Tuesday, 7 January 2014

श्रीजन श्री का गजलहरु

श्रीजन श्री का गजलहरु

श्रीजन श्री का  गजलहरु

  • श्रीजन श्री- 

  • वाइवल देखाएर तिम्ले, कुरान देखाएर।
    तिमी मेरो भयौ भन्यौ, भगवान देखाएर।

    झोलीथाप्छ मेरो सरकार, झोलीथाप्छ झोली/
    हुम्ला-जुम्ला, सोलु-साप्सु, सल्यान देखाएर।

    बाबा-आमा खै त बाबु? सोध्न नपाउदै/
    रुदैछ ऊ घुक्क-घुक्क चिहान देखाएर।

    घुर्की लाउछन् विरोधीले मलाई बेला-बेला/
    चियाको त्यो गिलासमा तुफान देखाएर।

    आहा कति  खुशी तिमी भन्छ मेरो साथी/
    वचपनको तस्वीरमा मुस्कान देखाएर।
    ..............................
    2

    तिमीभित्रै वेद-पुराण तिमीभित्रै कुरान।
    तिमीभित्रै अल्लाहछन् तिमीभित्रै भगवान।

    कसैलाई समथलपनि भीर लाग्दोरैछ,
    कसैलाई भीरैपनि सदावहार मैदान।

    चल्नसक्छ यस्तो उखान चल्नसक्छ साथी,
    'झुपडीका निधारमा महललेख्छ विधान.'

    तिमीसँग एउटा सानो अपेक्षा छ मेरो,
    रवि अनि जूनको मिलन गरिदेउन विज्ञान।

    भंगेराको मुटुतिम्रो भन्नेहरु सुन,
    जुधाउनेछु छातीजव टुक्रिनेछन् चट्टान।
    ...........................................
    3-
    अश्त्र बिरूद्द मुस्कानको युध्द।
    चल्दैछ मेरो इमानको युध्द।

    मन्दिरको ढुंगो गायब भएछ //
    को सँग पर्ला भगवानको युध्द?

    भोकको बिरुद्द उभिन्छ भने //
    मै सँग पर्छ बिधानको युध्द।

    सूर्य निभाउन सक्तैनन् कोही//
    बेकारमा हो यो विज्ञानको युध्द। (मलाई कमजोर लागेको सेर)
    वैकल्पिक
    ताजुब लाग्छ ताजुब मलाई,
    प्रकिर्ती सँग विज्ञानको युध्द।
    ............................................
    4-
    गजल (मुजारे)
    पैसा किनेर मान्छे, माटो बेचेर हिड्छ।
    भोकै बसेर मान्छे ,आटो बेचेर हिड्छ।

    पुग्ला कहाँ-कहाँ यो यस्तो उदण्ड गर्दै ??
    यात्रा किनेर मान्छे, बाटो बेचेर हिड्छ।

    फूल्को नि दुख्छ छाती जून्को नि दुख्छ हेर //
    पीडा किनेर मान्छे, खाटो बेचेर हिड्छ।

    पैसा किनेर मान्छे, माटो बेचेर हिड्छ।
    भोकै बसेर मान्छे ,आटो बेचेर हिड्छ।
    ..................... ....................
    5-
    जब आगोमा, घिउ थपिन्छ।
    घर जलेर , त्यही सकिन्छ।

    हराएकाको, तस्वीर हेर्दा //
    मन भाचिन्छ , मुटु भाचिन्छ।

    यौटा पहाड, छिचोली हेर //
    अर्को उभिन्छ, अर्को उभिन्छ।

    काडामा जब , सुगन्ध खोज्छु //
    त्यो भित्र यौटा , जीवन भेटिन्छ।

    घट्ट विरुद्द , घुन भन्दैछ //
    कि त मरिन्छ, कि त मारिन्छ।
    ......................................
    6-
    अन्धाले बाटो, देखाइरहेछन।
    लाटाले ज्ञानगुन, सिकाइरहेछन्।

    जो आँफै पनि , हिंड्न् जान्दैनन् //
    उनैले यो देश, चलाइरहेछन्।

    अग्रगमनका, मतियारहरु //
    कुर्सीमै किन, निदाइरहेछन्?

    यस्तो पनि खेल, हुन्छ र कतै ?
    काँच र पथ्थर जुधाइरहेछन्।

    लाखौंका पेटमा, युध्द चल्दैछ //
    दुइचार भने, अघाइरहेछन्।

    घाँटी थिचेर कोइलिहरुका //
    कागहरु गीत ,सुनाइरहेछन्।

    मलाई मेरै, आसुँहरुले //
    जीवनको अर्थ, बुझाईरहेछन्।

    के रिस उठ्यो, उहालाइ कुन्नी?
    निर्दोस ऐना फुटाइरहेछन्।

    कोहीछन् बिन्ति गरिरहेका//
    कोहिले जिब्रो चपाइरहेछन।

    यादहरुका,के कुरा गरूँ?
    हसाइरहेछन, रुवाइरहेछन।

    दु:खहरु यस्ता साथीहुन् मेरा //
    जो मेरै साथमा, रमाइरहेछन।
    .........................................
    7-
    मुटु छेडी कलेजीमै पुगेपछि  थाहापाएँ ।
    फूल के हो छाती मेरो ,दुखेपछि थाहापाएँ।

    सुस्ताभन्दा बढी माया, गर्दो'रैछु मैले तिम्लाई\\
    मेरो इज्जत पराइले, लुटेपछि थाहापाएँ ।

    बग्नु भन्दा नबग्नुको , पीडा कति धेरै हुन्छ?
    बग्दा बग्दा आसुँ मेरा, सुकेपछि थाहापाएँ ।

    मेलम्चीलाई कुरी बस्ने, काठमान्डौको हालत कस्तो ?
    तिम्रा मेरा जोडी आँखा, जुधेपछि थाहापाएँ ।
    .........................

    8-
    पटमूर्ख यहाँ विद्वान हुँदैछ।
    मान्छे स्वघोसित भगवान हुँदैछ।

    'कलमको काधमा बन्दूकको राज्य'
    यो कस्तो नौलो उखान हुँदैछ?

    उहिले'नि यस्तै चल्दथ्यो यहाँ
    अहिले'नि ढेडु महान हुँदैछ।

    दिनदिनै फूलको हत्या गरिन्छ//
    काढाको भने बगान हुँदैछ।

    धर्तीलाई टुक्रा पार्दैछन् जस्ले,
    उनैको बडो सम्मान हुँदैछ।

    मृत्‍युले हरेस खाएरै फर्क्यो
    मेरो गजलको बयान हुँदैछ ।
    .......................................
    9-
    मुस्कान र प्रहार उस्तै-उस्तैछन्।
    परेली र तरवार उस्तै-उस्तैछन्।

    कस्तो भाउ बढ्यो छुनै नसक्ने
    प्रेयसी र बजार उस्तै-उस्तैछन्।

    गुनासोछ यस्तो सोझो पियनको
    हाकिम र खरदार उस्तै-उस्तैछन्।

    सखापमात्र पार्छ आएर किन?
    यो बाढी र सरकार उस्तै-उस्तैछन्।
    .............................................
    10-
    वहर-मुजारे
    बिर्सेंर देश आमा आगो लगाइँदैछ।
    सौहार्द एकतामा आगो लगाइँदैछ।

    बच्ला र के कसैको? यस्तो उदण्डतामा,
    सारा दिशा-दिशामा आगो लगाइँदैछ।

    निभ्ला कि द्वन्द्व सारा बढ्ला अझै अनन्त?
    हाम्रा चुला-चुलामा आगो लगाइँदैछ।

    ढल्नेछ राज पक्कै जल्नेछ खाक  बन्दै,
    तिम्रा टुनामुनामा आगो लगाइँदैछ।
    ................................................
    11-
    फूल भन्छ काँडा मेरो हृदयको साथी।
    अरु भन्छन् काँडा जस्तो छैन कोही घाती।

    चन्द्र उही सूर्य उही, धर्ती आकाश उही //
    त्यता घामपर्छ सधैं, यता किन राती ??

    भन्नेहरु यस्तो उस्तो जे-जे भनुन तर //
    तिम्रो माया मेरा लागि आकाश भन्दा माथि।

    औलो देख्दा डराउथ्यो, हिजो सम्म तर //
    नाल सँग लड्छु भन्छ आज मेरो छाती।
    ...........................
    12-
    मन्दिरमा कुरान हुन्छ कि हुँदैन?
    मस्जिदमा भगवान हुन्छ कि हुँदैन?

    साह्रै चमत्कार गर्‍यो प्रबिधिले /
    दिल जोड्ने विज्ञान हुन्छ कि हुँदैन?

    ''अण्डा पहिले कि कुखुरा पहिले''
    समस्याको निदान हुन्छ कि हुँदैन?

    बोलीको गोलीले छेडेपछि छाती /
    कतै केही निसान हुन्छ कि हुँदैन?

    देख्दैछु स्वतन्त्र स्वतन्त्र देख्दैछु /
    चराहरुको विधान हुन्छ कि हुँदैन?
    ............................................
    13-
    चोट,पीडा, ठक्करहरु फूलजस्तै मन पर्छन्।
    मलाई सधैं पथ्थरहरु फूलजस्तै मन पर्छन्।

    बाच्ने कला कुट कपट सूत्र मन्त्र  सिकाउने-( हैरान बनाएर मलाई बाच्ने कला सिकाउने)
    नकावधारी शहरहरु फूलजस्तै मन पर्छन्।

    यसकारण म मौन बसी हेरिरा'छु तिमीलाई,
    धारिला ति नजरहरु फूलजस्तै मन पर्छन्।
    बैकल्पिक सेर-
    मानिसका झै जातजाति  रूपरंग भएका ति,
    बुध्द,अल्लाह इश्वरहरु फूलजस्तै मन पर्छन
    ..........................
    14-
    घाउमाथिका चुम्वनहरु गुलाव जस्तै लाग्छन्।
    मलाई मेरा दुस्मनहरु गुलाव जस्तै लाग्छन्।

    तिमी गयौ तिम्रो तस्विर छाति भित्रै रह्यो,
    यादहरु धड्कनहरु गुलाव जस्तै लाग्छन्।

    जहाँ थियो त्यही बसी यसो भन्दै छ ऊ,
    वाचा अनि बन्धनहरु गुलाव जस्तै लाग्छन्।

    जतिजति बाटो छेक्छौ उतिउति मलाई,
    तगारा र अड्चनहरु गुलाव जस्तै लाग्छन्।
    ......................
    15-
    जिन्दगीको गोरेटोमा बिछ्याएर यादहरु।
    याद गयो यहीबाट दिलाएर यादहरु।

    "फर्किन्न है भन्दैथियो बगिजाने खोलाजस्तो
    सताउँछ  घरि-घरि पठाएर  यादहरु।"

    एउटा सत्य बुझेकोछुँ गंगा बन्दा-बन्दा मैले,
    साकिदैनन् नयनबाट बगाएर यादहरु।

    जिन्दगीका गहनाहुन्,गहनाहुन् जिन्दगीका,
    यही सम्झी राखेकोछुँ (वा बसेकोछुँ) सजाएर यादहरु।
    ...................
    16
    आँखा भित्र नानी रोयो नानी भित्र आसुँ।
    आसुँ भित्र तिमी रोयौ कसरी म हासूँ।

    यता गास्यो उता टुट्छ उता गास्यो यता,
    जिन्दगीको सारंगी यो कता-कता गासूँ?

    राख्दा पनि चस्स-चस्स नराख्दा नि चस्स,
    तिम्रो तस्विर फालि दिउ कि हिर्दयमै टासूँ?

    होइन भनूँ हो हो जस्तो हो भन्दा नि कस्तो,
    तिमी भन्थ्यौ तिमी र म भयौ नङ र मासु।
    (अग्रज गजलकार रवि प्रान्जल ज्यूको एउटा गीतको स्थाइ बाट प्रभाबित भएर लेखेको गजल)
    ......................
    17
    मेरा सत्रु मेरै लागि बाटो बनाउछन्।
    आँधी तुफान वीच मलाई हिंड्न सिकाउछन्।

    जवदेखि काँढाहरु मग्मगाउन थाले
    तवदेखि फूलहरु चस्स बिझाउँछन्।

    तिमी गयौ आज दूर-दूर जति-जति(तिमी गयौ दूर-दूर..दूर जति-जति)
    उति-उति नयन तिम्रा याद पठाउँछन्।

    एकातिर कविता छन् अर्कोतिर पैसा
    हेरौ अब कस्ले धेरै मान्छे कमाउँछन्?

    सागर कस्तो शान्त हुन्छ स्थिर हुन्छ साथी ,
    खोलानाला भने यति किन सुसाउछन?                  
    ........................
    18-
    सुखभन्ने आफन्त त्यो धोका दिइ गयो।
    दु:खभन्ने साथी बरु म सँगै नै  रह्यो।

    यादको नै याद आउँछ, याद घरी-घरी ,
    तिमी गयौ तर कहिल्यै याद गएन यो।

    जिन्दगीले भाग आँफै लगाएर भन्यो,
    हाँसो जति मैले लिएँ  आँसु मेरो भयो।

    सुनाउ भन्छौ कथा मेरा,सुनाउ भन्छौ व्यथा,
    सुनाउछुँ  नरुनु है? एउटा गजल छ यो।
    ......................

    19
    गजलले यस्तो तीर  चलाउछ अब।
    कित जल्छ कित सागर जलाउछ अब।

    फूल यति तिखो भयो छुनै नसकिने //
    काँडा फुल्ने ठाउमा  के, पलाउँछ अब?

    मान वा नमान तिमी त्यो त तिम्रै मर्जी?
    पसिनाले ढुङ्गामै सून फलाउछ अब।

    खुकुरी र अचानोको सम्झौता भो अरे //
    आसा गरौ चर्केको घाउ भलाउछ* अब।

    तिम्रो आँखा बाट यस्तो हुरी चलेकोछ //
    मेरो मनको सगरमाथा ढलाउँछ अब।

    नोट: भलाउछ = डोटेली शब्द 'निको हुन्छ' घाऊ नीको हुनु, को अर्थमा प्रयोग गरिएकोछ।
    .......................
    20
    जब मान्छेलाई ,हतारो हुन्छ।
    तब बाटोमा, तगारो हुन्छ।

    नांगै आँखाले, नहेर्नू सूर्य //
    उज्यालो पनि, अँध्यारो हुन्छ।

    यता पट्टिको, बेलौती  झार्न//
    उता पट्टिको, झटारो हुन्छ।

    अरुको कुर्सीमा,के रै'छ कुन्नी?
    हाम्रोमा सधैं(हाम्रो कुर्सीमा), छेपारो हुन्छ।
    ...................

    21-
        मुटु माथि मुटु आफ्नो राखेर त हेर।
        जिन्दगानी फूल बन्छ हासेर त हेर ।

        ढुङ्गो  कति सारो हुन्छ, ठान्छ्यौ(ठान्छौ)होला तिमी //
        पानी बन्छ एक चोटि, छोएर त हेर।

        मार हान्ने खुकुरीलाई एउटै बिन्ति  मेरो //
        एक्कै छिनलाइ अचानो त्यो बनेर त हेर।(लयका निम्ति "त्यो" वर्ण जबरजस्त आयो कि?)

        मान गरे सत्रु पनि मित्र बन्छ भन्छन् //
        सर्पलाई दूध ख्वाउदै, पूजेर त हेर।

        उज्यालोको खेती गर्न हुन्छ कति गाह्रो //
        सक्छ्यौ(सक्छौ)भने, स्वयम् आँफै बलेर त हेर।

        जून के नै हो र साच्चै तारा के नै हुन् र ?
        जिन्दगी नै दिन्छु प्यारी (प्यारा) मागेर त हेर।

        ढुङ्गालाई पूजा गर्छ्यौ(गर्छौ) देउता संझिएर //
        आत्मा भित्र के छ तिम्रो छामेर त हेर।

        टोकरीमा थाप्नेहरु, दिन्छन् अन्जुलीले //
        नपत्याए आँचल आफ्नो, थापेर त हेर।

        नाङ्ग्रा खसि सके पछि, बाख्रो बन्यो अरे //
        बाघलाई खोरबाट, छोडेर त हेर।

        माया भन्ने चिज कस्तो कस्तो भनूँ मैले ?
        एक पल्ट स्वयम् तिमी, डुबेर त हेर।

        फेरिएन भाग्य मेरो भन्छ्यौ, बसी बसी //
        समुन्द्रको छाल जस्तै, उठेर त हेर।

        फलामका साङ्ग्लाहरु ,के हुन् पिरतीमा ?
        रेसमको धागोले दिल बाधेर त हेर।

        घासको भारी माथि कतै, भाग्य उदाउँछ र ?
        सँस्कारका लक्ष्मण रेखा, नाघेर त हेर।

        हाँसो छ कि आसुँ मात्रै ,थाहा पाउने भए //
        नजर भित्र नजरैले, पढेर त हेर।

        बन्छ बन्छ बन्छ पक्कै, बन्छ झिलिमिली //
        देश निम्ति एउटा अठोट, गरेर त हेर ।

        कत्रो दम्भ रैछ तिम्लाई , मै हुँ ठूलो भन्ने ?(वा यत्रो दम्भ रैछ तिम्लाई आफ्नो शक्ति माथि,)
        हत्केलाले सूर्यलाई, छेकेर त हेर।

        गोदावरी फुल्छ सबका , ओठओठमा पक्कै //
        परेलीका शीतबिन्दु, पुछेर त हेर ।

        हाम्रो कस्तो संसार बन्ला,सोच्दै छु म प्यारी //
        तिम्रो नाउँमा मेरो नाउ,   गाभेर त हेर।

        अँध्यारोमा ज्योति छर्दै, मर्छ मोम बत्ति //
        त्यागको मूल्य कस्तो हुन्छ संझेर त हेर?

        मर्नु भन्दा बाच्नु गाह्रो बाच्नु भन्दा मर्नु //
        यस्तै यस्तै दोधारमा, बाचेर त हेर।

        रोस पायो दोस पायो फूलको रक्षा गर्दा //
        काँडाले झै दु:ख तिमी सहेर त हेर।

        चट्टानकै छाती फोडी उम्रिन्न र पिपल?
        हुन्छ हुन्छ लक्ष पूरा, आटेर त हेर।

    संसार तिम्रो मुठ्ठी भित्र, कसो नपर्ला र?
    पहिले तिमी  आँफैलाई जितेर त हेर ।
    ...........................
    22-
    अन्धाले बाटो, देखाइरहेछन।
    लाटाले ज्ञानगुन, सिकाइरहेछन्।

    जो आँफै पनि , हिंड्न् जान्दैनन् //
    उनैले यो देश, चलाइरहेछन्।

    अग्रगमनका, मतियारहरु //
    कुर्सीमै किन, निदाइरहेछन्?

    यस्तो पनि खेल, हुन्छ र कतै ?
    काँच र पथ्थर जुधाइरहेछन्।

    लाखौंका पेटमा, युध्द चल्दैछ //
    दुइचार भने, अघाइरहेछन्।

    घाँटी थिचेर कोइलीहरुका //
    कागहरु गीत ,सुनाइरहेछन्।

    मलाई मेरै, आसुँहरुले //
    जीवनको अर्थ, बुझाईरहेछन्।

    के रिस उठ्यो, उहालाइ कुन्नी?
    निर्दोस ऐना फुटाइरहेछन्।

    कोहीछन् बिन्ति गरिरहेका//
    कोहिले जिब्रो चपाइरहेछन।

    यादहरुका,के कुरा गरु?
    हसाइरहेछन, रुवाइरहेछन।

    दु:खहरु यस्ता साथीहुन् मेरा //
    जो मेरै साथमा, रमाइरहेछन।
    .............................
    23-
    तिमीरुँदा मेरोपनि , तप्प आँसु झर्यो।
    आँसुमात्रै हैन आमा ,छाती चिरा पर्‍यो ।

    बिरालोको छाया देख्दा , झस्केपनि मित्र \\
    भन कहाँ बहादुर यो ,बाघ देख्दा डर्यो ?

    कसैकाछन् गाग्री प्यासा ,पानी नपाएर \\
    कसैले चै डोकोभरी ,दूधमात्रै भर्यो।

    घरभित्रै विभीषणको ,जन्म भएपछि \\
    किन भन्नु अरुलाई, फुटको आगो छर्यो??

    जता बल्खु उतै ढल्कु गर्नुहुन्न भन्दै\\
    मेरोसाथी कोशीजस्तै , दक्षिणतिर सर्यो।

    मेरा खिलाप दु:खहरुले जेहाद छेडेपनि,
    लाखौं दु:ख बीचबाट एउटा दु:ख टर्यो।
    बैकल्पिक सेरहरु
    (हिराकाट्न हिराको नै , खाचोपर्छ भन्छन् \\
    हजार दु:ख पाएपछि , यौटा दु:ख टर्यो।)

    समयको कठघरामा , परे थाहा हुन्छ \\
    कस्ले दियो कस्ले लियो , कस्ले के-के गर्‍यो ?
    .......................
    24-
    मुटु किन दुख्छ भन्थेँ फूलको धारले रेटिएछ ।
    थाहै नपाई अहिले सम्म सारा खुशी मेटिएछ ।

    राहदानी भित्र आफ्नो देश खोज्न नपाउदै,
    बिचरा यो नेपालीको ,जिन्दगी नै बेचिएछ।)
    (यो भन्दा'नि अझैबढी ,कस्तो पीडा होला र खै?
    अलिकती पाउने आसमा ,जिन्दगी नै बेचिएछ।)

    अब भने सोह्रै आना घाऊ निको हुन्छ मित्र,
    बर्सौं पछि बल्लबल्ल चुनपानीले सेकिएछ ।
    (खाटो बसिसक्नुपर्ने घाऊ अझै बल्झिदैछ \\
    नुनपानीले भनेको त, चुनपानीले सेकिएछ।)

    नदीका दुई किनरालाई जोड्न खोज्ने माझी  दाइको,
    कठैबरा पानीमा नै जिन्दगानी लेखिएछ। 
    (शब्दसँग खेल्दाखेल्दै ,यस्तो लाग्न थाल्यो मलाई \\
    रोऊँ कि म हासूँ पार्ने ,कस्तो गजल लेखिएछ?)
    .................
    25-
    मुटु छेडी कलेजीमै पुगेपछि  थाहापाएँ ।
    फूल के हो छाती मेरो ,दुखेपछि थाहापाएँ ।

    सुस्ताभन्दा बढी माया, गर्दोरैछु  तिमीलाई  \\
    पराइले मेरो इज्जत  लुटेपछि थाहापाएँ ।

    बग्नु भन्दा नबग्नुको , पीडा कति धेरै हुन्छ?
    बग्दा बग्दा आसुँ मेरा, सुकेपछि थाहापाएँ ।

    मेलम्चीलाई कुरी बस्ने, काठमान्डौको हालत कस्तो ?
    तिम्रा मेरा जोडी आँखा, जुधेपछि थाहापाएँ ।
    ..................
    26
    चस्किएर जीवन भरी , सम्झिरहूँ मैले ।
    यस्तो चोट देउ बरु , निको नहोस् कैले ।

    आधी बनी आयौ तिमी ,हुरी बनी गयौ \\
    मेरो जीवन पत्झड झै , भएकोछ ऐले ।

    आँखाको त्यो जंगल भित्र ,हरायो कि कोही?
    कि तिमीले हिर्दयमा ,लुकायौ आँफैले ।

    फालीसँगै जोतिएको, स्वप्ना उम्रिएन \\
    नियतिले किन यस्तो , तड्पाउछ जैले?
    बैकल्पिक सेर
    भोटोका यी टालासँगै , फाटेकोछ भाग्य \\
    भित्री आँखा नखुलेर ,देख्दैन कसैले
    ....................
    27-
    उनको बोली तिम्रो गोली ,मेरो चाँही छाती थियो ।
    बुझी हेरें समाजमा , तिम्रै कुरा माथि थियो ।

    चामलको दाना नपाई ,रुदा यता गाउँ बस्ती \\
    उता भने ढुङ्गालाई , अक्षता र पाती थियो ।

    बिधुवाको सिउँदो  झै, उजाड छ परदेश यो \\
    यो भन्दा त घरदेश नै ,कयौ गुना जाती थियो ।

    आज दु:ख पर्दा मलाई , छोड्यो भन्ने के गुनासो?
    कमसेकम हिजो सुखमा , मान्छे मेरो साथी थियो।
    .....................
    28
    घोच्याथेन केहिले मलाई ,कोमल फूल छुनु अघि ।
    को थियो र दुस्मन मेरो ,तिमी साथी हुनु अघि?

    अन्जुलीमै समुद्रको, छाल अटाउछु भन्थेँ \\
    वेदनाको मोति खसी , हिर्दय यो धुनु अघि ।

    पायोहोला चोट कति, खोट पनि पायो होला \\
    अन्धकारको बीचबाट जूनले  उदाउनु अघि ।
    बैकल्पिक सेर-
    बसन्तको बहार हो, यस्तै ठान्थेँ जिन्दगीलाई \\
    परेलीमा बादल छाइ ,साउने झरी रुनु अघि ।
    ...............
    29-
    आसुछर्की मन्को आगो, निभाउदैछु अचेल।
    जिन्दगीको नदी उभो, बगाउदैछु अचेल।

    नलेख्नु  है चिठ्ठिपत्र ,भनेकोथेँ तिम्लाई \\
    मनका व्यथा लेखीआँफै, पठाउदैछु अचेल।

    काँढासँग  तर्कीहिड्थेँ,फूलसँग झर्की \\
    दुबैसँग प्रेमकोहात ,बढाउदैछु अचेल।

    हटाएथेँ जस्को तस्वीर ,छातिबाट मैले \\
    उसैलाई हिर्दयमा ,सजाउदैछु अचेल।
    .........................
    30
    टुटाएर गयो सारा फुटाएर गयो।
    बनाउँछु नयाँ भनी भत्काएर गयो ।

    पराइको बन्दूक भन्दा भारी पर्‍यो मलाई,
    आफन्तैले औलो जब उठाएर गयो।

    यमराजलाई गजल सुनाइ फर्किसकेपछि,
    भन्थ्यो अरे गजलकारले रुवाएर गयो ।

    'क्रान्ति'भन्ने शब्द पस्यो पाना भित्र जब,
    किताबमा नै दनदन  आगो लगाएर गयो ।
    .................
    31-
    सिउदो पुछि लासमाथि सिन्दूर चढाइन्छ।
    यस्तो गरि-गरी पनि पूण्य कमाइन्छ ?

    प्रेमको यो नियम पनि अजिव-अजिव लाग्छ,
    पहिले हसाइन्छ अनि पछि रुवाइन्छ।

    के बताऊँ साथी मेरो घरको कुरै अर्को,(मेरो घरको कुरै अर्को, के बताऊँ साथी)
    मट्टीतेल छर्की-छर्की आगो निभाइन्छ।

    जब जब शब्दहरु नाजूक बन्दै जान्छन्,
    कलमको काँधमा राखी बन्दूक पड्काइन्छ।

    मेरो योग्यताको प्रमाण सोध्छन् भने कोही,
    हत्केलामा उठेका यि ठेला देखाइन्छ।
    .........................
    32-
    कर्णालीका लागि अनि गन्डकीका लागि।
    काठमान्डू बिरानो भो रापतीका लागि।( मलाई कमजोर लागेको मतला)

    अनौठो छ अनौठो यो खेल पिरतीको,
    गुलाबको हत्या हुन्छ जिन्दगीका लागि।

    अध्यारो छ अध्यारो यो कस्लाई भनूँ अब?
    सूर्य स्वयम्  भट्किदैछन् रोसनीका लागि।

    यत्ति पनि बुझ्ने प्रयास गर्दैन यो मान्छे,
    बत्ती किन काल बन्छ पुतलीका लागि ?
    ..........................................
    33-
    चाँदनीको निखारलाई फूल सम्झिएर।
    झुक्किएँ त्यो श्रृङ्गारलाई फूल सम्झिएर।

    बन्दूकले नि कलमलाई पुज्न थालेको छ,
    शब्द अनि बिचारलाइ फूल सम्झिएर।

    मुस्किल पर्ला हिजो जस्तो मार हान्न अब,
    खुकुरीले सिकारलाई फूल सम्झिएर।

    एउटा पागल अट्टहास हाँसी रहेको छ,
    'बिचरा यो संसार'लाई फूल सम्झिएर।

    धरतीले यूगौदेखि सहेको छ पीडा,
    तिम्रा हरेक प्रहारलाई फूल सम्झिएर।
    .................................
    34-
    घाउ माथि घाउ रैछ तिम्रोपनि मेरोपनि।
    जिन्दगी नै आँसु रैछ तिम्रोपनि मेरोपनि।

    तिम्ले मलाई उपहारमा दिएको यो फूल हैन,
    फूलरुपी मुटु रैछ तिम्रोपनि मेरोपनि।

    हिर्दयका किनारहरु जहिले पनि जोडीराख्ने,
    नजर यस्तो सेतु रैछ तिम्रोपनि मेरोपनि।

    जिन्दगीमा सयौँ हण्डर खाएपछि भन्छ मान्छे,
    समय पो गुरु रैछ तिम्रोपनि मेरो पनि।

    विशेश आभार दाजू Ravi Pranjal प्रति। सम्पादनका लागि
    ..............................
    35-
    आमा मेरी नविर्स है जन्मिएको माटो भन्छिन।
    दिदी चाँही ए परदेशी फर्की आउ चाडो भन्छिन।

    घरै छोडी सूनचाँदीमा डुब्नु भन्दा देवरवावु,
    भाउजु मेरी,मिठो हुन्छ गुन्द्रुक र आँटो भन्छिन।

    के सुनाऊँ कथा मेरो कुन शब्दमा व्याख्या गरूँ?
    जीवनसङ्गी गल्दै गयो जिन्दगीको पाटो भन्छिन।

    कयौ तिहार बिते दाजू पर्खाइमा बस्दा-बस्दा,
    बैनी मेरी, रुदै-रुदै हेरिराछु बाटो भन्छिन।
    रचनाकाल: सन २००४
    (अभिदात्मक भयो कि?)
    ...................
    36
    गंगालाई पनि फोहोर नाली देख्छन् नालीहरु।
    सवैलाई आफू जस्तै जाली देख्छन् जालीहरु।

    हेपिएर थिचिएर मिचिएर बस्दा-बस्दा,
    अनौलाई पनि अचेल फाली देख्छन् फालीहरु।

    पतझर झै जिन्दगीको सारा वहार झरे पनि,
    लहलह फुल्ने फूलका डाली देख्छन् डालीहरु।

    टपरी र दुनाहरु भोकभोकै रोए पनि,
    व्यन्जनले भरिएका थाली देख्छन् थालीहरु।
    रचनाकाल: सन 26-03-2010
    ...........
    37-
    कोइली भित्र काग हुन पनि सक्छ।
    स्याल भित्र बाघ हुन पनि सक्छ।

    सधैं किन हेप्छौ जूनलाई मात्र,
    सूर्यमा नै दाग हुन पनि सक्छ।

    बचाउनु छ देश भन्नेहरुको,
    आफ्नैआफ्नै राग हुन पनि सक्छ।

    बर्सौ लगाएर कमाएको इज्जत,
    छिनभरमै खाक हुन पनि सक्छ।

    जस्लाई दियौ मन र पेट खोली,
    त्यही मान्छे नाग हुन पनि सक्छ।

    कति गर्छस् काल आफुखुसी तैले?
    अब तेरै माग हुन पनि सक्छ।

    गजलका निमित्त आइ परे मेरो,
    घरवारै  त्याग हुन पनि सक्छ।
    ...............
    38-
    खनखन् चुरा छनछन् पाउजु नेल जस्ता लाग्दैनन् र?
    सिन्दूरका साइनाहरु  जेल  जस्ता  लाग्दैनन्  र?

    नाकमा फुली कानमा बाली तिम्ले मात्रै लाउनु पर्ने,
    गलाभरी पोतेहरु झेल जस्ता   लाग्दैनन् र?
    (वा, हायल कायल पार्छन् तिम्लाई थर गोत्र खोसि-खोसी
    मंगलसुत्र पोतेहरु झेल जस्ता   लाग्दैनन् र?)

    सधैं भरी तप्पतप्प   चुहिरने नानी तिम्रा,
    हिर्दयमा उर्लिएका भेल जस्ता लाग्दैनन्  र?

    वेद-पुराण, बाइबल-कुरान, रामायाण र महाभारत,
    नारीलाई शोसण गर्ने खेल जस्ता लाग्दैनन्  र?
    ...............
    39-
    मुलुक छ भीरमा अरु त ठिकै छ।
    जन्ताछन् पिरमा अरु त ठिकै छ।

    नबोल्ने छ उर्दी यति मात्र बोलेँ,
    जीवन छ झिरमा अरु त ठिकै छ।

    पाउ पर्दथ्यो उ भयो के अचम्म,
    उक्लेछ शिरमा अरु त ठिकै छ।

    'जति  जोगी आए सवै कान चिरा
    देश छैन स्थिरमा अरु त ठिकै छ।

    नाव(dunga)डुब्यो आज दुनियाँ हास्दैछन्,
    नयनछन् नीरमा अरु त ठिकै छ।

    कय्यौ युग बिते उसैको छ राज्य-
    मेरो तक्दीरमा अरु त ठिकै छ।
    ..............
    40-
    यसो.... सोची हेरें मैले केहो जिन्दगानी?
    कर्कलाको पातमाथि हासिराको पानी।

    'सुख' भन्ने साथी मेरो गयो  तर्कीतर्की,
    'दु:ख' भन्ने मित्रबरु रैछ साह्रै ज्ञानी।

    तिम्रो हाँसो मेरो आँशु  बग्दा सँगसँगै,
    समाजमा चल्न थाल्यो हाम्रै कुराकानी।

    काल तान्छ एकातिर जीवन अर्कै तिर ,
    म बिचरो  बीचमा छु कस्तो खिचातानी?

    चस्सचस्स मुटुमाझ फूल बिझेपछि,
    काढा सँग भएको छ नयाँ चिनाजानी।

    तिमी आयौ बेग जस्तै गयौ पनि त्यस्तै,
    मेरा नयन 'मोती' बने रैछु भाग्यमानी।
    ..................
    41-
    सर्प बिच्छी बाहिर आए मान्छेपसे दुलाभित्र।
    पेट भित्र आगो बल्यो भोक रोयो चुलाभित्र। (मतलाका मिसराहरु बीचको  अन्योन्याश्रीतता?)

    आजाद छौ दिदी बहिनी चरी जस्तै आजाद छौ,
    मात्र भाग्य कैदी न हुन घाँस  दाउराका पुलाभित्र।

    पहाड जत्रा छाती हुनेहरुलाइ साना देख्छौ,
    चित्तै साना हुने चाँही कहिले देखि ठुलाभित्र?

    नदी नाला सागर र गंगा भित्र के नै छ खै?
    मजदूरको गीत हुन्छ पसिनाका कुलाभित्र।
    ................
    42
    जून भन्छ फूल राम्रो फूल भन्छ जून।
    हाँस्दा हास्न पाउँ सँगै रुदा सँगै रुन। (मतलाका मिसराहरु बीचको  अन्योन्याश्रीतता?)


    दूध खुवाइ पालेँ मैले देउता मानी पुजेँ,
    तर  पनि सकेन यो मान्छे मेरो हुन।

    गधा धुदा गाई बन्ला स्याल धुदा सिह,
    मान्छे के पो बन्थ्यो कुन्नी सकिएन धुन।

    दम्भ बोकी निगालोले जति लाअोस् घुर्की,
    झुक्नै पर्छ सक्तैन त्यो आकाशलाइ छुन।
    .................
    43
    मेरा सारा सपनाको चिहान बनाएर।
    सिन्दुर हास्यो सिउँदोलाई मैदान बनाएर।

    झुक्याउँछन् घरिघरी किन यसै गरी ?
    काढाहरु अधरमा मुस्कान बनाएर ।

    एउटा यस्तो जिज्ञासाले सताउँछ मलाई,
    जित्यो कि वा हार्यो मान्छे विज्ञान बनाएर?

    जहाँ मैले हार्दिकताको दीयो बालेको थेँ,
    त्यही नजर पठाइछौ तुफान बनाएर ।

    रुखै छोडी उडी गयो नफर्किने गरी,
    के पायो त देशले उस्लाई विद्वान बनाएर ?
    ....................
    44-
    जुन काढालाई ठान्थेँ मैले बिरुध्दमा थियो।
    फूलले देको गहिरो घाउ त्यै काढाले सियो।

    सागर समेत सुकाउला जस्तो लाग्थ्यो सूर्य,
    पसिनाका थोपा सामु निरिह देखियो।

    ध्वस्त पार्छु तँलाई भनी आएथ्यो भुइचालो,
    मेरो छाती देखे पछि खै किन फर्कियो?

    दुश्मनलाई समेत प्रेम गर्थ्यो मेरो साथी,
    बिचरा त्यो आफ्नैबाट बेसरी एक्लियो।

    भाग्यमानी ठान्छन् सवै मन्दिरको फूललाई,
    कस्लाई थाहा त्यही फूलले कति आँसु पियो।
    ........................
    45-
    आगो खाइ आगै फाली आगै सँग खेल्नु पर्छ।
    जिन्दगी हो जिन्दगीमा धेरै थोक झेल्नु पर्छ।

    उधारोमा श्वास फेर्दै बाचेको छ नेपाली यो, 
    थाहा छैन अझै अघी कति पाप्पड बेल्नु पर्छ?

    अँध्यारोमा काला-गोरा छुट्याउनु  कसो गरी?
    तिमी भन्छौ उज्यालोको आउने बाटो छेल्नु पर्छ।

    कति बन्नु समयको दास यहाँ हदै भयो,
    हत्केलामा ढुङ्गा राखी हत्केला मै पेल्नु पर्छ।
    १४-१२-२०१२
    मलेसिया
    ................
    ४६-  
    भोलि पानी बल्छ अब थाहा छ कि छैन?
    आँधीहुरी चल्छ अब थाहा छ कि छैन?

    यसैगरी धमिराको राज चल्यो भने,
    सगरमाथा ढल्छ अब थाहा छ कि छैन?

    आफ्नो घरको कुरो गर्न थाली सक्यौँ हामी, 
    छिमेकी चै जल्छ अब थाहा छ कि छैन?

    दया रोपे पनि उस्तै माया रोपे पनि,
    काढैकाँढा  फल्छ अब थाहा छ कि छैन?
    ३ बैशाख २०६९
    मलेसिया
    ........................
    47-
    जित्नलाई कहिलेकाही हार्न पनि जान्नु पर्छ।
    हारेर नै ठुलो बाजी मार्न पनि जान्नु पर्छ।

    त्यसै कहाँ धारिलो र तीखो हुन्छ जिन्दगी यो?
    बिचारको सान लाउदै कार्न पनि जान्नु पर्छ।

    दुनियाँलाई शीतल दिन्छु मुखले मात्रै भन्नु हुन्न,
    चौबाटोमा आँफैलाई सार्न पनि जान्नु पर्छ।

    तिमीलाई लान्छु भन्दै आयो  भने घुर्क्याउदै,
    काललाई चप्प समाइ नार्न पनि जान्नु पर्छ।
    18-12-2009
    मलेसिया
    (अग्रज गजलकार बूँद राना बाट प्रभावित भएर लेखिएको)
    ...................
    48-
    समयको चक्र पनि कस्तो-कस्तो हुदो रैछ।
    दिनभरी हास्ने सूर्य रातभरी रुँदो   रैछ।

    अब भने मेरो सारा अस्तित्व नै मेटिने भो,
    उनी सँग सिन्दुर अनि म सँग सिउँदो रैछ।

    अल्लाहको सुन्दर मन्दिर भगवानको मस्जिद अनि,
    येशुको त्यो गुम्बा देख्दा भित्र कतै छुदो रैछ।

    मेरा दु:खमा थुकले नयन भिजाउने मित्र मेरो,
    मेरा सुखमा भने कठै आँसुले मुख धुदो रैछ।
    01-01-2014
    malaysia
    ..............
    49-
    कोही हाँस्छन् अनि कोही रुन्छन् तिम्रो शहरमा।
    सुल्टो बोल्दा उल्टो किन सुन्छन् तिम्रो शहरमा।

    दुई दुने बाह्र  अरे बाह्र दुने सत्र अनि-
    सत्र दुने आठ भनी गुन्छन् तिम्रो शहरमा।

    धारा बाट पानी हैन आगो बग्न थाले पछि,
    आगो पिइ आगैले मुख धुन्छन्  तिम्रो शहरमा।

    सडकले सडकमा ढुङ्गा मात्रै हानेको छ,
    हेर्दै गर अझै के-के हुन्छन् तिम्रो शहरमा?

    20-12-2012
    malaysia
    .............................
    50
    आँखा भित्र सजाएर अनगिन्ती तुलहरु।
    बिछ्याएछौ स्वागतमा आगोका यी फूलहरु।

    जिन्दगीले चिनेन कि मैले यल्लाई* चिन्न छाडेँ?(यसलाई) 
    पक्कै पनि भएकाछन् एउटा बाट भूलहरु। 

    सागर सुक्ला आकाश झुक्ला मेघ-गर्जन रुक्ला बरु,
    यस्तो लाग्छ रोकिदैनन्  परेलीका मूलहरु।

    सत्रुहरु हाकाहाकी अघीबाट गर्जिदैछन्,
    मित्रभने  पछिबाट रोपिराछन् शूलहरु।
    04-apr-2010
    malaysia
    .................
    51-
    आगो बोकी हिंड्नेहरु पानीदेखि तर्किएछन्। 
    जेठ बैशाख काख च्यापी साउन झै दर्किएछन्।

    कालो हाँसो हसाउनेले कालै बाटो नछोडे सि,
    सेतो हाँसो हास्नेहरु त्यसै-त्यसै थर्किएछन्। (मलाई कमजोर लागेको सेर)

    धर्ती आकाश हत्केलामा राखी हिड्छौं  भन्नेलाई,
    जिन्दगानी बोक भन्दा अनायासै चर्किएछन्।

    सिंहलाइ जिउदै पक्री खोरमा थुन्छौँ भन्नेहरु,
    स्यालको हुय्या सुनेपछि बीचबाटै  फर्किएछन्।

    (अग्रज गजलकार मनु ब्राजाकी बाट प्रभाबित भएर लेखेको)
    07-jan-2010
    malaysia
    .............
    52-
    तिमी मेरो जिन्दगीको पाटो बनेपछि।
    झनै दुख्न थाल्यो घाऊ खाटो बनेपछि।

    आफ्नाले'नि लुटे मलाई पराइले'नि लुटे,
    सवले लुटे हद भन्दा लाटो बनेपछि।

    रहला के किर्ती मेरो भबिश्यमा अब?
    बर्तमान नै पिसिएर माटो बनेपछि।
    03-feb-2010
    malaysia
    ...................
    53-
    कति सस्तो भएको छ जिन्दगीको भाउ?
    चौअन्नी र अठन्नीमा  बेचिदै छ नाउ।

    अौलो दिदा हातै निल्ने दुनियाँको बानी,
    त्यसै पनि उनी त झन् गाउँघरकै साहु।

    हिर्दय नै फाटेपछि केको लोग्ने स्वास्नी?
    यस्तै भनी हिड्छ मान्छे बोकी ठुलो घाऊ।

    बुवा सँग छोरा लड्छ भाई सँग भाई,
    अरुले त के नहेर्थे दाउ माथि  दाउ।
    10-mar-2010
    malaysia
    ..................
    54-
    भोकालाई दाल चामल खाना हो यो गजल।
    नाङ्गालाई  आङढाक्ने नाना हो यो गजल।

    कसैको हो जिन्दगी यो कसैको हो मृत्‍यु,
    मेरो भने हिर्दयको पाना हो यो गजल।

    तुलना के गर्नु यसको अरु केही सँग?
    साहित्यको बहुमूल्य छाना हो यो गजल।

    सूर हो यो अलिअलि ताल पनि अलि-
    अलिअलि मनको मीठो गाना हो यो गजल।
    (अभिदात्मक भयो)
    17-mar-2010
    malaysia
    ..............
    55-
    कसैकाछन् सूनचाँदीका  बालैमाथि बालाहरु।
    हाम्रा भने भोटो भरी टालैमाथि टालाहरु।

    जनताभने हावा पिउदै बसेकाछन् धाराबाट,
    सरकारलाइ रगतका प्यालैमाथि प्यालाहरु।

    कोही रम्छन् हवेलीमा चिसोतातो छानिछानी,
    कसैकाछन् पसिनाका नालैमाथि नालाहरु।

    यस्तो बिकास भएको छ गाउँ देखि शहर सम्म,
    निकासका निम्ति लाग्छन् तालैमाथि तालाहरु।
    01-may-2000
    .................
    56-
    हमला 'याँ' बारम्बार हुन सक्छ भोलि।
    तिम्रो जित मेरो हार हुन सक्छ भोलि।

    सम्झिदैछौ हिजो के थ्यो आज झनै के छ?
    समय नै लचकदार हुन सक्छ भोलि।

    चम्त्कार कहिकतै चम्त्कार भए,----(लय?)
    तिम्रो नाम गजलकार हुन सक्छ भोलि।

    नथ्यो हिजो न आज छ शान्ति कही पनि, 
    अझै ठुलो मारामार हुन सक्छ भोलि।
    13-mar-2010
    malaysia
    ....................
    57-
    आसंकाको आँधीहुरी चल्यो भने टुक्रिन्छ मन।
    जिन्दगीले जिन्दगीलाई छल्यो भने टुक्रिन्छ मन।

    आफन्तकै अन्तरघात बादलु झै मडारिदै,
    परेलीका ढकनीमा ढल्यो भने टुक्रिन्छ मन।

    हिमाल झै अटल त्यो आस्था बोकी हिंड्नेहरु,
    मैन सरी प्रतिग्या कैँ गल्यो भने टुक्रिन्छ मन।

    विश्वास भन्ने चीज पनि कस्तो नाजूक हुदो रैछ?
    भित्र कतै थोरै कलुस फल्यो भने टुक्रिन्छ मन।
    (अभिदात्मक भयो)
    29-mar-2010
    malaysia
    ................
    58
    हावा पानी ढुङ्गा अनि माटो हुनुपर्छ।
    गजलमा जिन्दगीको पाटो हुनुपर्छ।

    नबुझ्नेले बाठो बनी हदै गर्‍यो भने,
    बुझ्नेले नै सवको अघि लाटो हुनुपर्छ।

    दुबैतिर अनुहार काला भए बुझ्नू,
    कहिकतै केही न केही फाटो  हुनुपर्छ।

    देखिदैन केही तर दुख्छ घरिघरि,
    भित्र कतै कालेजीमै खाटो हुनुपर्छ।
    29-mar-2010
    malaysia
    ................
    59-
    नाम्ला सँग नाम्लै लडे डोका सँग डोकैहरु।
    यसैगरी लड्ने भन्छन् भोका सँग भोकैहरु।

    जिन्दगीभर घोटिएर केनै पायौं भन्दै फेरि,
    हत्केला मै लड्न  थाले फोका सँग फोकैहरु।

    जहिले पनि विस्वासमा बाह्र-सत्र भए पछि,
    लड्न पनि के बेर हुन्छ धोका सँग धोकैहरु।

    साँढे सँग साँढे लडे बाच्छा सँग बाच्छै  भने,
    हुन सक्छ लड्छन् होला बोका सँग बोकैहरु।

    रहश्य झन लुकाएर बन्द हुन्छन् भने यदि,
    आ-आफुमै टकराउछन् ढोका सँग ढोकैहरु।
    30-mar-2010
    malaysia
    ................
    60-
    नबोलेरै हिंड्ने सँग बोल्नुको के अर्थ रह्यो?
    फूलका कुरा पत्थर सँग खोल्नु के अर्थ रह्यो?

    आफ्नै मुटु छातीबाट भागिभागि जान्छ भने,
    उस्कै लागि भबिश्य यो मोल्नुको के अर्थ रह्यो?

    दु:खको रापतापमा परी जिन्दगीभर जली रहें,
    मरेपछि फेरि मलाई पोल्नुको के अर्थ रह्यो?

    मूलबाटै  जहरका खोलानाला फुटेपछि,
    दोभानमा अमृतरस घोल्नुको के अर्थ रह्यो?
    11-may--2010
    malaysia
    ................
     61-
    हिर्दयमा बिद्रोहको राको बोक्नेलाई।
    जल्नुको के डर छ र? आगो बोक्नेलाई?

    विभूसण दिन्छन्  यहाँ कायरको पदवी,
    समाजको निम्ति सधैं रातो बोक्नेलाई।

    राष्ट्रघाती देख्छ हाम्रो कानूनले सधैं,
    छातीभरी  धरतीको माटो बोक्नेलाई।
    (मलाई कमजोर लागेको)
    26-may--2010
    malaysia
    ...............
  • 62-
    सानालाई लत्याएर ठूला  खोज्दै हिंड्नेलाई। 
    सर्पले नै सिध्याउलान् दुला खोज्दै हिंड्नेलाई। 

    आँफै अन्धाछन र त यो दुनिया नै कालो देख्छन्,
    के भन्नु र? अरुकानै फुला* खोज्दै हिंड्नेलाई?

    के भनेर सम्झाउँ म के भनेर बुझाउँ खै?
    घरै जली सके पछि चुला खोज्दै हिंड्नेलाई। 

    थोपाथोपा मिलेर नै सागर बन्छ हेर मित्र,
    आँसुले नै बगाउला है कुला खोज्दै हिंड्नेलाई। 
    (फुलां= आँखा भित्र पर्ने फूलो, मोतिबिन्दु जसलाई डोटेली भाषामा फुलो भनिन्छ)
    04-jun-2010
    malaysia
    .............
    63-
    जून मात्रै हैन हजुर तारा पनि गजलै हुन्। 
    देश निम्ति लाग्छन् भने नारा पनि गजलै हुन्। 

    सूरासुन्दरीका  मात्रै कति रटान गर्नुहुन्छ?
    साच्चै भनूँ पसिनाका धारा पनि गजलै हुन्।  

    नानीभित्र टम्मिएर कहिले सम्म बस्लान् अझै?
    आँखाका यी फेवा अनि रारा पनि गजलै हुन्। 

    सत्ययूगको रामयुध्द द्वापरको महाभारत-
    कलियूगका रोल्पा रुकुमा खारा पनि गजलै हुन्।
    (नारा पो भयो कि)   
    26-jun-2010
    malaysia
    .............
    64-
    आँफैलाई झुन्ड्याउने पासो बन्न सक्छ।
    तिम्रो बोली दुनियाँको हाँसो बन्न सक्छ।

    फलामलाइ सून हो भन्छौ सूनलाई फलाम,
    त्यसो भए हिरै पनि काँसो बन्न सक्छ।

    नजर जुध्दा गुरास झै मुस्कुराउने मान्छे,
    हुनसक्छ भित्रभित्रै ब्वाँसो बन्न सक्छ।

    कलमको शक्ति के हो बुझ्न  थाले पछि,
    सिर्जना यो तिम्रो पनि चासो बन्न सक्छ।
    01-july-2010
    malaysia
    .............
    65-
    कैले सम्म पर्छौ आखिर बिदेशकै भर छोरा?
    मिल्छ भने पसिना त्यो स्वदेशमै छर छोरा।

    अस्ताउँदो घाम जस्तै भाछन् तिम्रा बाबा पनि,
    ऐले हो कि भरे भन्ने लागिरा'छ डर छोरा।

    फूल जस्ती वुहारीका रारा जस्तै नयन देख्दा,
    रुदैछन् है चौतारीका पिपलु र वर छोरा।

    कहिले अाउँछन दादा भनी भाइ-बहिनीले सोध्ने गर्छन्,
    खुसी फुल्थ्यो आगनीमा छिट्टै  फर्क घर छोरा।
    21-july-2010
    malaysia
    .............
    ६६-
    टाउको माथि आकाश झरे जिन्दगीको अर्थ खुल्छ।
    चोट  माथि  चोट परे जिन्दगीको अर्थ खुल्छ।

    तारा जूनको पछि लागि आफ्नो पार्छौ अँधेरीमा,
    सूर्यलाई नै आफ्नो गरे जिन्दगीको अर्थ खुल्छ।

    समयले थिचिएर ऐय्या-आथ्थु पारे पनि,
    मुहारमा मुस्कान छरे जिन्दगीको अर्थ खुल्छ।

    नदी-नाला सागरहरु तर्नु के नै गाह्रो हो र?
    अग्निका यी भेल तरे जिन्दगीको अर्थ खुल्छ।
    23-aug--2010
    malaysia
    .............
    67-
    गोली हाँस्यो जसैजसै बन्दूकको नाल भित्र।
    सिङ्गो आकाश पर्‍यो उसै सिकारीको जाल भित्र।

    जिन्दगीको व्यथा कति गहिरो  हुन्छ बुझ्ने भए,
    पसी हेर्ने कोसिस गर हिर्दयको छाल भित्र। 

    तड्पिएर बस्दा-बस्दा यस्तो लाग्न थाल्यो अचेल,
    तिमी बल्छी म माछी यो रहश्यको ताल भित्र।

    यति सारो भिन्नता छ  एउटै घरका दाजुभाइमा,
    एउटा बस्छ महलमा अर्को बस्छ पाल भित्र।
    03-sep-2010
    malaysia
    .............
    68-
    गहिरो नाता गासिएछ परेलीका नुन सँग।
    रातिराती आकाशमा उदाउने जून सँग।

    हिर्दयका विरह यी सारङ्गीमा रेटौँ  कि म?
    सुसेलौँ या व्यथाहरु बाँसुरीका धुन सँग।

    छटपटीमै बाचि'राथ्यो जिन्दगी यो उसै त झन-
    कलेजीको घाउ मेरो मिसाइछ्यौ चून सँग।

    लगाउन सक्ला र कोइ(कोही) आकाशको किम्मत यहाँ?
    माया पनि त्यस्तै त हो जोखिदैन सून सँग।
    07-oct-2010
    malaysia
    .............
    69-
    निरासाको आँधीहुरी चल्यो रत रोएँ। 
    जिन्दगीले आँफैलाई छल्यो  रत रोएँ। 

    सिङ्गै आकाश पिजडामा थुन्दा सिकारीले,
    चरीको झै छती मेरो जल्यो रत रोएँ। 

    यादलाईयाद गर्न पनि सोध्नु परे पछि,
    हिर्दय यो मैन जस्तै गल्यो रत रोएँ। 

    सिउँदोको बिरुध्दमा सिन्दूर उभिए'सि,
    विस्वासको सगरमाथा ढल्यो रत रोएँ। 
    16-jan-2011
    malaysia
    .............
     70-
    समयको मार परे बाघले पनि लड्डु खान्छ।
    गर्दनमा धार परे बाघले पनि लड्डु खान्छ।

    जिन्दगी यो भोग्दा-भोग्दै यस्तो लाग्न थाल्यो अचेल,  
    गृहस्तीको भार परे बाघले पनि लड्डु खान्छ।

    एक थुकी नदी अनि सय थुकी नदी भन्छन्,
    माहुरीकै घार परे बाघले पनि लड्डु खान्छ।
    25-apr-2011
    malaysia
    .............

    71-
    टाउको माथि सिङ्गो आकाश खसे पछि बर्बराउनू।
    तिम्ले टेक्ने घर्ती तल धसेपछि बर्बराउनू।

    पराइका घेराबन्दी तोड्न बरु सजिलो छ,
    आफन्तकै जालभित्र फसेपछि बर्बराउनू।

    हाँस्दा सँगै हास्ने अनि रूँदा सँगै रुने मान्छे,
    सियो बनी कालेजीमा पसेपछि बर्बराउनू।

    कस्ता-कस्ता साङ्लाहरु तोड्छ भन्थ्यौ पिरती यो, 
    रेशमको धागोले दिल कसेपछि बर्बराउनू।
    08-07-2011
    malaysia
    .............
     72-
    कस्ले चोर्यो घाम तिनको हुन्छ लेखाजोखा।
    सधैं भरी निमुखाले कति पाउलान् धोका?

    सुक्का आना कौडी* छैन मोल जिन्दगीको,
    मजदूरका पसिनाले भरिदैछन् डोका।

    जिन्दगीभर नदी बनी बग्नेहरु बिर्सि,
    आँखामा थुक लगाउनेलाई भन्छौ किन रोका?

    यसै भन्न सकिदैन हुन्छ अब केके?
    जुर्मुराउन थालेकाछन् सदियौका भोका।
    बैकल्पिक सेर-
    कोही भन्छन् फूल हो यो कोही भन्छन् काँढा,
    मत भन्छु जिन्दगी यो केवल पानीफोका।

    स्वाभिमानी स्ववलम्वी यस्तै केके भन्थ्यो,
    बुझ्नै गाह्रो नेपाली यो कुर्छ ढोका ढोका।
      04-08-2011
    malaysia
    .............
     73-
    छातीभित्र  मुटु रोयो मुटु भित्र माटो।
    माटो भित्र रोयो आमा रगतको टाटो।

    नसोचेरै पसेपछि चक्रब्यूह भित्र,
    गाह्रो हुन्छ भेट्टाउन बाहिर आउने बाटो।

    जतिजति हास्यौ तिमी उतिउति मेरो,  
    भित्रभित्रै बल्झिएछ हिर्दयको खाटो।

    आँखाबाट कृष्णभीर खसेपछि साथी,
    कस्तो होला भन त खै जिन्दगीको पाटो?

    जूनको बयान गर्दागर्दा नथाक्ने यो मान्छे,
    तिमी सामु आए देखि भएको छ लाटो।
     01-09-2011
    malaysia
    .............
     ७४-
    मै हुँ भन्ने हार्दै गयो तिम्रो गजल सुनेपछि।
    कालले आँसु झार्दै गयो तिम्रो गजल सुनेपछि।

    सधैं चोट  सहने त्यो अचानोले पनि अचेल,
    आँफैलाई कार्दै गयो तिम्रो गजल सुनेपछि।

    अहमताले मात्तिएर आउँदै थियो भूकम्प त्यो।
    रातो मुहार पार्दै गयो तिम्रो गजल सुनेपछि।

    निरासाले थिचिएर बसेको थ्यो समय यो,
    जीवनबाजी मार्दै गयो तिम्रो गजल सुनेपछि।
    ११ भदौ २०६९
    malaysia
    .............
     75-
    हेर्दै गर पानी खरानी हुनेछ।
    हावामा चोटको निसानी हुनेछ।

    पर्ख-पर्ख एकदिन फूलको हत्यारा-
    मान्छे हो कि देउता किटानी हुनेछ।

    नपत्याए हेर जो बेच्दै छ आत्मा,
    त्यही मान्छे अब इमानी हुनेछ।

    पश्चिमबाट सूर्य उदाउने छ जुनदिन,
    त्यो दिन मात्र यहाँ बिहानी हुनेछ।
  • .....................
  • 76-
  • जब गुरू शिश्यहरु याद आउँछन् मलाई।
    एकलव्य र द्रोणहरु याद आउँछन् मलाई।

    टाउको माथि जूनताराको आकाश देख्नै हुन्न,
    आमा बा'का हातहरु याद आउँछन् मलाई।

    बाहिर जति हासे पनि फूल जस्तै तिमी,
    भित्री तिम्रा चोटहरु याद आउँछन् मलाई।

    घाउमा जब नुनचुकको स्वागत हुने गर्छ,
    तब भने मित्रहरु याद आउँछन् मलाई।

    बिर्सूँ भन्छुँ जस्लाई मैले बिर्सूँ अब देखि,
    उसैका यी यादहरु याद आउँछन् मलाई।
    (झन उसैका यादहरु याद आउँछन् मलाई।)

    ४ feb 2014
  • 77:
  • हजार खुसी जलाएर एउटा चोट सेक्दैछुँ म।
  • त्यहीचोट दिलमाराखी तिम्रोनाम लेख्दैछुँ म।

  • हावा थुन्छु भन्ने पात उडी कतै बेपत्ता भो,
  • लाग्छ मलाई यसैगरी जिन्दगी यो मेट्दैछुँ म।

  • असम्भव हुन्न केही भन्ने कुरा सुनेपछि,
  • एकाएक हत्केलाले रातो सूर्य छेक्दैछुँ म।

  • जस्ले मलाई तेरो टोपी बेच भन्दै थियो हिजो,
  • आज उसकै शिरको ताज लिलामीमा देख्दैछुँ म।

  • 12-03-2013
  • मलेसिया
  • 78
  • काँधमा आफ्नो शिर अनि प्रतिग्यामा अडान नहोस्।
    यस्तो बीर के बीर त्यो जस्को कुनै इमान नहोस्?

    कस्ले भन्न सक्छ र खै दुखे(घात)पछि आँफैलाई?
    यस्तो पीडा मन पर्छ जहाँ चोटको निसान नहोस्।
  • लोकतन्त्र आएपछि स्वतन्त्र छौँ भन्छौ तिमी,
    स्वतन्त्रता हुन्छ त्यहा जहाँ कुनै विधान नहोस्।

  • श्रीखन्डको जंगलमा कुकाठपनि मगमगाउछ,
    त्यहा फुल्न सक्नु पर्छ जहाँ फूलको बगान नहोस्।

    कालो मेघ गर्जनपछि मुस्कुराउँछ निलो आकाश,
    त्यो जिन्दगी के जिन्दगी जहाँ आँधी तुफान नहोस्।
  • 79-
  • जस्तो हालत देखिदैछ भेरी अनि कर्णलीको।
    त्यस्तै हालत भाछ मेरो अभागी यो जिन्दगीको।

    पूर्णिमामा पुज्छन् उसलाई श्रद्दा गर्छन् इदमा पनि,
    कुन धर्म हो कुन जात ती सौम्यवती चाँदनीको??

    यस्तो संकेत गरेकोछ जीवनलाई समयले,
    जन्म-मृत्‍यु जहापनि काम आउँछ सयपत्रीको।

    एकदिन जरुर भन्नेछ यो, जरुर सिंगो समाजले, 
    अचानोको धार(साहस) देख्दा सातो उड्यो खुकुरीको।

    कसरी म सम्झाउँ यो चरम स्वार्थी दुनियाँलाई?
    उही चिता कंगालको हो, उही चिता लखपतिको।

    -श्रीजन श्री
    12-aug-2014


    80-
  • जबजब चुलो माथि भोक उमालिन्छ।
    तवतव आँसु पिउदै पेट अघाइन्छ।

    उदास-उदास भएपछि व्रिक्ष चराबिना,
    फर्क भन्दै पातपातमा शन्देश पठाइन्छ।

    महलमा झैँ सोफा हुन्नन् वागतस्वागत पनि,
    झोपडीमा पाहुनालाई  दिलमा बसाइन्छ।

    'हत्याहिँसा कलंक हो' लेख्ने हातबाटै,
    आश्चर्य छ मन्दिरमा फूल चढाइन्छ।

    जिन्दगीको रहश्य र अर्थ खोज भन्दै,
    विध्यार्थीलाई ठुला-ठुला वैलुन देखाइन्छ।

    मानसम्मान बाट त्यति नहौसिनू मित्र,
    बलिपूर्व बोकालाई तिलक लगाइन्छ।

    साउन ४, २०७१
  • .................
81-

सारा संसार उस्को एउटा हेराइमै कावू थियो,
फूलका नयनभित्र त्यस्तो के अनौठो जादु थियो?

लाखौंलाख नदीनाला पिएर'नि अतृप्त त्यो-
सागरको प्यास मेट्ने केवल एकथोपा आँसु थियो।

सवै कहाँ वाल्मिकी झैँ बन्न सक्छन् महोदय,
थाहाछैन? विरप्पन'नि रत्नाकर झैँ डाँकू थियो।

उसको जीवन पढेपछि यस्तो लाग्न थाल्यो मलाई,
रहश्यमै मलाई राख्यो रहश्यमै आफू थियो।

15 aug 214
malaysia
82-
मान्छे किन ठक्करदेखि यति सारो डराउँछ?
ढलेको विरुवा बरु उठ्छ बढ्छ पलाउँछ।

खुट्टा भाँची ऊपहारमा वैशाखी यो दिएपछि,
मेरो समाज मलाई किन रिलेदौडमा पठाउँछ?

जुन तस्विरमा आँफैलाई चिन्दिनँ म तिमीसँग,
त्यै तस्विरले किन आमा सधैं मलाई तड्पाउँछ?

फलामले फलाम काट्छ भन्नेकुरा बुझेर'नि,
जहर मार्न जहरमा ऊ किन अमृत मिसाउँछ?

मेरो घाम लुटेदेखि झलमल्ल छ उता सधैं,
यताभने रातमाथि रातमात्रै उदाउँछ।

जबदेखि काँढासँग प्रेमबढ्न थाल्यो प्रिय,
तबदेखि फूल किन चस्सचस्स बिझाउँछ?

तिमीजस्तै अनौठो छ अनौठो यो जिन्दगानी,
बेलाबेला हसाउँछ बेलाबेला रुवाउँछ।
.................
83-
किन तिमी अमृत भन्दै जहरको ब्यापार गर्छौ?
काँचको मुटु बोकी सधै पत्थरको ब्यापार गर्छौ।
यादैयादको खोलोराखी मेरा निश्चल नयनमा,
कहिलेसम्म परेलीका बगरको ब्यापार गर्छौ?
उसले मुस्कुराउँदा जब वास्ना पुग्छ टाढाटाढा,
काँढासोध्छ फूललाइ तब अत्तरको ब्यापार गर्छौ?
मित्रताको हात बढाइ अचानो र गर्दनसित,
किन तिमी कसाइसँग खन्जरको ब्यापार गर्छौ?
-श्रीजन श्री
०३जुन २०१५
------------------------------------\
84-
फूललाइ घेरी बसेकाछन् लाखौंलाख आँखाहरु।
सुरक्षाको प्रत्याभुति देलान र यि काँढाहरु?
.
जिन्दगीको लक्ष के-लाइ बानाउँ भनि सोध्छौ तिमी,
देख्दैनौ र? पुतली भै उडेकाछन् लार्भाहरु।
.
मलाइ पिर पर्दा यहा यस्तो द्रिश्य देखिदैछ,
दुश्मनहरु भन्दा बढि रमाका'छन् आफ्नाहरु।
.
नयनको त्यो गहिराइले आश्चर्यमा पार्छ मलाइ,
कहा डुब्छन् त्यत्राबिधि नदीनाला खोलाहरु?
.
भोकाएका पेटहरु यसो भन्छन् घरीघरी,
भिखलुट्दै धनिबन्ने दाउमाछन् नेताहरु।
.
पराइको मेहरमानी कबूलगर्ने चन्द्रभन्दा,
महानछन् ति आफ्नै सामर्थ्यमा बल्ने ताराहरु।
.

{यो गजलको मतला उर्दु गजलका महान हस्ति 'वसिम वरेल्भि को एउटा सेरबाट प्रभाबित भएर लेखेको हुँ ।
"आँखाहरुले फूललाई घेरेकाछन् र काँढाहरु बेकारमा फूलको हिफाजत गर्दैछन्" भन्ने भाबभूमि थियो उक्त सेरको।}
-श्रीजन श्री
१५ जेठ २०७२
klcc , malaysia
------------------------------------------------------
85-
सधै किन सन्त्रास देख्छु तिम्रा नयन भित्र?
मिर्त्यूको झैँ उल्लास देख्छु तिम्रा नयन भित्र।
.
रित्तोछु म रित्तो रित्तो फगत रित्तो तर,
सिंगो धर्ती आकाश देख्छु तिम्रा नयन भित्र।
.
समय खुद गुलाब जस्तै फक्रे पनि किन?
कोही उदास-उदास देख्छु तिम्रा नयन भित्र।
.
घाउमा चुम्बन गरिजाने मित्रलाइ चिनो-
सुन्दर लालीगुराश देख्छु तिम्रा नयन भित्र।
.
काँचले पथ्थर फुटाउनेछ ढिलो चाडो भन्ने-
एउटा अटुट विस्वास देख्छु तिम्रा नयन भित्र।
-श्रीजन श्री
-----------------------------------------------
87-
अनायासै किन अक्सर केके गर्छ केके गर्छ।
जादुजस्तै तिम्रो नजर केके गर्छ केके गर्छ।
.
वेहोस हुन्थेँ वेहोस म आम्रित्S दिदा समेत जसले,
पिलायो उसैले जहर केके गर्छ केके गर्छ।
.
दुइदिनको जिन्दगीमा एकपलको प्यार भयो,
र यो एकपलको असर केके गर्छ केके गर्छ।
.
चोटदिई मल्हम लाउछ खुट्टा भाची लठ्ठी दिन्छ,
अनौठो यो तिम्रो शहर केके गर्छ केके गर्छ।
.
रुन्छ हाँस्छ हाँस्छ रुन्छ, हसाउँछ रुवाउँछ,
मनुस्य यो जिन्दगीभर केके गर्छ केके गर्छ।
.
नदीनाला सागरहरु सारासारा सुकाएर,
तिम्रो त्यो आँखाको बगर केके गर्छ केके गर्छ।
-श्रीजन श्री
१९- मे - २०१५
klcc,malaysia
-----------------------
88-
मुटुमेरो  शिसा जस्तै    चर्किएको बेला।
झन् सम्झिन्छु मत तिम्ले विर्सिएको बेला।
.
फेरि के लुटुँला भनि आयौ प्रिय सरकार?
उसको भीखको झोली समेत लुटिएको बेला।
.
फूलजस्तै हौसल्ला थ्यो मेरो जिन्दगीमा-
तिम्रो रहर तिम्रो खुशी फक्रिएको बेला।
.
तिमीपनि घाउमै चुम्बन गर्न आयौ मित्र,
वेस्सरी यो दिलको घाउ बल्झिएको बेला।
.
पानी समेत नपाइ गाउँ छट्पटिदैछ् याँ,
शहरमा दूधले डोका भरिएको बेला।
-------------
89-
मान्छेसँग एउटा यस्तो सीप हुन्छ।
ओठमा अमृत मनमा भने 'विष' हुन्छ।
.
लाखौं अश्त्रसश्त्र समेत नाकाम् बन्छन्,
बिरुध्दमा जब एउटा निब हुन्छ।
.
ढुङ्गाजस्तै शान्तरहु अनि खोज,
तिमीभित्रै मन्दिर अनि मस्जिद हुन्छ।
.
गन्तव्यमा पुग्ला र त्यो डुंगा सरकार?
जुन डुंगामा प्वालपरेको पिध हुन्छ।
.
ऐनापुछदै नतर्किनुस् महोदय,
ऐनाको त आफ्नै अलग रीत हुन्छ।
...............
90-
९१-
हाँसे'नि ओठ सधैभरी तिम्रोजस्तै मेरोपनि।
काँढाछन् फूल वरीपरी तिम्रोजस्तै मेरोपनि।
.
आँखाको यो गहिराइमा सिंगो सागर डुबेपछि,
सोच्यो मनले अनेकथरी तिम्रोजस्तै मेरोपनि।
.
गर्धन काट्या भए उसले सहिदिन्थेँ तर अफसोच,
कुरा काट्यो घरी-घरी तिम्रोजस्तै मेरोपनि।
-----------------------------
९1-
किन राख्छौ वैरभाव तिमी पीडाहरुसँग?
गुनासो केही हुन्न फूलको काँढाहरुसँग।
.
पत्याउ वा नपत्याउ त्यो त तिम्रो मर्जी,
सागर हुन्छ आँसुका यि थोपाहरुसँग।

.
ओठले केही नबोले'नि के भयो त आखिर?
आँखाबाटै कुरा गर्यौ आँखाहरुसँग।
.
मनउड्दा सोच्छु मेरो के सम्बन्ध होला?
आकाशमा रमाउने यि चराहरुसँग।
-----------------------------
  92-
तिमी गए पनि तिम्रो आभास रहिरह्यो।
जस्तो कि फूल झरेपनि सुवास रहिरह्यो।
.
ओठओठमा सयपत्री फक्रेला र त्यहा?
मलामीको जस्तो जहा उल्लास रहिरह्यो।
.
मेरो सानो कुटी तिम्ले भत्काइ गएपनि,
शिरमाथि भने विशाल आकाश रहिरह्यो।
.
चौबाटोको शालीक जति हाँसीरहेपनि,
पीताजीको मुहार भने उदास रहिरह्यो।
----------------------\
93-
भैसींलाइ कहिल्यैहुन्न आफ्नै सिङको भारी।
तर मान्छे किन बस्छ दु:खदेखि हारी?
.
सोच्दैछु म कस्तो होला भविश्य त्यो तिम्रो?
सर्प पाल्यौ खोकिलामा न्याउरीदियौ मारी।
.
बुध्दलाइ सम्झेपछि देख्छौ तिमीपनि,
फूलको वास्ना वरीपरी मान्छेको चैँ पारी।
.
तिम्लाइ कस्तो लाग्छ कून्नी? मलाइ भने प्रिया -
फूलवारी झैँ लाग्छ तिम्रो मनको काँढाघारी।
------------------------
94-
  • ===================================
  • बैकल्पिक गजलहरु 
  • १- 
  • सबै छोडी आएँ म त(सारा संसार छोडी आएँ)तिम्ले बोलाएर ।
        स्वागत गर्यौ फूलमुनि काढा बिछ्याएर ।

        यो युद्दको अन्त्य अब गर्छौँ-गर्छौं भन्छौ
        पानी छम्किदैछौ भुसमा आगो लगाएर ।

        आहा कस्तो बिकास यहाँ भएकोछ साथी !
        भोका पेटका कुरा गर्छौ टन्न अघाएर ।

        'छोरा खै त?'सोध्नू हैत बूढी आमालाई
        टोलाउँनेछिन् त्यसै-त्यसै आकाश देखाएर।
        ..................................................
        2-
        निरास बनाएर मलाई उदास बनाएर।
        कतिटाढा जाला र दिल हतास बनाएर?
      
     मलाई भेट्न आउछु भन्छौ आउने नै भए/
        आउ है त आकाश माथि आकाश बनाएर।

        देखाउँछु दुनियाँलाई देखाउँछु अब/
        काडामा'नि सकम्बरी सुबाश बनाएर।
        ..................................................
    3
        मेरो इश्वर अल्लाह अनि येशू हूँ म आँफै।
        मेरो वुद्द नानक अनि प्रभू हूँ म आँफै।

        काँढाभन्छ फूल दोसी फूलभन्छ काँढा,
        मेरो मित्र अनि मेरो सत्रू हूँ म आँफै।

        चन्द्रसूर्य दाहिने छैनन् भनि किन रोउँ?
        मेरो शनि अनि राहु-केतु हूँ म आँफै।

        जिन्दगी हो पाठशाला सवैभन्दा ठूलो,
        मेरो शिश्य अनि मेरो गुरू हूँ म आँफै।

        किन खोज्नू अरुभित्र कालकुट मैले ?
        तीतो जहर अनि मीठो मधू हूँ म आँफै।
        .........................
    ४-
        यो धर्ती अनि यो आकाश देखेर।
        बाचेको छुँ तिम्रो विश्वास देखेर।
      
     फूलका नयनमा हासो छचल्क्यो,
        काँढाका ओठमा सुवास देखेर।

        चन्द्रमाले भन्यो हरेस नखाऊ,
        सूर्यलाई उदास-उदास देखेर।

        आँधीसँग लड्ने,पात हूँ साथी,
        डराउँदिन   चैते बतास देखेर?
        ..................
    5-
        कुरान भित्र शिवशंकर श्याम खोज्दैछुँ।
        पुराण भित्र अल्लाहको नाम खोज्दैछुँ।

        वेदभित्र येशु अनि रामायणमा रहमान,
        वाइवलभित्र वाल्मिकी र राम खोज्दैछुँ।

        किन जाउँ मन्दिर-मस्जिद चैत्य-गुम्बा ढोग्न?
        आँफैभित्र एउटा सुन्दर धाम खोज्दैछुँ।
        .....................
        6-
        सारा संसार छोडी आएँ तिम्ले बोलाएर ।
        स्वागत गर्यौ फूलमुनि काढा बिछ्याएर ।
       
    यो युद्दको अन्त्य अब गर्छौँ-गर्छौं भन्छौ
        पानी छम्किदैछौ भुसमा आगो लगाएर ।

        आहा कस्तो बिकास यहाँ भएकोछ साथी !
        भोका पेटका कुरा गर्छौ टन्न अघाएर ।

        'छोरा खै त?'सोध्नू हैत बूढी आमालाई
        टोलाउँनेछिन् त्यसै-त्यसै आकाश देखाएर।
        .............................
        7-
        जस्ता-जस्ता तिम्रा सवालहरुछन्।
        त्यस्तै-त्यस्तै मेरा जवाफहरुछन्।
       
    मन्दिरभित्र ढुंगो ,दूधमा डुब्दैछ/
        मन्दिर बाहिर भोका अनाथहरुछन्।

        भित्तो नै उस्लाई पर्खाल बने'सि//
        भ्यागुताले भन्छ पहाडहरुछन्।

        घरघरमा बाटो नपुगेर के भो? 
        आगन-आगनमा जहाजहरुछन्।
        ..............
        8-
        मान्छे जब पथ्थर बन्छ।
        ढुंगो तब इश्वर बन्छ।
       
    छोइमात्र हेर तिमी,
        मरभूमि नै शहर बन्छ।

        तिम्रा सामु बाघ हो ऊ,
        उस्का सामु काँतर बन्छ।

        व्यवहारले भन्छ यस्तो,
        मान्छे फेरि बाँदर बन्छ।
        ..................
        9-
        (लय विचलनका निम्ति क्षमाप्राथी)

        जो-जो भेटिन्छन् भिखारी भेटिन्छन्।
        सरकारमा अचेल मदारी भेटिन्छन्।
       
    मन्दिरका मुर्ती कहाँ गए कुन्नी?
        तारे होटेलमा पूजारी भेटिन्छन्।

        उनी भन्छिन् यस्तो जमाना के आयो//
        जता गयो उतै सिकारी भेटिन्छन्।

        एकातिर नौनी अर्कोतिर ढुंगो //
        लडाईंका निम्ति तयारी भेटिन्छन्।
        .................
    10-
        हुरी अनि बतासको, अर्थ फरक-फरक।
        बिकास र विनासको, अर्थ फरक-फरक।

        छाती थाप्छे आमा प्यारी, हात दिन्छन् बाबा //
        धर्ती अनि आकाशको, अर्थ फरक-फरक।

        मन्मै हुन्छ  कालो मैलो मन्मै हुन्छ सेतो //
        संका अनि विस्वासको,अर्थ फरक-फरक।

        घाम उही जून उही, ताप्छ दुनियाले //
        घरवास र प्रबासको, अर्थ फरक-फरक।

        रुने पनि त्यै मुटु हो हाँस्ने पनि त्यही //
        ढु:ख अनि उल्लासको,अर्थ फरक-फरक।
        ...........................
    11-
        सुकुम्बासी कमैया र हलियाको मर्म।
        धाराभित्र कहाँ खोज्नु, भरियाको मर्म?

        दुई छेउबाट सल्किएको मैन देख्दादेख्दै //
        किन सोध्छ सलाइले दुखियाको मर्म?

        कोही भन्छन् आकाश मेरो कोही भन्छन् धर्ती //
        उस्तै देख्छु लिवाङ र लिवियाको मर्म।

        सास फेर्ने हावा समेत,थुन्यो जस्ले हाम्रो //
        उसैले पो सुन्यो अरे दुनियाको मर्म।

        जबसम्म गोठालाको सत्ता आउदैन //
        तब सम्म बुझ्दैन क्वै, हसियाको मर्म।
        ..........................
        12-
        घात जस्को माया उस्को  साथ उसैको।
        किन आउँदो रैछ यति, याद उसैको।
       
    छातीभित्र थियो जस्को पथ्थरको मुटु //
        परेलीमा फुट्छ  अब  बाध  उसैको।

        डुब्यो मेरो जीवन डुंगा, पानी बिना नै //
        म बर्वाद हुनुमा छ, हात उसैको।

        सिउणी किन फुल्यो भन्ने प्रस्नै अनौठो //
        लाठी जस्को चल्छ अचेल राज उसैको।
        .........................
    13-
    फूल सँग दुस्मनी भो , काडा सँग दोस्ती ।
    जे जे पर्ला पर्ला अब, किन   हिंडूँ  तर्की ?

    लक्ष चुम्ने सुत्र के हो सोध्नु आँफैलाई??
    बिना थकान बगिरन्छे बगिरन्छे नदी ।

    स्वाभिमानी भनी बुझ्नू,सगरमाथा जस्तै //
    जो जो माग्छन् आँफैलाई, चौबाटोमा थापी ।

    आकाश माथि तलो थप्ने योजना छ मेरो//
    त्यही हुन्छ तिम्रो मेरो, मन्को राजधानी  ।
    ............................
    14-
    तिमी भन्छौ गजलमा, मुक्ति चाहिन्छ।
    म त भन्छु मुक्ती सँगै , सुक्ति  चाहिन्छ।

    पानी उधो बग्यो भन्ने ,होइन गुनासो\\
    खोलो उभो बगाउन , जुक्ती चाहिन्छ।

    बहर जस्तो हुन्न शहर , चट्ट मिलेको \\
    ठुलोसानो एकगर्न , युक्ती चाहिन्छ।

    रुक्न अर्कान् जोडिदैमा , शेर बन्दैनन् \\
    जीवन जगत अर्थ्याउने , उक्ती चाहिन्छ।
    .....................
    15-
    तिमी मेरो धड्कन् भन्यौ , जल्यो पापी जमाना यो ।
    तिमी नै हौ जीवन् भन्यौ , जल्यो पापी जमाना यो ।

    तिमी पारी रुझ्दै थियौ , म वारी बर्षदै झन्-झन् \\
    अहो कस्तो तड्पन् भन्यौ , जल्यो पापी जमाना यो ?

    थियो माया माया सँगै , रमाएकी थियौ प्यारी\\
    बढ्यो माया झन्-झन् भन्यौ , जल्यो पापी जमाना यो ।

    तिमीलाई यो जिन्दगी , दिए राजा धरोधर्म \\
    नगर्नू है दोमन् भन्यौ , जल्यो पापी जमाना यो ।
    isss+ssis+isss+isss=16
    ....................
    16-
    हजार खुशी जलाएर , एउटा चोट सेक्दैछु म ।
    त्यही चोट दिलमा राखी ,तिम्रो नाउ लेख्दैछु म ।

    असंभव हुन्नकेही भन्नेकुरा सुनेपछि \\
    एकाएक हत्केलाले, रातोसूर्य छेक्दैछु म।

    कोसीबनी आँखाबाट ,बगिरा'छ नालापानी\\
    कालापानी हिर्दयमा , टम्मिएको देख्दैछु म ।

    सिद्दान्त र बिचारमा , संझौता 'का ' गरिन्छ र?
    फूल कुल्ची हिंड्नु भन्दा , काडेंघारी टेक्दैछु म ।
    ..................
    17
    म प्यासी बगर झै , तिमी चै नदी हौ ।
    म हूँ एक बिमारी , तिमी औषधी हौ ।

    लुक्यो लाजले सूर्य ,देख्दा तिमीलाई \\
    तिमी व्योमकी दिव्य , त्यो रोसनी हौ ।

    तिमी मेनका न , न हौ उर्वसी नै \\
    बरू हौ पियारी , परीकी परी हौ ।

    घरी प्रीत छर्छ्यौ , घरी घात गर्छ्यौ \\
    तिमी सत्रु हौ कि , मेरी जिन्दगी हौ ।
    ....................
    18-
    यस्तो आगो बलोस् अब , सगरमाथा खाग बनोस् ।
    पूर्व पश्चिम् उत्तर दक्षिण ,अलग-अलग भाग बनोस् ।

    सु-शासन अमन चयन् , न भए'नि  हुन्छ यहाँ \\
    हत्या हिंसा आतंक यो हाम्रो साझा, माग बनोस् ।

    बाघहरु बिराला र बिराला सब बाघ बने \\
    काग कोइली बन्छ भने ,कोइली पनि काग बनोस् ।

    भात्रीप्रेम यस्तोहोस् कि , राम अनि लक्षमणको \\
    एक भाईका बिरुद्दमा, अर्को भाई नाग बनोस् ।
    .....................

    19-
    अचानोको चोट परे ,धार पनि  कायल  बन्छ ।
    लाग्यो भने बोली ठाउमा ,गोली पनि घायल बन्छ ।

    मुद्दा हो यो हाम्रो घरको ,उता जाउ भन्दाभन्दै \\
    बिडम्बना ,उस्को घरमा , हाम्रो घरको फायल बन्छ ।

    काफियामा सूर अनि  ,रदिफमा ताल भए \\
    ईन्द्रजी कै स्वर्ग पनि , घुंगरु र पायल बन्छ ।
    .................
    20-
    न बढ्थ्यो कि धड्कन् , तिमी साथ छैनौ ।
    न  हुन्थेँ समर्पण् , तिमी साथ छैनौ ।-('न हुन्थेँ समर्पण्' यहाँ दोस छ कि?)

    बसेकोथें एक्लै , म घायल् बनेर ,\\
    न हट्थ्यो कि तड्पन् ,तिमी साथ छैनौ ।

    तिमी सान मेरी, तिमी मान मेरी \\
    र दिन्थेँ म गर्दन् ,तिमी साथ छैनौ ।

    थियो हर्स सारा , सधैं जिन्दगीमा \\
    म रुझ्दै छु , झन्झन् तिमी साथ छैनौ ।

    बिहानी उसाको ,मुना फक्रिए झै \\
    न हास्थ्यो कि आगन् ,तिमी साथ छैनौ ।

    सधैं बाघ जस्तो , फुलाएर छाती \\
    न गर्थेँ कि गर्जन्, तिमी साथ छैनौ ।

    हराएर आँफै ,छु पागल् मदन् झै \\
    तिमी मै छ तन्मन्,तिमी साथ छैनौ ।    

    झुकी ईन्द्र राता र काला हुनेथे \\
    म हाक्थेँ सिहासन् ,तिमी साथ छैनौ ।
    मुतकारिब 3x4
    ....................
    21-
    घोच्याथेन केहिले मलाई ,कोमल फूल छुनु अघि ।
    को थियो र दुस्मन मेरो ,तिमी साथी हुनु अघि?

    अन्जुलीमै समुद्रको, छाल अटाउछु भन्थेँ \\
    वेदनाको मोति खसी , हिर्दय यो धुनु अघि ।

    पायोहोला चोट कति, खोट पनि पायो होला \\
    अन्धकारको बीचबाट ,जून्ले उदाउनु अघि ।

    बसन्तको बहार हो, यस्तै ठान्थेँ जिन्दगीलाई \\
    परेलीमा बादल छाइ ,साउने झरी रुनु अघि ।
    ...............

    22-
    आसुछर्की मन्को आगो, निभाउदैछु अचेल।
    जिन्दगीको नदी उभो, बगाउदैछु अचेल।

    नलेख्नु  है चिठ्ठिपत्र ,भनेकोथेँ,तिम्लाई \\
    मनका व्यथा लेखिआँफै, पठाउदैछु अचेल।

    काडासँग तर्कीहिड्थेँ,फूलसँग झर्की \\
    दुबैसँग प्रेमकोहात ,बढाउदैछु अचेल।

    हटाएथेँ जस्को तस्वीर ,छातिबाट मैले \\
    उसैलाई हिर्दयमा ,सजाउदैछु अचेल।
    .........................

    23-
    पर्‍यो पीर भन्ने , सुनी मुस्कुराइन् ।
    मेरो ढूख्खमा बैगुनी मुस्कुराइन् ।

    थियो प्रेमको मूल बग्दै निरन्तर \\
    अनायास आज ,थुनी मुस्कुराइन् ।

    म दिन्छु यो जीवन तिमीलाई भन्थिन् \\
    जीवन साथी अर्कै , चुनी मुस्कुराइन् ।

    बसिन् मौनतामा , जीवन भरी किन्तु //
    मेरो लास जल्दा ,उनी मुस्कुराइन् ।
    ...............

    24-
    झुक्ने पनि शीर हुन्छ र ?लुक्ने पनि बीर  हुन्छ र?
    सिर्जनात्मक दम बिना नै ,कोही गालीब-मीर हुन्छ र?

    देखेको छु भोगेको छु , र त भन्न डर लाग्दैन् \\
    जुकालाई  खुन चुस्न पाए, अरु के को पीर हुन्छ र?

    आगोलाई पानी भन्छन् ,पानिलाई आगो भान्छन् \\
    सकुनीको देशमा पनि ,राजनीती स्थीर हुन्छ र?

    संघर्स र साधनालाई ,के भनेर व्याख्या गरुँ \
    यात्राथाले कमिलालाई ,भकुन्डो  कही भीर हुन्छ र?

    समय यो बलवान छ ,स्वीकार गर्नै पर्छ तर \\
    चामलको दाल अनी, कोदोको नि खिर हुन्छ र?
    .................
    25-
    लंगडो उठेर लाटो उठेर।
    आउँदैछ आँफै बाटो उठेर।

    होसियार चोट दिनेहरु हो,
    हतियार बन्ला खाटो उठेर।

    तिम्रा बिरुध्द, जेहाद छेड्न,
    आउँदैछ अब माटो उठेर।

    फलेकै रुखमा किन जादो हो?
    घरी-घरी यो भाटो उठेर।
    ......................

    26-
    कुरा यो हो सुन साथी आस्था अनि विस्वासको।
    हावाको न रङ्ग हुन्छ जात न त आकाशको।

    सम्झनामा डुब्न पनि अनुमति माग्नु पर्ने,
    यो नै कारण हुनसक्छ निरासा र उदासको।(?)

    \स्वतन्त्र भै उड भन्दै पखेटा यि काटीदिन्छन,
    अनौठो छ अनौठो यो दु:ख-दर्द प्रवासको।

    दुस्मनहरु काविल छैनन भन्दै फगत नबस्नू है,
    आफ्नै भाई कारण बन्ला लंकापुरी विनासको।
    ......................

    27-
    खोला डुब्यो नदी भित्र नदी डुब्यो सागरमा।
    सागर डुब्यो आँसु भुत्र आँसु डुब्यो गजलमा।

    तिमी भन्छौ जहिले पनि गुराश देख्छु मुहारमा,
    दर्द पनि हुन्छ मित्र भित्र कतै मुस्कानमा।

    लाखौँ ग्रन्थ दियौ मलाई जिन्दगानी पढ भनी,
    जिन्दगीको परिभासा भेटिएन किताबमा।

    रमाउँछ भित्रै देखि अरुलाई दु:ख पर्दा,
    यस्तो महान गुण पनि हुदोरैछ मानिसमा।
    ...(समुद्दरमे ये नदीया दुब्ती हे,
    समुद्दर दुबती हे आसुवोमे---------

    नाम बिर्सेंछु एक जना हिन्दी गजलगो को यो सेर बाट प्रभावित भएर मतला सिर्जिएको हो। उहाको नाम खोजी गर्नेछु।)

    २८-
  • जस्तो हालत देखिदैछ भेरी अनि कर्णलीको।
  • त्यस्तै हालत भाछ मेरो अभागी यो जिन्दगीको।

  • पूर्णिमामा पुज्छन् उसलाई श्रद्दा गर्छन् इदमा पनि,
  • कुन धर्म हो कुन जात ती सौम्यवती चाँदनीको??

  • यस्तो संकेत गरेकोछ जीवनलाई समयले,
  • जन्म-मृत्‍यु जहापनि काम आउँछ सयपत्रीको।

  • एकदिन जरुर भन्नेछ यो, जरुर सिंगो समाजले,
  • अचानोको धार(साहस) देख्दा सातो उड्यो खुकुरीको।

  • कसरी म सम्झाउँ यो चरम स्वार्थी दुनियाँलाई?
  • उही चिता कंगालको हो, उही चिता लखपतिको।
29-
पानीछुदा आगोहुन्छ आगोछुदा पानी हुन्छ।
हिलोछोयौ भनेतिम्ले हिलै सुनको खानी हुन्छ।
.
आजभोलि कताकता लाग्छ मलाइ यस्तो किन?
जहातिमी त्यहामेरो मनको राजधानी हुन्छ।
.
नयनसँग नयनको छेडाखानी चलेपछि,
धड्कनसँग धड्कनको आफ्नै कुराकानी हुन्छ।
.
घुर्कीदेखि किन डरुँ?पुरापुरा था'छ मलाइ,
रिसाए झैँ मायागर्ने मायालुको बानी हुन्छ।
.
सुटुक्क दिल चोरिन्छ याँ अन्जानमै कहिले तर-
कहिले भने यस्तो गल्ती सिधै जानाजानी हुन्छ।
.
कस्लाइ छ र सजिलो याँ जिन्दगीको गोरेटोमा?
काँढाबीच हास्नुपर्ने फूलको जिन्दगानी हुन्छ।
....
(गजलकार 'यमन सुवेदी' जीको एउटा गजल छ "मलाइ नछोउ छोयौभने छोइरहने बानी हुन्छ।"हो त्यसै गजलबाट प्रभावित भएर लेखेको हुँ यो खेस्रा)
-श्रीजन श्री
30-

Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment