा लगायतका कतिपय बिधाहरुका आन्तरिक तत्वहरु एउटै हुँदाहुँदै पनि आ-आफ्नै रुपगत मौलिकताका कारण मात्र तिनको पिर्थक-पिर्थक पहिचान बनेको हो। त्यसैले केस्राका अघि दुइटा विकल्प देखिन्छन्।:

(१) कि कम्तिमा पनि गजलका भन्दा पिर्थक एउटा दुइटा बाह्यतत्वहरुको रचना प्रकिर्यामा लाग्नु। र आम पाठकहरुको मन जितेर त्यसलाई स्थापित गर्नु।

(२) कि जबर्जस्त गजल माथि रचनात्मक हस्तक्षेप गरी केस्राको प्रभाव पार्न सक्नु। जसका लागि केस्राको लगामले गजललाई नार्नु र पाठकहरुको मन जित्नु।

जे होस यत्रो आटको निम्ति मौल श्री धन्यवादका पात्र बन्नु भएको छ।   

कृति: केस्रा
प्रकाशित मिति: बि.स. २०७०, बैशाख
प्रति:  ६०० 
प्रकाशक:केस्रा लेखन मन्च
            नेपाली  केस्रा लेखन मन्च, नेपाल 
            नेपाली केस्रा लेखन मन्च, मलेसिया
            नेपाली केस्रा लेखन मन्च, युएइ
            नेपाली केस्रा लेखन मन्च, कतार
सर्वाधिकार:प्रवर्तक र प्रवक्तात्रयमा
आवरण: मनिराइ 'गोठाले'
मूल्य: रु १०१ 
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment