Wednesday 24 September 2014

गाला गुब्बारा

गाला गुब्बारा

गाला गुब्बारा
------------
बिक्रम सम्बत २०४६ सालको पहिलो महिनाको अन्तिमा साता।
स्थान: बिकट जिल्ला दर्चुलाको बिकट गाँउ निसिल।
समय:मध्यान्ह,
हामी खेल्दै थियौ फुटबल हेडमास्सापको दोकानको पछील्लो गरामा।
फुटबल थियो भोगटेको। कहिलेकही भोगटे उडेर मास्सापको दोकानको छतमा पुग्थ्यो। कारण दोकान थियो तल्लो गरामा। भोगटे सँगै उड्थ्यौ हामी। मास्सापको क्रोधाग्नि र लालथप्पड बाट बच्न।

हाम्रो टिमको रोनाल्डो थियो भोजे। कप्तान चुन्थ्यौ उसलाई। निर्विबाद। उमेरमा पनि जेठो। पन्ध्र बर्से ठिटो। बाँकी हामी नौ देखि बाह्र बर्से बालक। टिमको सँख्यामा हुँदैनथ्यो एकरुपता। कहिले एकातिर पन्ध्र त अर्कोतिर दश जना। कहिले एकातिर चार त अर्कोतिर सात जना। बलिया र निर्वलियाको आधारमा गरिन्थ्यो यस्तो। यो हाम्रो आफ्नै नियम थियो। आफ्नै स्वायत्तता।स्वाधिन थियौ हामी।
किन्तु जनता भने थिएनन स्वाधिन। कठामान्डूमा चलिरहन्थ्यो आन्दोलन।पञ्चायतका बिरुध्द। र पनि बेखबर थिए निसिल जस्ता गाँउहरु। मास्सापका कुराको निचोड हो यो। हामी फुच्चेहरुलाई के हो आन्दोलन के हो स्वाधिनता? थिएन मतलब।
भोजे पढ्थ्यो दुइमा। र बोक्थ्यो सल्लाको कालोपाटी।अग्लो पनि थियो सल्लाकै रुख जस्तो। भिर्थ्यो कालोपाटीलाई छड्के झोला भिरे जस्तै। र हिड्थ्यो ऊट पाइलामा। दौड प्रतियोगितामा सधैं प्रथम। ऊ मालिकार्जुन प्राबिमा हुँदा सम्म कसैले तोड्न सकेनन उसको साम्राज्य। म चारमा थिएँ। हरिश पनि चारमै। बिरे पाँचमा। कट्वा पनि पाँचमै। ओमे चारमा। बिनोद तीनमा। पदम म सँगै। र अम्मर दा पाँचमा। हामी सव सानै थियौ भोजे भन्दा। उमेरमा पनि कदमा पनि। तर कक्षामा भने ठुला थियौ।
गिज्याउथ्यौँ उसलाई। "ए लम्बू, तँ त मास्सापभन्दा'नि बूढो छस्, के स्कूल आको? लाग्दैन लाज? हेरहेर ढड्डु।"
उसका आँखा बन्थे लालटमाटर। ऊ हावामा घुम्थ्यो र फ्लाइङ किक ठोक्थ्यो हामीलाई।हामी र पनि गिज्याइ रहन्थ्यौँ उसलाई। बदालामा मौका मिल्यो कि बनाउथ्यो सवैलाई एउटै घान।

हामी कलम र कापी देखाउथ्यौँ अनि खुचिङ गर्थ्यौँ। ऊ मुर्मुरिन्थ्यो। कक्षा दुई सम्म कालोपाटी, निगालाको कलम र कमेरोको सभ्यता थियो स्कूलमा। कक्षा तीनदेखि भने कलम र कापी पाइन्थ्यो। त्यो बेलाको अजन्ता कलम अझै पनि याद आउँछ मलाई।जुन कलम भोजेको ढाडमा रोपिदा काम नलाग्ने भएको थियो मेरो। पछि त्यै कलमले खुवाएको थियो श्रिंखलाबद्द कुटाइ।ऊ तीनमा जानु पूर्व उसका चारोटा कालापाटी फुटेका थिए हाम्रा ढाडमा। उसको मयुर कापीका पान्ना च्यातेर हावाइजहाज उडाएर लिएका थियौँ बदला ऊ तीनमा उक्लेपछी।
फुटबल भन्ने कि भोगटेबल? यो थियो जिन्दगीको अभिन्न अँग जस्तै।कहिलेकाही म पनि चुनिन्थेँ कप्तान। कप्तान चुनिदा फुल्थ्यो छाती। गजक्क। भोजे एक्लै बराबर चुन्न पाइन्थ्यो तीन देखि चार जना। मैले पनि चुनेँ। मेरोटिममा दश जना उसको टिममा सात जना। खेल आरम्भ भयो। रेफ्री थियो अम्मर दा। मेरो गोलकिपर थियो पदम भोजेको कट्वा(कटक सिह बोहरा)।
खेलमा हाम्रा आफ्नै प्रकारका नियम हुन्थे। हसिँयाको टुप्पोलाई जोतेर बनाइन्थ्यो एउटा निस्चित मैदान। लक्षमण रेखा। र भरिन्थ्यो लक्षमण रेखामा खरानीको धूलो। बल आउट र इन हेरिन्थ्यो बाकी नियम खासै केही थिएनन। गोलकिपर बाहेकका हुन्थे सवै अलराउन्डर। जसले जहाँ जसरी पनि गोल गर्नु पर्ने। स्वभाविकरुपमा प्रधान लक्ष थियो गोल मात्र। फलहरु हेरिन्नथ्यो। हातले नै फाले पनि पास। समय पनि थिएन निस्चित। पुरै दिनपनि खेल्न सकिने। प्राय:जसो रातपरुन्जेल सम्म खेलिन्थ्यो। र अन्तिम समय पनि त्यसैलाई मानिन्थ्यो। नाडीमा थिएन घडी। हेडमास्सापको नाडीमा भने देखिन्थ्यो चिमचिमे यन्त्र।
त्योदिन बडो रोमन्चक खेल हुँदैथियो। करिब तीनघन्टा सम्म गर्न सकेन गोल।कुनै पनि टिमले।
हामी बनी सकेका थियौ पानीपानी। लखतरान बनि सक्दा पनि उत्साही थियौ खेल्नका निम्ति। फुटी सकेका थिए पाँचदाना भोगटे। छैटौ भोगटे थियो मैदानमा। त्यो पनि टन्न पानी भरिएको गुब्बारा जस्तो,बनी सकेको थियो थिल्थिलो।
म डी लाइन नजीकै थिएँ। हरिशले पास दियो मेरो खुट्टालाई। बिपक्षीहरु थिए सँगसङै। म चम्किएँ बिजुली जस्तै। र एक लात हानेँ भोगटेलाई।
गोल sssssssss गोल sssssssss गोल sssssssss
म र मेरोटिमका साथीहरु उचालियौँ।
प्रतिवाद गर्‍यो भोजेको टिमले।
मेरो लातसँगै भोगटे ठीक दुई फ्याक भएर बिचबाट चिरिएको थियो। र एक फ्याकले पुराना सारीहरुले बेरेर बनाएको जालिलाइ चुमेको थियो भने अर्को फ्याक आउट भएको थियो।
बिबाद बढ्दै गयो। पक्ष बिपक्षको। रेफ्रिपनि ट्वाल्ल।
महाभारत चल्यो हामीबीच।
पदमको नाकबाट बहिन लालगंगा।भोजे बन्यो आस्थाइ अपाङ्ग। मेरो दाहिने गाला बन्यो फुलेको गुब्बारा। कट्वाको हातले कलम समात्न सकेन तीन महिना। निर्णय गर्न नसक्ने अम्मर दा भयो तिरस्किर्त।
आज देशको हालत पनि ठीक त्यस्तै छ। जस्तो अढाइ दशक अघी मैले खेल्ने गरेको भोगटेबल थियो।
-श्रीजन श्री 
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment