नवराज बुढा 'नवीन उदासी'को गजल सँग्रह 'पर्खाइका बाटाहरु'मा....
मन्तव्य
-श्रीजन श्री
9 July 2013 at 21:43
उदासी र मेरो साहित्यिक साक्षात्कार सामाजिक सन्जाल फेसबूक,अनलाइन साहित्यक वेभहरु र मलेसियाबाट प्रकाशितहुने साप्ताहिक(नेपाली) पत्रीकाहरुका माध्यमबाट भएको हो। जीवनको आपाधापिमा समयको निर्मम हुत्याइले गर्दा उस्तै-उस्तै भोगाइका पेचिला चुंगुलमा च्यापिदै भूगोलको उही (उस्तै) पाटोमा पुगेका हामी दुइवीच पारस्परिक भावनात्मक सम्बन्ध हुनु(बढ्नु) स्वाभाविकै हो। र अनिवार्य पनि।
प्रतक्ष साक्षात्कार भएको नभएपनि उदासीलाइ मैले विगत दुइवर्स देखि पढ्दै र बुझ्दै आइरहेकोछुँ। विसेसत: प्रवास(मलेसियाको) भूमिबाट गजलमा जोतिएको यो कलम अत्यन्त रहरलाग्दो रुपमा देखिएकोछ। गजल संगीत पारम्पराको एक घत लाग्दो बिधा हो। जसको आफ्नै प्रकारको खास पहिचान र विशेसता छ। विसेसत: यसको सांगितीक छटा र भावगत जादूगरीका कारण यो सर्वप्रिय बन्न पुगेको हो। यसर्थ पनि हुनुपर्छ उदासी एकाएक यता(गजल) तिर आकर्सित भएका देखिन्छन्। यो खुसीको कुरा हो।
"गजल मेरा लागि दु:ख पोख्ने माध्यम बनेको छ." भन्न रुचाउने उदासी तुलनात्मक रुपमा स्रिंगार,करुण र शान्त रसमा बढी डुबेका देखिन्छन्।उनको यो गजल सँग्रह प्रकाशन सँगसँगै एउटा गजल सांगितीक रुपमा गायक दीपक लिम्बू स्वरमा र संगीतकार राजेश थापाको सङीतमा संगीतबद्द भएर आएको छ। १०१ थान गजलहरु समाबिस्ट गजल सँग्रह 'पर्खाइका बाटाहरु' बिषयगत व्यापकता, लयगत मधूरता र शिल्पगत सरलताको प्रयासले गर्दा बोधगम्य बनेको छ।
यहाँ स्रिंगारीक गजलहरुको व्यापकता हुदाहुदैपनि पाठकहरुले धुर्कापानीको छाल मात्र होइन नेत्रित्व(राजनीति) प्रतिको संसय, प्रवासी भक्कानो, घरवासी चित्कार र बिद्रूप समाजको सङ्लो चित्र आफ्नो चैतन्यमा कैद भै आँखामा नाचेको मह
सुस एकसाथ गर्नेछन्। त्यति मात्र कहाँ हो र? घातप्रतिघातका आला घाउहरु थिल्थिलिदा हुने पीडाबोधको ज्ञापक पनि बनेको छ सँग्रह।
यो सँग्रह उदासीको संघर्स र सकारात्मक साधनाको परिणति हो। सँग्रह हामी पाठकहरुका लागि चाखिलो हुँदाहुँदैपनि एक गजल अनुरागी र पाठकका हैसियतले आगामि गाजलयात्रामा लयगत र शिल्पगत सौन्दर्यमा अलिकति गम्भीर बन्नुस् भन्ने सुझाव दिन चाहन्छु उदासीलाइ।
र, अन्त्यमा उदासीको साहित्यिक भविश्यको समुज्वलता यो सँग्रहले मापन गर्ला नगर्ला आफ्नो ठाउमा छ। किन्तु उनको संघर्स र साधनाको मुल्याङ्कन भने प्रत्येक पाठकले गर्नेछन्। प्रवास खासगरी (मलेसिया)बाट गजल सँग्रह प्रकाशनको लहर चलेकै समय सामाजिक विभेदी दरिद्रता चिर्ने चिन्तन बोकेको कलमबाट कोरिएको यो सँग्रह नेपाली साहित्यको स्थायी सम्पति बनोस्। शुभकामना।
श्रीजन श्री
No comments:
Post a Comment