Friday, 14 February 2014

वायोडाटा

वायोडाटा

(मलेसियामा नेपाली गजललाइ भित्र्याउने र संस्थागत गर्ने प्रमूख श्रेय पाएका श्रीजन, कुसल संगठक, सम्पादक,समालोचक र गजल प्रशिक्षक  हुन्।)

:श्रीजन श्री
जन्म: निसिल ७ धाप, दार्चुला
जन्म मिति:बि.स. २०३५ माघ २० (प्रमाण पत्रहरुमा बि.स. २०३७ असार ७)
स्थाइ वसोवास: कृष्णपुर २,(बंक) कंचनपुर नेपाल
हाल –कुलालम्पुर  मलेसिया

shree_shree@yahoo.com

लेखन बिधा:
गजल,गीत, मुक्तक, कबिता नियात्रा र समालोचना

प्रकाशित किर्तिहरु:
(१)"माटो हाँस्छ" गजल संग्रह,२०६४(एकल)
(२)"विम्व" गजल संग्रह,२०६४(सह)
(३)"माटो भन्नु मुटु रै'छ" गजल संग्रह,२०६६(एकल)
(४)"सृजनाका स्वरहरु" गजल संग्रह,२०६७ (सह)
(५)"समुद्र दन्केपछि" गजल संग्रह,२०६९(सह) लगायतका केही किर्तिहरु।

सम्पादन:
(१)यात्रा 
(२)सृजनाका स्वरहरु
(३)“दीपाञ्जलि”

पुरस्कार/सम्मान:
(१) नयन साहित्य सम्मान, प्रवासी नयन साहित्य समाज जोहोर मलेसियाबाट
(२) हाम्रो आवाज साहित्य सम्मान, हाम्रो आवाज साप्ताहिक पत्रिका मलेसियाबाट
(३) उदाउँदो तारा साहित्य सम्मान, उदाउँदो तारा साहित्य समाज पेनाङ मलेसियाबाट
(४) क्षत्री समाज मलेसियाबाट सम्मानित
(५) सुदूरपश्चिम सेवा समाज मलेसियाद्वारा "पश्चिमी तारा"को उपाधी बाट  अभिनन्दित
(६) विद्यार्थी साहित्य मञ्च त्रीचन्द्र क्याम्पस काठमाण्डौँबाट  पुरस्कृत 
(७)अन्तराष्ट्रिय साहित्य समाज   मलेसियाले आयोजना गरेको  कबिता प्रतियोगितामा  प्रथम  बि.स. २०६४
(८) तन्नेरी डट कम द्वारा बि.स.२०६६का लागि "बर्ष तन्नेरी" घोषित। 
 (९)श्रमीक साहित्य सिर्जना परिवार मलेसिया बाट सम्मानित(सन २०१४/2070)
(१०) महाकाली साहित्य संगम कंचनपुर द्वारा बाट सम्मानित २०७० chaitra masanta.


सम्बद्द संस्था:
(१) अनाममन्डली मलेसिया, संस्थापक  अध्यक्ष,
(२) अन्तराष्ट्रिय गजलमन्च संस्थापक
(३) विश्व नेपाली साहित्य महासंघ मलेसिया सचीव,
(४) अनाममन्डली काठमान्डु आजीवन सदस्य, लगायतका संस्थाहरु।

भ्रमण:
आधा दर्जन देशहरु

लेखकीय अभिमत:

घाउमाथिका चुम्वनहरु गुलाव जस्तै  लाग्छन्। 
मलाई मेरा दुस्मनहरु गुलाव जस्तै  लाग्छन्। 
..........................

जन्म- निसिल ७ धाप, दार्चुला
स्थाइ वसोवास- कृष्णपुर २,(बंक) कंचनपुर नेपाल
हाल –मलेसिया
016 9558 436
shree_shree@yahoo.com

 =====================================================================
माता 'नन्दादेवी पाल र पीता मान बहादुर पाल'का  सुपुत्रका रुपमा निसिल ७ धाप, दार्चुलामा बि.स. २०३५ माघ २०  (प्रमाण पत्रहरुमा बि.स. २०३७ असार ७)गते जन्मनु भएका गजलकार "श्रीजन श्री" अनाममण्डली मलेसियाका संस्थापक अध्यक्ष,अन्तराष्ट्रिय गजलमन्चका केन्द्रीय सदस्य र विश्व नेपाली साहित्य महासंघ मलेसियाका सचीव हुन।

मलेसियामा नेपाली गजललाइ भित्र्याउने र संस्थागत गर्ने प्रमूख श्रेय पाएका श्रीजन, कुसल संगठक, सम्पादक,समालोचक र गजल प्रशिक्षक  हुन्। उनी विभिन्न साहित्यिक र सामाजिक संघ संस्थाहरुसँग पनि आवद्द छन ।

उनका (१)– माटो हाँस्छ -२०६४(एकल), (२)– विम्व २०६४(सह), (३)– माटो भन्नु मुटु रै'छ -२०६६(एकल) र (४)– सृजनाका स्वरहरु -२०६७ (सह),(५)- समुद्र दन्केपछि-२०६९(सह) लगायतका गजल संग्रहहरु प्रकाशित छन् । यात्रा साहित्य संगालो र सृजनाका स्वरहरुको सम्पादक समेत रहेका श्रीजन श्री “दीपाञ्जलि”का  सम्पादक पनि हुन।

प्रवासी नयन साहित्य समाज जोहोर मलेसिया, हाम्रो आवाज साप्ताहिक मलेसिया, क्षत्री समाज मलेसिया, श्रमीक साहित्य सिर्जना परिवार मलेसिया  र उदाउँदो तारा साहित्य समाज पेनाङ मलेसियाबाट सम्मानित श्रीजन, सुदूरपश्चिम सेवा समाज मलेसियाद्वारा "पश्चिमी तारा"को उपाधी बाट  अभिनन्दित भै सकेका छन भने, .....साहित्य मञ्च काठमाण्डौँबाट पनि पुरस्कृत भएका छन। अनेसास मलेसियाबाट महाकवि देवकोटा पुरस्कार बि.स. २०६४ प्राप्त र तन्नेरी डट कम द्वारा बि.स.२०६६का लागि "बर्ष तन्नेरी" घोषित श्रीजन श्री जल्दबल्दा राष्ट्रिय गजलकार हुन। आफ्नै प्रकारको शैली र अभिव्यक्ति कौशल उनको  चिनारी हो। विशेसत: उनको  कलम माटो र मुटुमा चुर्लुम्म डुबेको छ।




















Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment