Tuesday, 7 January 2014

प्रकाशकीय:'समुद्र दन्केपछि' गजल सँग्रहको ...

प्रकाशकीय:'समुद्र दन्केपछि' गजल सँग्रहको ...

4-
प्रकाशकीय:
21 December 2012 at 16:55

shreejan shree

वि.स. २०६४ चैत्र मसान्तको दिन थियो त्यो। नेपाल हाउस क्वालालाम्पुर मलेसियाको  सभाहलमा बढीमा १० जनाको उपस्थिती हुदो हो । निक्कै उत्साहकासाथ मलेसियामा नेपाली गजललाई संस्थागत गर्न भेला भएका अधिकांस अनुहार सिथिल-सिथिल र असमज्यस्यताको भुमरीमा परेका जस्ता देखिन्थे।  कारण थियो सकारात्मक भन्दा नकारात्मक टिकाटिप्पणि  बढी देखिनु। र पनि त्यो सिथिलता र असमज्यस्यता चिर्दै श्रीजन श्रीको अध्यक्षतामा ६ सदस्यिय तदर्थ समिती गठन गरेर केही समयपछि त्यसैलाइ कार्यसमितिमा रुपान्तरण गरी'' अनाममन्डली मलेसिया''को नाम दिदै  मलेसियामा नेपाली गजललाई संस्थागत गरियो।

स्थापना कालदेखि नै नेपाली गजलको श्रीबिर्दी खातिर बिबिध कार्यहरु गर्दै अाइरहेको '' अनाममन्डली मलेसिया''ले निरन्तर ''दीपान्जलि''को प्रकाशन पनि गर्दै अाइरहेको छ। विसेसत:गजल प्रशिक्षण,प्रतियोगिता,गोस्ठी, सम्मेलन, बिभिन्न श्रस्ठाहरुको जन्मजयन्ती, पत्रीका र गजल सङ्रहहरुको प्रकाशन-संयोजन, श्रस्ठा र संस्थाहरुलाई सम्मान जस्ता सयौ शुभकार्य गरिसकेको मन्डली मलेसियाले यसपाली ''समुद्र दन्केपछि''  संयुक्त गजल सङ्रह लिएर आएको छ। यस अघि नै कवि सिद्दराज पनेरुको कबिता सङ्रह 'मन्जरी'को संयोजन, शिशिर बिन्दुको गजल सङ्रह'मुटुभित्र देश रुदा', रमेश गोठालोको नारीवादी गजल सङ्रह 'रहरको फूल', र रमेश सुभेच्छु र सोमनाथ सुवेदीको संयुक्त गजल सङ्रह 'घरदेश र परदेशका अनुभूति' प्रकाशन गरी सकेको मन्डली,  मलेसियामा आफ्नो श्रम शिप मात्र होइन वौद्दिकता पनि पोखिरहेका श्रमिक सर्जकहरुका ३/३वटा गजलहरु संकलन गरी यो सानो सङ्रह प्रकाशन गर्न पाउदा खुशीले जति पुलकित भएको छ त्यति नै दुखित पनि छ सर्जकहरुको ठुलो पंतिलाई ''समुद्र दन्केपछि'' मा समेट्न नपाउँदा।

कतिपय कुराहरु चाहदा चाहदै पनि गर्न नसकिने त कतिपय कुराहरु नचाहदा नचाहदै पनि गर्नै पर्ने बाध्यता हुन्छ प्रवासमा । हो मन्डलीले चाहदा चाहदै पनि धेरै सर्जकहरुलाई समेट्न नसकेको स्वीकार्नै पर्दछ।

सङ्रह भित्र बिबिध भावाभिव्यक्ति र सौन्दर्य चेतनाका आ-आफ्नै झलकहरुछन। यिनै झलकहरुका माध्यमबाट यो सङ्रहले घरदेश र परदेश (मलेसिया) बीचको डोरी अझ बढी कसिलो पार्नेछ भन्नेमा मन्डली मलेसिया विस्वस्थ छ। यो भनी रहनु पर्दैन कि परदेश (प्रवासी नेपाली गजल) बिनाको नेपाली गजल अपुरै/अधुरै रहन्छ।

र अन्त्यमा - सँग्रह कस्तो भयो? कस्तो हुनु पर्थ्यो र किन हुनु पर्थ्यो? भन्ने जिम्मेदारी विद्वान पाठक एवम् समालोचकहरुको जिम्मामा छोड्छौ।  अर्को रचनात्मक कार्यमा हाम्रो भेट हुने नै छ । जय गजल ।।।   

-श्रीजन श्री    
21 dec 2012
Unknown

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment