Thursday, 13 February 2014

भूमिकाका नाममा अभूमिका:

भूमिकाका नाममा अभूमिका:

भूमिकाका नाममा अभूमिका:
15 March 2013 at ००:१५

*गजल आँफैमा अस्तित्वबोधक बिधा हो। यध्यपि यसको अस्तित्वमाथि प्रहारगर्नेहरु जतिपनि भेटिन्छन्। हुनपनि एउटा तीतो यथार्थछ  हामीसँग। गजलमाथि सवैभन्दा ठूलो अन्याय कसैबाट भएकोछ भने गजल लेख्नेहरुबाटै भएकोछ। यसतर्फ प्रकाशमणिहरु सचेत हुनैपर्छ। जब प्रकाशमणिहरु सचेत हुनेछन् तब विरुद्दमा उठेका औलाहरु स्वत: निहुरिनेछन्।

* प्रकाशसँग प्रकाश छ। चेतनायुक्त प्रकाश। हो त्यही प्रकाशको उर्जाबाट समाज र साहित्यलाई केहिदिनकालागि उनले गजलको साहारा लिएकाछन्। र त जन्मिएकोछ 'छाल' गजल सँग्रह।

* प्रकाश मूलत: प्रेमका गजलकार हुन्। उनी प्रेमलाइ पुज्छन्। प्रेममा विश्वास गर्छन्। प्रेममै अविश्वास पनि गर्छन्। प्रेममै हाँस्छन् र रुन्छन् पनि प्रेममै।

* छालभित्रका प्राय:जसो सेरहरुमा समापक क्रियापदको  सानदार उपस्थितिछ। रदिफ काफियावीचको अन्योन्याश्रितता र तखल्लुसको सार्थकता मननयोग्यछ। छालमा तत्सम्,तत्भव र आगन्तुक तीनै प्रकारका पदहरुको सातुसामल भेटिन्छ। पद्,पदावली र उपवाक्यको साहराले मिसरा र सेरहरु उन्दै गजललाई पूर्णता दिइएकोछ। हलन्तलाई अजन्तका रुपमा प्रयोग गरिएका वर्णगुच्छहरु पनि सँग्रहका मोडमोडमा  भेटिन्छन्। वर्णविन्यासकी गंगोत्री कतै सललल बगेकीछिन् भने कतै छ्यालव्याल बनेकीछिन्। अनुकरणात्मक र पारीभाषिक शब्दहरुको मात्र होइन निपातको नाकपनि गर्वले गज्जक फुलेकोछ। उपमा-उपमेय,विम्व-प्रतीकयोजन र अलंकार बेलाबेला साद्रिस्य झुल्किन्छन् र तिरिमिरी तिरिमिरी पारेर अलप हुन्छन्।

* अंगालोभरी फूल र हत्केलाभरी जून बोकेर प्रेमिलो प्रकाश छर्ने प्रकाशका गजलहरु कतै आँखाको ईशारामा कुरा गर्छन् त कतै सुसेलीले बोलाउछन् प्रेयसीलाई। त्यतिमात्र कहाँ हो र? बर्षायाममा आकाशले धर्तिको तस्विर खिचेजस्तै प्रकाशका मिसराहरु प्रेयसीको तस्विर खिच्छन् र सजाउछन् छातीभरी।

* रोगी मानवीय सभ्यता र ढोगी प्रेमको जरोच्छेदन गर्ने प्रकाशको कलमको कला र शैली स्वभाविक र सान्दर्भिक मान्न  सकिन्छ।

* संरचात्मक सचेतता भएका प्रकाशमणी टाउकाविहिन(काफियाविहिन) गजल लेख्दैनन्। र लयमापनि सम्झौता गर्दैनन्। त्यसैले त उनका प्रेत्येकगजल लयात्मक हुन्छन् र लठ्याउछन् पाठकलाइ।

* बिषयगतरुपमा गजलको निस्चित स्वभाव हुँदैन। त्यसैले त यो सवथोक हो। श्रिंगाररसको रसवरी र चटपटेको स्वाद एकसाथ चाख्नपाईने 'छाल'पढ्दा परेलीका किनारपनि छालै बन्न सक्छन्। घाइते समयका अलापविलापहरु,झुप्राका अनुहारबेचेर महल ठड्याउने सभ्यता,सिन्दूरको बासुरी बजाउदै र छातीमा धर्मको हलोजोत्दै घाममाथि बलत्कारगर्ने प्रपञ्चका विरुद्द आगो बनेको, पसिनाको र रगतको रंग खानेहरुसँग जोरी खोजिएको, विधवालाई स-सम्मान समाजमा पूनर्स्थापित गर्नुपर्छ भन्ने मत, जातियताका नाममा बज्ने एकसुरको राग र मायाभित्र देखिने धर्म,जात र रंगभेद रमिताकालागि मात्र रमिता हो भन्ने अभिव्यक्ति, प्रेमका गीतमात्र होइन बेलाबेला  हाँसिया र हलोका गीत समेत गुनगुनाइएका, खण्डहर भत्काएर शहर बनाउने र पाप मेटाउने जहर बनाउने संकल्प, मानवीय मूल्य विघटनप्रति  रोसव्यक्त,  राष्ट्र निर्माण खातिर युवाहरुलाई आव्हान, हिमाल पोखिएर खोलामा बगे झै युवाहरुको पसिना पोखिएर परभूमिमा बगिरहेको प्रति चिन्ता, कतै अरुलाई कटाक्ष गरिएका त कतै आफैलाई कटाक्ष गरिएका अभिव्यन्जना, मधूर व्यङ्ग्यविनोद,  आसा र निरासाको उथलपुथल,  शान्तिको कामना, खुट्टा हरेर बैशाखी भिडाउने सभ्यताप्रति तिब्रखेद र बिखलबन्दमा परेको राष्ट्रियताप्रति गहिरो चिन्ताबोध छालभित्र समिटिएका बिषयवस्तुहरु हुन्।

* गजलसँग साक्षात्कार गर्दागर्दै गजलकै माध्यमबाट 'मनको वह कह्' भन्ने उक्ति आत्मिय लाग्दो हो प्रकाशलाई। र त उनी छाल बनेर छल्बलाएकाछन् सँग्रहभरी।

* प्रकाशका गजलले परम्परालाई निरन्तरता दिएकाछन्। उसोत उनको विद्रोही दृष्‍टि र सर्जकीय अहमपनि गजधुम्म बसेकोछ कतैकतै।

* सँग्रहमा अभिदात्मकताभित्रको श्रिंगारिक लहरो रुखै ढाक्नेगरी ढकमक्क फुलेकोछ।

* र अन्त्यमा,
समयजनीन चेतनाको धागोमा लय,ध्वनी,भाव र शिल्पलाई उन्न र बुन्न सकियो भने गजलको सामर्थ्य उदघाटित हुन्छ। यस तथ्यलाई आत्मसाथ गर्नसके आगामि यात्रामा प्रकाशले अवश्यपनि मणी टिप्ने नै छन। हार्दिक शुभकामना।

'श्रीजन श्री' 14-03-2013
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment