Tuesday, 7 January 2014

लघुकथा........

लघुकथा........

लघुकथा

shreejan shree

25 December 2012 at 12:37


एक बिदेसी कम्पनिले बुद्दको तस्वीर जुत्तामा छाप्यो। नेपालीहरु रन्थनिए । उनिहरुले दार्हा किटे,आखा तरे, नारा घन्काए। खुकुरीका कूरा गरे। सगरमाथाका कूरा गरे। मानौ यिनीहरु नरकेशरी नै हुन्।

यि जोधाहाहरुले मात्र होइन नेपालका बिभिन्न पार्टिहरुले पनि छाती खोले।समाजवादी, उदारवादि, साम्यवादी, पुजीवादी सवैको एउटै गलो भयो। हुनपनि बुद्दमाथि अभिघात भएकोथियो। बुद्दमाथि अभिघात हुनु भनेको नेपाल र नेपाली माथि अभिघात हुनु हो।

पाखुरा सुर्किनेहरु बढ्न थाले। चूलाहरु चिसिएपनि सडकमा भने आगो बल्न थाल्यो। आफूलाई बीर गोर्खालीको उपमा दिदै आफ्नै सँरचना ध्वस्त पार्नेहरु अरिंगाल बन्न थाले। एम्बुलेन्स धूवा बन्यो । एक अर्काka  छातीमा निसाना लगाइयो। कोही ढल्न थाले,कोही ढाल्न थाले। यो विद्रूपता देखेर एउटा लेखकले ट्वाल्लपर्दै मनमनै भन्यो, बुद्दुहरु बुद्दत्व होइन बुद्ध खोज्दैछन्।
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment